Sunday, June 7, 2020
Home प्रमुख आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

खलंगा । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् । कोभिड–१९ मुलुकमा फैलिन नदिने उद्देश्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभई मानिसको आवतजावत नरोकिएपछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँढेतारको बार लगाएको स्थानीयवासी लोकेन्द्र शाहीले बताए ।

लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएको छ । यहाँका सबै ग्रामीण भेगमा यसको कुनै असर परेको छैन ।

जुम्लामा भारतबाट आएका धेरै मानिस गाउँमा निस्फिक्री घुमिरहेका छन् । भारतबाट आएका नौ जनाको स्वास्थ्य जाँच गर्दा कोरोना नेगेटिभ देखिएको छ । अहिलेसम्म जिल्लामा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिसकेको छैन । भारत तथा तेस्रो मुलुकबाट यहाँ आएका ३२४ जनाको मंगलबार कोभिड –१९ को नमूना संकलन गरेर नेपाली सेनाको स्काई ट्रयाकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

तरकारीे आयातमा ठप्प

तराईबाट जुम्ला तरकारी आयात अहिले पूर्णरुपमा रोकिएको छ । नेपालगञ्ज, दाङ, सुर्खेतलगायत जिल्लाबाट जुम्लामा तरकारी आउने गरेको थियो । लकडाउनका कारण तराईका जिल्लाबाट आउने तरकारीको आयात अहिले पूर्णरुपमा ठप्प रहेको उद्योग वाणिज्य संघले जनाएको छ । यहाँ विशेष गरी नेपालगञ्जबाट आउने तरकारीले राम्रो बजार लिने गरेको धिताल तरकारी पसलका सञ्चालक सुन्दरी पाण्डेले बताए ।

उनका अनुसार वर्षको झण्डै २०० क्विन्टल तरकारी दैलेख, बाँके, दाङ्ग र सुर्खेतबाट जिल्ला आयात हुने गरेको छ । उपभोक्तालाई यहीँ उत्पादन हुने प्राङ्गारिक तरकारीको मागअनुसार पु-याउन नसकेपछि तराईका जिल्लाबाट आउने तरकारी रोजाइमा पर्ने गरेको स्थानीयवासी शिवदेवी रोकायाले जानकारी दिनुभयो । लकडाउनपछि तराईको तरकारी आयात ठप्प हुनाले स्थानीय उपभोक्ताले स्थानीयस्तरमा उत्पादित तरकारी खरीद गर्ने गरेका छन् ।

एक घरधुरीलाई ३० केजी चामल

हिमा गाउँपालिकाले प्रत्येक घरधुरीलाई ३० केजी चामल र २५ केजी नुन वितरण गर्दै आएको छ । गाउँपालिकाको निर्णयानुसार पहिलो चरणमा घरदैलामा पुगेर चामल र नुन वितरण गरिँदै आएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । गाउँपालिकाका दुई हजार ३३५ घरधुरीमध्ये १५० घरधुरी अतिविपन्न छन् ।

खाद्य संस्थानकै चामल

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका समयमा हुन सक्ने खाद्य संकटको पूर्वानुमान गर्दै सिंजास्थित हिमा गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको छ । गाउँपालिकाले नेपाल खाद्य संस्थान सुर्खेतबाट चामल खरीद गरी खाद्य बैंक बुधबार साँझदेखि सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष शाहीका अनुसार चामल, दाल, नुन र तेल एकै ठाउँमा जम्मा गरी खाद्य संकटको समयमा वितरण गरिने छ । अतिविपन्नलाई पहिलो प्रथामिकतामा राख्दै फुड बैकबाट खाद्य पदार्थ उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभरिका २३ भन्दा बढी घरधुरीलाई रु ४७ लाख बराबरको खाद्यान्न(चामल) खरीद गरिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार सुर्खेत खाद्य संस्थानबाट सात हजार क्विन्टल बढी चामल आयात गरिएको छ । पालिकाभरिका दुई हजार ३३५ घरधुरीलाई प्रतिपरिवार ३० केजी चामल, पाँच नुन, दाललगायत खाद्य पदार्थ उपलब्ध गराउनका लागि खाद्य बैँकमा जम्मा गरिएको अधिकृत बुढाले बताए ।

(Visited 25 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णालीमा कोरोना संक्रमित थप ५४ जना भेटिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

भर्खरै

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णालीमा कोरोना संक्रमित थप ५४ जना भेटिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको...

कोरोना भाइरस : भविष्यमा हुने यात्रा कस्ता होलान् ?

समशुद्धिन ४० वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका छन् । उनले विश्वका ४० जना चर्चित व्यक्तित्वलाई ताजमहल घुमाए । उनले घुमाएका मध्ये एकजना...

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)