साहारालाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

कपिलवस्तु । साहारालाई पछि पार्दै नेपाल पुलिस क्लब तिलौराकोट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । कपिलवस्तुको चार नम्बर बुद्ध रंगशालामा सोमबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा साहारा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लव सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। दोस्रो हाफ शुरू भएको तीन मिनेटपछि पुलिसका लागि शिशिर चौधरीले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। ५७औँ मिनेटमा साहाराले खेलमा फर्किने मौका पाएको थियो। तर, सुशिल लामाले प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन्।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।खेलको म्यान अफ दी म्याच पुलिसका सञ्जित श्रेष्ठ भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। चैत २४ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसँगै सहारा फुटबल एकेडेमी, हनामी बीएफसी, थ्रीस्टार क्लब र सुदूरपश्चिम–११ पनि सहभागी छन्।

प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार १११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ ५५ रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा