सुन्दरहरैंचामा विश्वकै ठूलो गाईको प्रतिमा अनावरण

मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ स्थित नयाँ बृन्दावन गौशालामा निर्माण भएको विश्वकै अग्लो राष्ट्रिय जनावर गाईको प्रतिमा उद्घघाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया । तस्वीर : योगेन्द्र योगी/राजधानी

सुन्दरहरैचा ।‘होली’ भन्नेवित्तिकै रंगहरूको पर्व भनेर बुझ्ने गरिन्छ । सामान्यतया होली खेल्दा पनि मानिसहरू रंग तथा विभिन्न प्रकारका अविरहरूको प्रयोग गर्दै एक आपसमा दलेर खुसी साटासाट गर्ने गर्छन् । तर, मोरङको सुन्दरहरैंचा नगरपालिका –५ स्थित नयाँ वृन्दावन गौशालामा आइतबार भने बेग्लै रौनक छाएको थियो ।

रंगहरूले मात्र होली खेलिनुपर्छ भन्ने मान्यतालाई भुलेर गौशाला धार्मिक पर्यटकीय स्थलमा आइतबार फूलको वर्सातसहित होली खेलियो । सदियौंदेखि चलिआएको परम्परालाई आत्मसाथ तथा प्रवद्र्धन गर्दै नयाँ बृन्दावन गौशाला परिवारले गएको वर्ष देखि होली पर्वलाई फरक ढंगले प्रस्तुत गर्दै आएका छ ।

राधेश्याम ट्रस्टबाट सञ्चालित बृन्दावन गौशालाका संरक्षक चर्चित पुराणवाचक दिनबन्धु शास्त्रीले फूलको होली खेलेर पनि एक आपसमा भाइचाराको सम्बन्ध कायम गर्न सकिने र खुसीहरू साटासाट गर्न सकिने बताए । गौशालामा सञ्चालन भइरहेको महायज्ञ संगै आइतबार फुलको होली खेलिएको हो । होलीमा ५ हजारबढी भक्तजनहरूको उपस्थिती रहेको थियो ।

यसै बिच मोरङको सुन्दरहरैंचा ५ स्थित धार्मिक एवम पर्यटकिय स्थल नयाँ वृन्दावन गौसाला परिषरमा आइतबार विश्वकै ठुलो गाइको प्रतीमा अनावरण गरिएको छ । गौशाला परिसरमा गत चैत्र ७ गते देखि सञ्चालानार्थ श्रीमद भागवत ज्ञान महायज्ञकै अवसरमा विश्वकै ठुलो गाइको प्रतिमा पनि अनावरण गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले सो प्रतीमा अनावरण गरेका हुन । २०७५ भदौ १७ गते थपलीया आफैले शिलन्यास गरेको गाइको प्रतिमाको आइतबार उनैले अनावरण गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आयुक्त थपलीयाले प्रतीमा अनावरण संगै गौशाला क्षेत्रको अवलोकन पनि गरेका थिए ।

आयुक्त थपलीयाले गौशाला परिसरमा रहेका गाइहरू , निर्माण लभएका भौतिक संरचना ,मठ मन्दिर लगायतको अवलोकन गरेका थिए । बिगतमा उजाड देखिने स्थान अहिले धार्मिक पर्यटकिय स्थलमा परिणत भएको देख्दा आफु प्रफुल्लीत भएको आयुक्त थपलियाले बताए । ३९ लाख ३२ हजार रुपैयाँमा निर्माण गरिएको बाच्छोसहितको गाईको प्रतिमा जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाइ त्यसमाथि ३६ फिट ३ इन्च अग्लो बनाएर राख्दा कुल १ करोड ५० लाख खर्च भएको गौशालाका संरक्षक सास्त्रीले बताए ।

प्रतिमा बनाउने भन्दा अड्याउने या राख्ने मुख्य जग बनाउन धेरै खर्च लागेको संरक्षक सास्त्रीको भनाइ छ । सुन्दरहरैंचालाइ देशकै नमुना धार्मिक पर्यटकिय स्थलको रूपमा परिचित गराउन र विश्वको ध्यान नेपाल सहित यस स्थानमा खिच्न अहिले सम्मकै ठुलो गाइको प्रतिमा बनाइएको वृन्दावन गौशालाका संरक्षक दिनवन्धु सास्त्रीको भनाइ छ ।

गौशालामा हाल ४० वटा बिभिन्न प्रजातीका गाइहरूलाइ संरक्षण गरि राखिएको छ । करिब १२ बिगाहा जमिनमा फैलिएको वृन्दावन गौशालामा दुईवटा आश्रम निर्माण भइसकेका छन् भने सो स्थानमा वैदिक गुरुकुलसमेत पढाइ हुदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको मेयरमा पुनः लाकिशोर शाह