बिङ्गोको गोलमाल रकममा लाचार बन्दै आयोजक

इलाम । गत असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउसी) खेलको गोलमाल भएको हिसाब रकममा आयोजक लाचार बनेको छ । इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल रकमप्रति आयोजक लाचारको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समिति अहिले सम्म चुपलागेरै बिताईरहेको छ ।

हिसाव पारदर्शिताका लागि दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा दैनिक हिसाब देखाउन नसके पछि पुन हिसाब सार्वजनिक गर्ने भनेको आयोजक अहिलेसम्म चकमन्न छ । आयोजकले नै दैनिक हिसाब तत्काल सार्वजनिक गार्ने भने पनि महिनौ सम्म पनि हिसाब नदेखाउनु समितिको लाचार प्रस्ट हुन्छ । आयोजक संस्थाका एक व्यक्तिले हिसाबको विषयमा केही समय चकमन्न बस्ने त्यस पछि आफै साम्य हुँदै जान्छ भन्ने तयारीमा आयोजक रहेको बताएका छन् । गोलमाल भएको रकमको कुनै हिसाब नरहेको हुँदा हिसाब देखाउन नसक्ने भएपछि चुप चाप बस्नुको विकल्प नरहेको श्रोतको भनाई छ ।

इलाम नगरपालिकाको अनुमतिमा नगर प्रतिष्ठानको मुख्य आयोजनाबाट हाउसी खेल सञ्चालन भएको थियो । नगर प्रतिष्ठानको मुख्य आयोजनामा भएको उक्त खेलमा अन्य नौ वटा संस्थाको समेत संलग्न छ । खेल खेलाउन दैनिक उठाइएको रकममा भ्रष्टाचार भएको भन्दै सामाजिक रूपमा प्रश्न उठेपछि हिसाब पारदर्शिता गर्ने आयोजकले कोसिस गरे पनि हिसाब नराखेको कारण दैनिक विवरण देखाउन सकेको थिएन । गोलमाल बनेको रकम तत्काल हिसाव सहित सार्वजनिक गर्ने भने पनि अहिले सम्म आयोजक अहिले त्यो विषयमा लाचार देखिन्छ ।

प्रत्येक वर्ष इलाम नगरपालिकाको स्वीकृति लिएर कुनै न कुनै संस्थाले हाउसी खेलाउने गरिएको छ । यस पटक इलाम नगरपालिका, नगर खेलकुद प्रतिष्ठान, जिल्ला फुटबल सङ्घ, रेडहर्स फुटबल क्लब, माइभ्याली फुटबल क्लब, इलाम नगर साहित्य प्रतिष्ठान, तेक्वान्दो सङ्घ, इलामका सहयोगी हातहरू र ब्याडमिन्टन सङ्घले संयुक्त रूपमा हाउसी खेलाउने अनुमति पाएका थिए । अनुमतिका लागि स्पष्ट मापदण्ड के हो भन्ने चाहिँ कतै उल्लेख छैन ।

हाउसी बिङ्गो खेलको दुई दिनअघि असोज २६ मा नगरपालिकामा बसेको आयोजकको बैठकमा मेयर केदार थापा र प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कासमेत सहभागी थिए । स्थानीय सरकारकै संलग्नतामा सञ्चालन भएको खेल हाउसीको हिसाब गोलमाल सम्बन्धी स्थानीय सरकार मूकदर्शक बनेको छ । खेल सम्पन्न पश्चात् पत्रकार सम्मेलनमा रहेका नगर प्रमुख केदार थापाले खेल जेजस्तो भए पनि इलाम बासीले यसलाई राम्रो बुझिदिनु पर्ने बताएका थिए । तर हिसाब गोलमालको विषयमा नगरपालिका चकमन्न छ ।

आयोजकले सार्वजनिक गरेको विवरण अनुसार ४१ दिन खेलाइएको बिङ्गोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको देखाए पनि हिसाब पारदर्शी बन्न नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको पाइएको हो । आयोजकले टिकटको यकिन तथ्याङ्क नै दिन नसक्नुले हचुवाका तालमा खेल खेलाएर आर्थिक चलखेल गरेको प्रस्ट हुन्छ । आयोजकले खेलमा टिकट खरिद, दैनिक बिक्री, बचत र पुरस्कार कति रहेको भन्ने तथ्याङ्क दिन नसकेपछि उठेको रकम भ्रस्टाचार भएको प्रस्ट देखिन्छ् । तर आर्थिक हिनामिना भने नभएको आयोजक दाबी गर्दे आएको छ । नौ वटा संस्थाको संयुक्त आयोजनामा भएको खेलको नेतृत्व नगर खेलकुद विकास समितिले लिएको थियो ।

बिङ्गो खेल सञ्चालनको दुई दिनअघि नगरपालिकामा बसेको आयोजकको बैठकले प्रत्येक दिनको टिकट विक्रीबाट पुरस्कारमा खर्च भई बचेको रकम इलाम बजारकै एक्सेल डेभलपमेन्ट बैङ्कमा जम्मा गर्ने, हुकुमलाल थेबे, रजत खड्का र नगरका कर्मचारी कमल मैनालीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, न प्रत्येक दिन विक्री भएको टिकट सङ्ख्या यकिन भयो, न प्रत्येक दिन रकम नै बैङ्क जम्मा भयो । एकमुस्ट बचत मात्रै देखाएर हिसाबलाई गोलमाल गर्न खोजियो । नगरपालिकाको बैठकमा गरिएको निर्णय समेत कार्यान्वयनमा छैन नै हिसाबको विषयमा आयोजकको भावनात्मक उत्तरबाहेक तथ्याङ्कगत हिसाब छैन ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध