मुहार फेर्दै नागढुंगा नाका

नेपालको गौरवका आयोजनामा पर्छ, नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग । यो काठमाडौं नागढुंगामा सधैं हुने ट्राफिक जाम अन्त्यको एक मात्र विकल्प पनि हो । यसले धादिङ र काठमाडौं जोड्दै छ । यस्तो गौरवको आयोजना फत्ते हुन केही दिन मात्र बाँकी छ । टेक्निकल्ली पूरा गरिनुपर्ने जम्मा चार मिटर मात्र बाँकी छ ।

छिट्टै नै ‘ब्रेक थ्रु’ गर्नेगरी निर्माणको काम भइरहेको छ । दैनिक ३ सिफ्टमा काम चलिरहेकाले अब ढिला हुने देखिँदैन । ‘ब्रेक थ्रु’पछि सुरुङलाई फिनिसिङ गर्ने काम सुरु गरिनेछ । यो समय केही लामो नै रहने भएको छ । यातायातका साधन नियमित चलाउन ब्रेक थ्रुपछि पनि १ वर्ष लाग्ने अनुमान छ ।

यस वर्षको वर्षात्को समय पनि नागढुंगा सुरुङ मार्ग निर्माणमै व्यतीत हुनेछ । सुरुङ मार्ग पनि निर्माण हुने र काठमाडौं थानकोटस्थित फ्लाइओभर पनि प्रयोगमा आउने १ वर्षपछिको अवस्थामा काठमाडौं छिर्दा कुनै नयाँ सहर छिरेको अनुभूति हुनेछ । यसका लागि थानकोटमा फ्लाइओभर निर्माण कार्यमा तीव्रता दिँदै फ्लाइओभरबाट सुरुङ मार्गसम्म पुग्ने २ दशमलव ३० किलोमिटर दुई लेन सडकमा ग्राभेल र कालोपत्रे काम थालनी भएको छ ।

उता, स्थानीय जनताको साथ र सहयोग पाएर सम्पन्न हुँदै गरेको सुरुङ मार्ग सफल हुँदाका बखतमा समेत् उनीहरूको माग पूरा हुन बाँकी छ । स्थानीय जनताले खानेपानी तथा सिँचाइ माग राखेर काममा अवरोध पनि निम्त्याउने गरिरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय जनताबीचमा भएको सहमति कार्यान्वयनमा आउन सकिरहेको छैन ।

अहिलेसम्म पुरानै देखिने काठमाडौं अबको १ वर्षमा केही नौलो देखापर्नेछ । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगामा आउने भौतिक परिवर्तनले उपत्यकाको रौनकमा केही बढी नवीनता ल्याउनेछ । गुडेर यात्रा गर्ने पर्यटकका लागि पनि यसले केही नयाँपनको आभाष दिलाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार