नेपालमै बन्यो पहिलो एनिमेटेड चलचित्र सरिना

काठमाडौं । नेपालमा पहिलो पटक एनिमेसन गरेर पूर्ण लम्बाईको ‘एनिमेसन’ चलचित्र ‘सलिना’ निर्माण गरिएको छ ।

चलचित्र सलिना यही शुक्रबारबाट रिलिज गरिने भएको छ । प्रदर्शन अघि यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ । चलचित्रमा सबै पात्रहरु एनिमेसन गरेर तयार गरिएका छन् । यसमा कथा पनि सरिना राजकुमारीको रहेको छ ।

करिब दुई घन्टाको यो चलचित्रलाई निर्माण पक्षले नेपालकै पहिलो एनिमेसन गरिएको पूर्ण लम्बाईको चलचित्र भनेर दाबी गरेको छ । लिना रेनमेकर एनिमेसन एकेडेमीले यो चलचित्र निर्माण गरेको हो । यो चलचित्रको सम्पुर्ण एनिमेसन कार्य नेपालमै गरिएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई तेजस राज जोशीले निर्देशन गरेका हुन्,‘नेपालका एनिमेसन आर्टिष्टहरुले कैयौं हलिउडका फिल्महरुको एनिमेसन गरिसकेका छन् । यहाँ पनि सक्षम एनिमेसन गर्ने कलाकार छन भन्नेकुरा यो चलचित्रले पनि प्रमाणित गर्नेछ ।’ उनले भने । यो चलचित्रको सबै काम नेपालमै भएको पनि उनले बताए ।

निर्देशक जोशीका अनुसार सलिनाको कथा दत्य कथाको जस्तै राजकुमारी हो । असाधारण उदेश्यले जन्म भएको राजकुमारी अन्यपात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा आगाडी बढेको छ ।

यो चलचित्रलाई निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादनमा यो चलचित्र तयार भएको हो ।

यो चलचित्रमा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको छ । सलिनामा पाश्र्व स्वर शुशिल नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारले दिएका छन् ।

यो चलचित्रमा विभिन्न एनिमेटेट पात्रहरुसँगको अन्तर्वार्ता सञ्चारकर्मीहरु सुरेश पौडेल, शुशिल नेपाल, राज श्रेष्ठलगायतले लिएका पनि चलचित्रमा देख्न पाईने छ ।

यो चलचित्र विशेष गरेर बालबालिका लक्षित गरेर बनाईको बताएका छन् । तथापि चलचित्र सर्बैका लागि उपयुक्त रहेको पनि निर्देशक तेजस राज जोशीले बताए, ‘यो चलचित्र निर्माणका लागि ६ बर्ष लागेको छ । सलिना चलचित्र अन्तराष्ट्रिय स्तरको बनेको छ भनेर हेर्नेहरुले पक्कै भन्नु हुनेछ ।’ जोशीले सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।

चलचित्र प्रदर्शनका लागि सेन्सर वोर्डबाटबाट सेन्सर समेत भएको छ । सेन्सरबोर्डबाट चलचित्र सलिनाले यू सर्टिफिकेट पाएको छ । नेपाली भाषामा फिल्म निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड चलचित्र बनेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हाम्रो पार्टीको उद्देश्य नै भ्रष्टाचारमुक्त समाज : किशोर देशार