सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु ।

खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती,  कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’

यस अघि नगर प्रमुख हमालले मंगलबार छोरी आरती सम्पर्क बिहिन भएको भन्दै सहयोग मागेका थिए । नगर प्रमुख हमालकी जेठी छोरी आरती उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता