बाग्मतीमा स्याल कराउँदा कोशीमा कराउँदैन : मुख्यमन्त्री कार्की

सुन्दरहरैंचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस युनियन नेपाल सुनसरीले आयोजना गरेको लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले बाग्मतीमा स्याल कराउँदा कोशीमा नकराउने बताए ।

धेरै सञ्चारकर्मीले गठबन्धन भत्कियो, अब प्रदेश सरकार के हुन्छ भनेर सोध्ने गरेको भन्दै उनले केन्द्रको गठबन्धन अर्कै रहेको र प्रदेशको अर्कै रहेकाले कोशीमा यही सरकार रहने र कुनै परिवर्तन नहुने बताए ।

‘केन्द्रको गठबन्धन अर्कै थियो, त्यो अस्ति नै टुटिसक्यो, यहाँ अर्कै गठबन्धनअनुसार सरकार बनेको हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यो पनि सम्झाउनुपर्छ र ? तपाईंहरूलाई माथि केके हुन्छ, प्रदेशमा पनि त्यही हुन्छ भन्ने छ र ?’ बाग्मतीमा स्याल कराउँदा कोशीमा स्याल कराउँदैन बरू अर्ना कराउनसक्छ उनले थपे ।

कोशीमा संविधानको धारा १६८(५) अनुसार कोशी प्रदेश सरकार गठन भएकाले अर्को कुनै नयाँ सरकार बन्ने सम्भावना पनि नरहेको उनले प्रस्ट पारे । मध्यावधिमा पनि नजाने एवं यही सरकारले २ वर्षसम्म विश्वासको मत पनि लिनुनपर्ने भन्दै मुख्यमन्त्री कार्कीले यही सरकारले बाँकी कार्यकाल पूरा गर्ने जिकिर गरे ।

सञ्चारकर्मीलाई बोलाएर नचाहिने कुरा लेख्न लगाएको र धेरैले अब सरकार परिवर्तन हुन्छ भनेर गलत व्याख्या गरेर हिँडिरहेकाले संविधान पढ्न र पत्रकारहरूलाई बोलाएर संविधानअनुसार ब्रिफिङ गर्नसमेत उनले अन्य राजनीतिक दलहरूलाई चुनौती दिएका छन् ।

गत साता पत्रकार सम्मेलनमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए । भण्डारीले मुख्यमन्त्रीले राजीनामा नदिए कानुनी रूपमा हटाउने चेतावनीसमेत दिएका थिए ।

एक अर्को प्रसंगमा उनले केन्द्रमा गठबन्धन भत्कियो अब कसरी पत्रकार महासंघको चुनाव लड्ने भनेर साथीहरू निराश भएको देखेको बताउँदै निराश देखिने मान्छे लोकतन्त्रवादी हुन नसक्ने बताए । सञ्चारकर्मीको कलमले एउटा सुन्दर समाज बनाउनसक्ने, कलमको मसीले समाजलाई तुरन्तै आगो लगाउनसक्ने र निभाउन पनि सक्ने काम गर्ने उनको भनाइ थियो ।

उनले अहिले कता–कता सञ्चारकर्मीको कलमबाट मसी नभएर तेल निस्किने गरेकाले कलममा मसी लगाउने कि तेल लगाउने भन्ने जिम्मा सञ्चारकर्मीको भएको बताए । पत्रकारिता गर्दा आलोचित हुने गरेका धेरै उदारण रहेको उनले जिकिर गरे ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म