तरकारी बोकेको गाडीमा लुकेर घर जान खोज्नेहरु क्वारेन्टाइनमा

सप्तरी, राजविराज । तरकारी बोक्ने गाडीमा यात्रुलाई ओसारेपछि सप्तरी प्रहरीले उक्त गाडी नियन्त्रणमा लिदै त्यसमा सवार १४ भारतिय सहित २५ जनालाई क्वारेन्टाईनमा पठाएको छ ।

काठमाडौंमा तरकारी पुर्याएर फर्कदै गरेको ज १ च १५७९ नम्बरको विपअप भ्यानमा २५ जना यात्रु चढेको भेटिएपछि बुधबार राती १२ बजे तिर सप्तरीको कंचनपुर–भारदह सडक खण्डमा पर्ने बरमझिया क्षेत्रबाट उक्त गाडी र यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

डिएसपी तिलक भारतीका अनुसार गाडीमा सवार अधिकांश काठमाडौंमै कार्यरत मजदुर रहेका छन् । लकडाउनका कारण घर फर्किन उनीहरु तरकारी बोक्ने गाडीमा चढेको पाईएको छ, उनले भने । ‘अधिकांश काठमाडौंमै चढेका हुन, केही काठमाडौंबाट पैदलै हिडेर आउँदै गर्दा बाटोमा पनि चढेका हुन, डिएसपी भारतीले भने, चालक पैसाको लोभमा फसेर तरकारी ओसार पोसार गर्न पाएको इजाजतको दुरुपयोग गरेका हुन ।’

सुनसरी जिल्ला निवासी २२ बर्षिय चालक अजय परियार सहित २५ सै जनालाई अग्नीसाईर कृष्णासवरण गाउँपालिका ४ स्थित जनचेतना माध्यमिक विद्यालयमा बनाईएको क्वाइरेन्टाईनमा पठाईएको छ भने सवारी साधन प्रहरी कार्यालयमा राखिएको छ ।

यसरी क्वारेन्टाईनमा पठाइएका मध्ये १४ जना भारत विहार राज्यको अडरिया जिल्ला निवासी हुन । अन्य ११ जना भने सुनसरी, मोरङ्ग, झापा र उदयपुरका बासीन्दा हुन । सवैजनालाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोली चल्दा एकको मृत्यु