सर्लाहीमा दुई जना हुण्डी कारोबारी पक्राउ

सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा स्रोत नखुलेको २७ लाख बढी नगद रकम सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका–३ बस्ने कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलंगवा नगरपालिका–९ स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने आरिफ अन्सारी रहेका छन् ।

आइतवार मलंगवा बजारमा अवैध हुण्डी कारोवारको रकम ओसार पसार भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक सविनकुमार कार्कीको कमाण्डमा आवश्यक प्रहरी टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले मलंगवा नगरपालिका–९ स्थित सडक खण्डमा पुग्दा कमर राजालाई शंकास्पद अवस्थामा चेक गर्दा कालो रंगको झोलामा १० लाख रुपैयाँ र लक्ष्मी सनराईज बैंकको ९ लाख ९० हजार जम्मा गर्ने २ वटा भौचर समेत फेला परेको प्रहरीले जनाएको छ।

उक्त रकम कहाँबाट ल्याएको भनी कमर राजालाई सोधपुछ गर्दा वडा नं ९ स्थित संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको भनी खुलाएको थियो ।

अभियुक्त कमर राजालाई उक्त नगदसहित नियन्त्रणमा लिई आरिफ अन्सारीले सञ्चालन गरेको फोन सिटी मोबाईल पसलमा खानतलासी गर्दा पसलभित्र रहेको र्याकको तल खैरो रङको कपडाको झोलाभित्र कालो प्लाष्टिकभित्र लुकाई छिपाई राखेको १७ लाख ७५ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको थियो ।

हुण्डी कारोबारीकमर राजा र अन्सारी दुवै जनाको रकम गरी रु. २७ लाख ७५ हजार ९ सय ७० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिए । बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक ज्ञावालीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित