पाठकमाझ सञ्जीवको जून ओर्लेको रात

पोखरा । कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । पोखरामा आयोजित दौँतरी कार्यक्रममा साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र पौडेलका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन् ।

प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध विषयमा लेखिएका ५७ ओटा कविता सो सङ्ग्रहमा समावेश छन् ।

पोखरामा रहेर २ दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेल पेसाले शिक्षक हुन् । कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायतका साहित्यिक प्रभेदमा सिर्जनात्मक कलम चलाउने उनी समालोचनाका क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन् । त्यसबाहेक समसामयिक विषयका अखबारी लेखनमा पनि सञ्जीवको कलम चल्दै आएको पाइन्छ । जून ओर्लेको रात उनको दोस्रो साहित्यिक कृति हो । यसअघि वि.सं. २०७४ सालमा उनको पहिलो कृति ‘यानी’ मुक्तकसङ्ग्रह प्रकाशित छ ।

नयाँ कृतिलाई बजारमा ल्याएको हो अम्बर पब्लिकेशन, नयाँ दिल्लीले । नेपालमा वितरण व्यवस्थापन भने माया पब्लिकेशनले गर्ने छ । १०५ पृष्ठमा समेटिएको कृतिको मूल्य. २७५ रुपैयाँ छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फतुवा बिजयपुर नपाका मेयर उम्मेदवार विजय यादवकाे निर्वाचन केन्द्रीत गतिविधि तिब्र