राज्यका ठेकेदारको सम्प्रदायिक सोच र चरित्रका कारण शिक्षा क्षेत्रमा वेथिति र भद्रगोल–प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले नेपालको शिक्षा क्षेत्रमा रहेको वेथिति एवं भद्रगोल अवस्थाको ’boutमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा शिक्षा क्षेत्रमा सरकारको तर्फबाट भईरहेको लापरवाहीको जवाफ समेत उनले माग गरेका छन् ।

एक मोटरसाईकलमा तीन जना बस्दा ट्राफिक प्रहरीले कारवाही गर्ने गरिएको उदाहरण दिदै उनले एक कक्षाकोठामा दुई सय जना बढी विद्यार्थी कोचिएर पढनुपर्ने बाध्यता रहेकाले त्यसरी कोचिएर राख्नेलाई कारवाही गर्नुपर्छ की पर्दैन ? भन्दै प्रश्न गरेका छन् ।

‘तराई मधेशका स्कुलहरूमा एउटा कक्षा कोठामा दुई सय जनासम्म विद्यार्थी कोचिएर पढिरहेका छन् । यसको जवाफ कसले दिन्छ ?’ प्रतिनिधिसभाको विशेष समयमा बोल्दै साहले प्रश्न गरे, ‘एक मोटरसाईकलमा तीन जना बस्दा ट्राफिक प्रहरीले कारवाही गर्छ । ५० जना विद्यार्थी बस्न सक्ने कोठामा दुई सय जना राख्नेलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’

उनले प्रदेश र जिल्लाका आधारमा शिक्षक दरबन्दीको वितरण नै असमान रहेको बताए । आफूले सरकारी तथ्याङ्क अध्ययन गरेको र त्यसमा बागमती प्रदेशमा १८ विद्यार्थी बराबर एक शिक्षक दरबन्दी रहेको र मधेश प्रदेशमा ७१ जना विद्यार्थी बराबर एक जना शिक्षक दरबन्दी रहेको पाइएको बताए ।

जिल्लाको हिसाबले यो तथ्यांक झन् असमान रहेको उनले बताए । ‘रौतहटमा ८० विद्यार्थी बराबर एक शिक्षक छन् । काठमाडौंमा १३ विद्यार्थीलाई एक शिक्षक’ साहले शिक्षामन्त्रीलाई सम्बोधन गर्दै प्रश्न गरे, ‘यो विभेदपूर्ण वितरणको जवाफ कसले दिन्छ ? यसरी दरबन्दी वितरण गर्न मिल्छ ? विद्यार्थीको भविष्य बिगार्ने कुराको जवाफ कसले दिन्छ ?’

बाहिर मधेसीहरुले सम्प्रदायिक कुरा गर्यो भन्दै हावाकुरा गर्ने तर यहाँ त राज्यका ठेकेदारबाटै सम्प्रदायिक काम गर्दा उनीहरुलाई कारवाही कसले गर्ने ? ति ठेकेदारहरु जो राज्यको दोहन गरिरहेका छन र विभेदपूर्ण काम गरिरहेका छन् उनीहरुलाई कारवाही गर्ने की नगर्ने ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई देशभर शिक्षक दरबन्दीको अवस्था’bout सदनलाई जानकारी गराउन उनले माग समेत गरेका छन् । ‘यो संसद्मा शिक्षक दरबन्दीको कुरा शिक्षा मन्त्रीले सुनाइदिए हुन्थ्यो । म शिक्षा मन्त्रीलाई सोध्न चाहन्छु । अहिलेको शिक्षाको स्थिति के छ ? भवनको अभावमा सयौं विद्यार्थी एउटै कक्षाकोठामा कोचिनुपर्ने, शिक्षक दरबन्दीको अभाव विद्यार्थीले बेहोर्नुपर्ने तर यसमा कुनै कानुन नलाग्ने, कोही जवाफदेही हुन नपर्ने ?’ पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले प्रश्न गरे ।

विद्यार्थीको भविष्य बिगार्नु देशकै भविष्य बिगार्नु रहेको उनले बताए । यस्तो कार्यमा संलग्न रहेकाहरू दण्डित हुनुपर्ने साहको माग छ । ‘यो विद्यार्थीको जीवनसँग खेलवाड हो कि राज्यको जीवनसँगको खेलवाड हो ?’ साहले प्रश्न गरे, ‘जसरी शिक्षकको दरबन्दी वितरणमा धाँधली भएको छ । यो सामान्य अपराध हो जस्तो मलाई लाग्दैन । यस्ता कूकर्म गर्ने अपराधीहरूलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’

शिक्षाकै नाममा खर्बौ रुपैया विदेश गरिरहेको बताउँदै उलने नेपालको शिक्षाको सुधारका लागि सरकारले के गरिरहेको छ त्यस’bout जानकारी माग गरेका छन् । सरकारले बनाएको मापदण्डअनुसार पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराईमा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने हुन्छ । यो आफैंमा विभेदपूर्ण रहेको तर पनि तय भएअनुसारको मापदण्ड लागू नभएको भन्दै उनले शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यस सम्बन्धमा सिंगो सदनले समेत चासो राख्नुपर्ने उल्लेख गर्दै साहले भने, ‘दुई सय विद्यार्थी एउटै कक्षा कोठामा देख्दा के महसुस हुन्छ होला ? यसमा सभामुखको रुलिङको पनि अपेक्षा गर्दछु ।’

राज्यको फितलो नीति र वेवास्ताकै कारण नेपालमा गुणस्तरीय शिक्षाको सन्दर्भमा प्रश्न उठ्न थालेको साहको भनाइ छ । ‘नेपालमा गुणस्तरीय शिक्षा एउटा ठूलो चुनौती बनिरहेको छ । गुणस्तरीय शिक्षाकै अभावमा विद्यार्थीहरू विदेश जान विवश छन् । विद्यार्थी पढाउने नाममा खर्बौं रुपैयाँ हामीले विदेशीलाई बुझाइसक्यौं’ साहले भने ।

यस्तै उनले सरकारी विद्यालयहरूमा इन्टरनेट र विद्युत्को पनि समस्या रहेको बताएका छन् । सरकारी तथ्याङअनुसार झण्डै ८८ प्रतिशत सरकारी स्कुलमा इन्टरनेट सेवाको पहुँच पुग्न बाँकी रहेको बताउँदै साहले भने, ‘यो आईटीको युग हो । तर ८८ प्रतिशत सरकारी स्कुलमा इन्टरनेट सेवा छैन । नेपाल धेरै विद्युत् उत्पादन गर्ने देश हो । तर झण्डै ४५ प्रतिशत स्कुलमा विद्युत् पुगेको छैन ।यो अवस्था कहिलेसम्म ?’

संसद्मा धेरै समानाताको कुरा, महिलामैत्रीको कुरा हुने गरेको स्मरण गर्दै उनले त्यसअनुसारको व्यवहार सरकारी स्कुलमा हुन नसकेको बताए । साहले भने, ‘झण्डै २० प्रतिशत स्कुलमा छात्रा अनुकूल शौचालय छैन ।’

यस्तो तथ्याङ्कलाई सकारात्मक दिशामा सुधार गर्न उनले जिम्मेवार निकायमा बसेकाहरू गम्भीर हुनुपर्नेमा जोड दिए । साहले भने, ‘यसलाई हामीले सपार्न सकेनौं भने देशको भविष्य राम्रो हुँदैन । देशको महत्वपूर्ण जिम्मेवारीमा बसेर बच्चाको भविष्यमाथि खेलवाड गर्ने, देशको भविष्यमाथि खेल्ने अधिकार कसैलाई छैन ।’ यस’boutमा सरकार गम्भिर हुन आवश्यक रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !