मधेशको लाईफ लाईन फास्ट ट्रयाक समय मै बन्ने : उपाध्यक्ष पोखरेल

बारा । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेशको लाईफ लाईन फास्ट ट्रयाक समय मै सम्पन्न गराउन पहल गर्ने बताए । बाराको कलैयामा हिजो सोमबार नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनलाई उदघाटन गर्दै पोखरेलले फास्ट ट्रयाक फास्ट गतिमा बन्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको फास्ट ट्रयाक निर्माण कसैले रोकेर रोक्ने नसक्ने बताए । केही बाधा अड्चन आए पनि समाधान गरि काम अघि बढाउने उनले बताए ।

जनताको बिचमा पुग्ने एमाले सशक्त भएर लाग्नुपर्ने बताए । विकास निर्माणको अगुवाई गर्ने एमाले बन्न जरूरी रहेको बताए । किसानले उत्पादनमा सिचाईको व्यवस्था, किसानले बजार मुल्य पायो कि पाएन त्यसतर्फ लाग्नुपर्ने बताए ।

एमाले बाराको ११ औ अधिवेशनलाई सम्बोधन गर्दै जिल्लाले सबल सक्षम नेतृत्व पाओस भनेर शुभकामना दिएका थिए । नेतृत्व चयन गर्ने केन्द्रका कोई नेता खेलाडी हैन रेफ्री रहेको बताए ।

एमाले विकास निर्माणको चैम्पियन बन्नुपर्नेमा जोड दिए ।तराई मधेसलाई अगाडी बढाउन मधेश प्रदेशकै मन्त्री भएकोले अब मधेश प्रदेशमा संवृद्धिको बाटो खुलेको उनले जोड दिए । मल करखाना खोल्ने प्रस्ताव एमालेले गर्ने प्रतिवदता गरे । तत्काल किसानको लागि मल खाद विउको समय मै व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

बाहिर शक्ति र भित्री केही तत्वले गर्दा हिजोको गठबन्धन एमालेलाई सिध्याउन टुटेको बताए । लोकतन्त्रको हितमा बनेको गठबन्धन नया समिकरणले देशको रूपरेखा बदल्ने संकेत देखिएको पोखरेलले बताए ।

एमालेले बहुमत नल्याए सम्म देशको अवस्था बदल्न नसक्ने उनले बताए । एमालेले बहुमत ल्याए देशमा राजनितिक स्थिरताको लागि एमालेले सुनिश्चितता गर्ने छ ।

धराशयी भएको उधोग विरगंज चिनी मिल, हेटौडा उधोग लगायत संचालनमा ल्याउन एमाले सरकारसंग
ठोस योजना रहेको बताए । उधोग संचालनमा आए मात्र युवा शक्ति विदेशीनुबाट रोक्न सक्ने उनले बताए । जव सम्म रोजगारी सृजना हुदैन तव सम्म युवा विदेश पलायन हुने उनले बताए ।

किसानलाई सिचाई गर्न बनिरहेको सुनकोशी मरिन डाईभर्सनको लागि कामलाई तिव्र गतिमा लग्ने काम भईरहेको बताए । स्वास्थ्य बिमालाई प्रभावकारी ढङ्गमा बढाउन पहल गर्ने बताए । देशका घर घरमा स्वास्थ्य बिमा पुर्याउनु पर्नेमा जोड दिएको थिए ।

दुई देशले घेरिएर रहेको नेपाललाई सुरक्षित राख्न नेकपा एमाले अगाडी बढेको बताए । मिचिएका सीमाहरूलाई व्यवस्थित गर्न तर्फ लागि परेको बताए । मिसन २०८४ को लागि नेकपा एमाले अहिले देखि युवा देखि बृद्ध सम्मलाई एकत्रित गर्दै अगाडी बढेको उनले बताए ।

त्यस्तै भौतिक तथा पुर्वाधार मन्त्री रघुवीर महासेठले २७० वर्षमा ६० किलो मिटर रोड बनाए तर नेकपा एमाले सरकार ४२ महिनामा ५ हजार ५ सय किलोमिटर रोड निर्माण गरेको महासेठले बताए । गणतन्त्रको विरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउन बताए । संविधान नमान्नेहरु राजा ल्याउन देख्ने दिवा सपना रहेको उनले बताए ।

कृषि तथा पशुपक्षी मन्त्री एव पोलिटब्युरो सदस्य ज्वाला साहले ११ औ जिल्ला अधिवेशनमा शुभकामना दिदै जिल्लाले कमाण्ड कन्ट्रोल गर्ने नेतृत्व पाओस उनले बताईन ।

किसानले मलखाद, बिउको लागि भोग्दै आएको समस्या अत्यन्त गर्न पहल गर्ने बताईन । किसानलाई सिचाइको लागि सुनकोशी डाईभर्सनको सुरूवात गर्ने कार्य अगाडी थालेको बताईन । ३० हजार हेक्टर पानी पुर्याउने कामको प्रक्रिया अगाडी बढाएको छु ।

किसानको लागि चिस्यान, कोल्डस्टोर लगायतको आवश्यक कार्य अघि बढाउन आफु तयार रहेको बताईन । किसानलाई प्रोत्साहन गर्न केरा खेती तर्फ जोड दिएको बताईन ।

मिसन ०८४ सफल बनाउन रोजगारी, शिक्षा लगायतको विषयमा ध्यान दिएको बताए । महिलाहरूलाई आत्मनिर्भर बनाउन डल, सिलाई-कटाई, अचार बनाउने लगायतको कार्यक्रम गर्न तयारी रहेको बताईन ।

मानवत मटिअर्वा रोड निर्माण गर्न भौतिक पूर्वाधार मन्त्रालयमा पहल गरेको बताइन । चाडै अधुरा सडक खण्ड कार्य थालनी गरेको बताईन ।

विनोद साहको अध्यक्षतामा भएको नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औ जिल्ला अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेल, विशिष्ट अतिथि केन्द्रीय सचिव योगेश भट्टराई, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपक्षी मन्त्री ज्वाला साह, पर्सा ईन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्य बलविर चौधरी, मधेश प्रदेश सदस्य महमद समिर, पुर्व मन्त्री एकवाल मिया, केन्द्रीय सदस्य राजकुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन जिल्ला सचिव अध्यानन्द पाण्डेले गरेका थिए । भोलि हुने बन्द सत्रले एमाले बाराको नयाँ नेतृत्व चयन गर्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा