पुरूष बाँझोपन हटाउने आयुर्वेदिक उपाय

बाँझोपन महिलामा मात्र हुन्छ भन्ने परम्परागत सोच अहिले हटिसकेको छ । बाँझोपन पुरूषमा पनि हुन्छ र महिलामा पनि । पछिल्लो समयमा त महिलामा भन्दा बाँझोपन पुरूषमा बढी देखिन थालेको छ । पुरूषमा सन्तान उत्पादन क्षमतामा कमी आइरहेको छ । विभिन्न काममा आइपर्ने तनाव, अनिद्रा, धुम्रपान, मद्यपान तथा अनिमित कार्यबोझका कारण मानिसको जीवनशैली अव्यवस्थित बन्दै गइरहेको छ । यसले महिलामा भन्दा पुरूषमा बढी नै असर पारिरहेको छ । अव्यवस्थित जीवनशैलीका कारण पुरूषको शुक्रकीट निकै कमजोर बन्दै गइरहेको छ । यसले सन्तान उत्पादन गर्ने क्षमतामा पुरूषलाई कमजोर साबित गरिरहेको छ ।

त्यसो त अहिलेको जमानामा पुरूष र महिला सन्तान उत्पादन गर्ने मामलामा कमै इच्छुक देखिएको विश्व प्रजनन दरले पनि आफैं प्रमाणित गरिरहेको छ । तर, पनि पुरूषको वीर्यमा देखिएको शुक्राणुको कमजोर क्रियाशीलता बढी चिन्ताको विषय बनिरहेको छ । महिलामा पनि डिम्ब उत्पादन प्रक्रिया पहिलेको तुलनामा निकै कम हुँदै गएको छ ।

यसको निराकरणका नाममा बजारमा पुरूष र महिलाको पनि प्रजनन क्षमता बढाउने भन्दै विभिन्न औषधि बिक्री वितरण भइरहेका छन् । यी औषधि बढी रासायनिक प्रकृतिका छन् । यिनले मानिसको शारीरिक प्राकृतिक प्रक्रियामा नराम्रो असर पनि पारिरहेका छन् । औषधिमा प्रयोग भइआएका रासायनिक तत्वका कारण पुरूष वा महिलाको प्रजनन स्वास्थ्य मात्रै नभई समग्र स्वास्थ्यमा गम्भीर असर पारिरहेका छन् । मानिसले पछिल्लो चरणमा बजारमा उपलब्ध औषधिको सेवन बढाउँदै लगिरहेका छन् ।

तर, प्राकृतिक र मौलिक रूपमा प्रजनन तथा सिंगो शारीरिक स्वास्थ्यका लागि घरेलु र अर्गानिक औषधोपचार प्रयोगमा ल्याउनु निकै उपयोगी हुने स्वास्थ्यविद्हरूको तर्क रहिआएको छ । यसका लागि गाईको घिउ बढी लाभदायी हुन्छ । गाईको घिउले पुरूषको प्रजनन क्षमता बढाउँछ । घिउमा पाइने पोषक तत्वले फाइटोन्युट्रिएन्स बढाउने काम गर्छ । यसका लागि हरेक दिन दुईदेखि तीन चम्चा गाईको घिउ सेवन गर्नु उत्तम हुन्छ ।

त्यसैगरी, फर्सीको बियाँ (बीउ)मा पाइने जिंकले वीर्यको गुणस्तरमा सुधार ल्याउँछ । जिंकले एन्टिअक्सिडेन्ट बढाएर वीर्य बिग्रिनबाट बचाउने काम गर्छ । यसले वीर्यमा टेस्टोस्टेरोनको मात्रालाई स्वस्थ र मजबुत राख्छ । आयुर्वेदिक औषधि त्रिफला र जाइफल पनि स्वस्थबद्र्धक औषधि हुन् । यिनको सेवनले पुरूषको प्रजनन क्षमतामा सुधार ल्याउँछ । त्रिफलाले हर्मोनल असन्तुलन राखेर डिप्रेसन तथा एन्जाइटीजस्ता रोगबाट बचाउँछ ।

त्यसैगरी, अमला पनि औषधीय गुणयुक्त हुन्छ । प्रजनन क्षमता कजोर भएका पुरूषले अमलाको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । अमलामा पाइने भिटामिन ‘सी’ले वीर्यलाई तीव्र गतिमा अण्डकोषतिर प्रवेश गराउँछ । त्यस्तैगरी अश्वगन्धामा पाइने एन्टिअक्सिडेन्ट, एन्टिम्फ्लेमेन्टरी र एन्टिब्याक्टेरियल तत्वले पुरूष प्रजनन क्षमता बढाउन सहयोग गर्छ ।

यसका साथै, प्रजनन क्षमतालाई बचाइराख्न सन्तुलित र ताजा खाना खानुपर्छ । फलफूल, तरकारी, नरिवल, दूध, बदाम, ओखर, खजुरजस्ता खानेकुरा सन्तुलित आहारामा छुटाउनुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा