अर्गानिक भ्युज बटुल्दै, हाकू पर्सि तूयुगु गाचा

हाकू पर्सि तूयुगु गाचा
न्ययाः छ वःगु
नक्कल कयाः गन वनेगु ?
यःमैं नक्कल कयाः गन वनेगु ?

विस्का अर्थात् बिस्केट जात्रा नजिकिँदै छ । नेपाल भाषा संगीत पारखीले पक्कै पनि माथिका पंक्ति याद गरेको हुनुपर्छ । अझ यसमाथि बनेको म्युजिक भिडियोले दर्शकका उत्प्रेरक प्रतिक्रिया पाइरहेकै छ । जात्रा हेर्न आएका युवा र स्थानीय युवतीबीचको सांगीतिक प्रेमालाप बुनिएको भिडियोले ‘अर्गानिक भ्युज’ र प्रसंशा कमाइरहेको छ ।

छिटो फैलनु, चट्ट सेलाउनु ‘भाइरल’ हो । तर, यो गीतको सवालमा त्यो लागू हुन्न । दिगोपन लिएर आएकै कारण ‘हाकू पर्सि तूयुगु गाचा’ले नजानिँदो तवरले दर्शकको आत्मीयता बटुलिरहेको छ । लोकलयमा आधारित गीत गायिका निशा देशार र गायक भीम प्रजापतिको आवाजमा कर्णप्रिय बनेको छ । गायक प्रजापतिकै रचना–संगीतको सिर्जनालाई कोरियोग्राफर आराध्या लक्ष्मी खड्गीले पर्दामा उतारेकी हुन् ।

छायांकनका क्रममा ५० भन्दा बढी कलाकारको ‘क्याप्टेनसिप’ निर्वाह गरेकी आराध्याको कामप्रतिको लगावकै कारण म्युजिक भिडियोले दिनप्रतिदिन दर्शकको माया बटुलिरहेको छ । सांस्कृतिक नगरी भक्तपुरको प्रसिद्ध ‘बिस्का जात्रा’केन्द्रित गीतको मुख्य भूमिकामा उनी स्वयं देखिएकी छन् ।

सिंगो नेपाली चलचित्र फाँटमा महिला निर्देशकको अभाव खट्किरहेको अवस्थामा नेपाल भाषा कलाफा“टमा त्यो विषय अझ बढी गौण बनिदिन्छ । यी चुनौतीमाझ आराध्याले निर्देशनमा समेत आफूलाई होमिएकी छन् । ‘निर्देशन पनि गर्न सक्छु भन्ने आत्मविश्वास छ,’ उनी भन्छिन्, ‘काम नगरेसम्म सजिलो हुन्न, गरेपछि अनुभव हुन्छ र पछिलाई सहज हुने हो ।’

ख्वप देय्या बिस्का जात्रा
भैलःखः लूगु
पासापिं मुनाः स्वः वनेगु
यः दाई, पासापिं मुनाः स्वः वनेगु…

जुगल डंगोलको श्रृतिमय संगीत संयोजनले गीतलाई थप उचाइमा पु¥याएको छ । धिमे, खिंजस्ता परम्परागत नेवारी लोकबाजा संगीतकारसमेत रहेका डंगोलले गीतमा प्रयोग गरेका छन् । सोही शैलीमा परम्परा, संस्कृति, रीतिरिवाज र वेशभूषा सुन्दर ढंगमा वर्णन गरिएको प्रसंग क्यामेरामा कैद गर्नु उत्तिकै चुनौतीपूर्ण पनि थियो । जसमा आराध्या सफल लाग्छिन् ।

थोरै बजेट, धेरै कलाकार । त्यसमाथि कामको चाप । स्क्रिनमा झट्ट हेर्दा ५ मिनेट ३० सेकेन्डको भिडियो बनाउन झन्डै १२ दिन लाग्यो । गीतका कतिपय ‘डान्स स्टेप’ आराध्याले ‘अन द स्पट’ सिर्जना गरेकी थिइन् । निर्देशन, कोरियोग्राफी र ‘लिडरोल’मा उनी स्वयंले गरेको मेहनत स्क्रिनमा प्रस्ट झल्किन्छ पनि ।

‘अपोजिट’ कलाकार रवि सैंजुलाई नृत्य सिकाउन एक साता ‘वर्कसप’मै बित्यो । नृत्यमा अपरिपक्व सैंजुलाई पर्दामा उतार्न आराध्याले कडै मेहनत गरेकी थिइन् ।

दोपताया सारी बिइ
लुँचुरी नं न्ह्याकाः बिइ
माने जक जूसा यःमैं
लुँया घडी न्ह्याकाः बिइ…

विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल कालिञ्चोकमा छायांकृत ‘हाकू पर्सि तूयुगु गाचा…’ भिडियो सोहन मानन्धरको सिनेम्याटोग्राफी, सम्पादन र रङ संयोजनले मोहक बनाएको छ ।

पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने हेतु छायांकृत म्युजिक भिडियो आराध्याकै ‘कन्सेप्ट’मा मिलन श्रेष्ठले ड्रोन चलाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी