उच्च रक्तश्रावले थलिएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–४ ढकालबाडा गाउँकी ४३ वर्षिया बाँचुकला जैसी (ढकाल) को नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

९ दिनदेखि ढकाललाई हल्का रगत बग्दै गर्ने समस्या भए पनि दुई दिनदेखि रक्तश्राव बढ्दै गएपछि शनिवार बेलुका पाँच बजे गाउँपालिका एम्बुलेन्समार्फत उद्धार गरी मैला स्वास्थ्य चौकीमा पुर्याइएको थियो ।

उच्च रक्तश्रावले थलिएर मैला स्वास्थ्यचौकीमा भर्ना भएकी ढकाल(जैसी)लाई स्वास्थ्यकर्मीले चेकजाँच गरी रातभरको अथक प्रयासपछि हिजो आइतबार विहान बच्चा सकुशल बच जन्माएर साल समेत निकालिएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए । प्रमुख ढकालका अनुसार, बच्चा जन्माएपनि अत्यधिक रक्तश्राव कारण स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि आजै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको प्रमुख ढकालले बताए ।

शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि गाउँपालिका अध्यक्ष लालकेश जैसी, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय, नेपाल आर्मी लगायतका स्वास्थ्यकर्मीको अथक प्रयास पछि उद्धार सफल भएको उहाँले बताए । रक्तश्रावले थलिएकी ढकालको राष्ट्रपछि महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो ।

उच्च रक्तस्रावले थलिएकी ढकालको प्रदेश अस्पताल सुर्खेतमा पुर्याएसँगै अहिले उपचार भइरहेको उहाँको श्रीमान हरिप्रसाद जैसी(ढकाल)ले जानकारी दिएको शाखा प्रमुख ढकालले बताएका छन् । यस्तै महिलाको श्रीमतीले ४ वटा छोरी जन्माएर मृत्युभएपछि दोस्रो विवाह गरेर कान्छी श्रीमतीबाट पनि तीनवटा छोरी जन्मिएका छन् भने यो पटक छोरा जन्मिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाउनुका साथै ज्यान जोगिदै आएको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ