स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले पश्चिम क्षेत्रका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभागले दाङ, प्यूठान, बाँके र सुर्खेतमा रहेका स्वास्थ्य संस्थाहरुलाई कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

विभागका महानिर्देशक सचिवालय सचिव जनस्वास्थ्य निरीक्षक मदनकुमार ओलीको नेतृत्वको टोलीले पिपिई ग्राउन्ड, पञ्जा, सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामाग्री विभिन्न जिल्लामा उपलब्ध गराएको छ । जसअन्तर्गत् प्यूठान, दाङ, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर, नेपालगञ्ज उपमहानगरपालीका र सुर्खेतमा स्वास्थ्य सामाग्री पु-याइएको थियो ।

विभागका सचिवालय सचिव ओलीका अनुसार स्वास्थ्यकर्मीहरुलाई सहजताका लागि स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको हो । उनले भने, ‘सरकारले कोरोना भाइरस जोखिमलाई ध्यान दिदैं स्वास्थ्यकर्मीका लागि विभिन्न जिल्लामा स्वास्थ्य सामाग्री पठाएको छ । सोही चरणमा विभागले केही जिल्लामा सामाग्री पठाएको हो ।’

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापित भन्छन्, मेयर जितेपछि राजदरवारको पर्खाल तोड्छु