अग्रज साहित्यकार एवं समालोचक दधिराज सुवेदीको निधन

काठमाडौं । अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । विगत केही महिनाअघि देखि क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे विराटनगरमा निधन भएको हो ।

साहित्यकार सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रा लगायत एक दर्जन भन्दाबढी कृति प्रकाशित छन् ।

उनले आफ्नो जिवनकालमा अनेकौं कृतिहरूको समालोचना पनि गरेका छन् । स्वर्गीय सुवेदी विराटनगरका सामाजिक अगुवा पनि हुन् । विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको स्थानीय साहित्यकारहरुले बताएका छन।

स्वर्गीय सुवेदीको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिने उनका छोरा शरदराज सुवेदीले जानकारी गराएका छन् । स्वर्गीय सुवेदीको श्रीमती, दुई छोरा र एक छोरी छन ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित