तेश्रो ग्रामिण चलचित्र महोत्सब रामेछापमा हुँदै

काठमाडौं । मोफसलमा मात्र आयोजना हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) यसपटक रामेछापमा आयोजना गरिने भएको छ । यो महोत्सबको तेस्रो संस्करण रामेछापमा आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको छ ।

महोत्सबका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार यो महोत्सब आगामी ६ देखि ८ बैशाखसम्म आयोजना गरिने भएको छ । मन्थलीमा आयोजिता पत्रकार सम्मेलनमा आयोजक सापकोटाले ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु महोत्सवमा प्रदर्शन गरिने बताए । महोत्सव अवधिभर ३ हजारभन्दा बढी स्थानीय दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम पनि गरिने पनि सापकोटाले बताए । रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुन लागेको महोत्सवमा २ दर्जनभन्दा बढी फिल्म प्रदर्शन हुने उनको भनाई छ ।

आयोजक सापकोटाको कथनमा रामेछाप जिल्लामा एउटा पनि सिनेमा हल छैन,‘ त्यहाँका स्थानीयहरुले सिन्धुली झरेर फिल्म हेर्ने गरेका छन् । त्यसको दूरी करिब ५० किलोमिटर भएकाले चलचित्र प्रति रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने हाम्रो विश्वास रहेको छ ।’ नेपाली फिल्मको प्रचार–प्रसारमा ठूलो मद्दत पुग्ने विश्वास आफुले लिएको पनि उनले बताए ।

महोत्सवको संयोजकमा निर्देशक कमल एक्चै मगर छन् । उनले आफ्नै गृहजिल्लामा महोत्सव गर्न पाउँदा उत्साहित रहेको सो पत्रकार भेटघाटका क्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने