पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ल्याइयो उपकरण

दैलेख । भैरवी गाउँपालिका –१जलजलेमा हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनबाट सामानहरू सामान ल्याइएको छ।चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट चीनबाट सामानहरू दैलेख ल्याएको हो ।

अन्वेषण परियोजनाका अनुसार २४ घण्टा नै ३ सिफ्टमा काम गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ। भारतको रुपैडिया नाकाबाट २ सय भन्दा बढी ट्रक दैलेख प्रस्थान गरिसकेको जनाइएको छ।

उपकरण पुगिसकेपछि ड्रिल गर्ने काम सुरु हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले जानकारी दिए ।

उपकरण आइसकेपछि कामले गति लिन्छ जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने उनले बताए ।

काम सुरु भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने व्यवस्था मिलाएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनले कामहरू दिनरात नभनेर गर्ने कार्य योजना अनुसार सशस्त्र प्रहरीलाई सुरक्षा जिम्मेवारी दिएको जानकारी दिए। तत्कालका लागि चिनियो टोलीसँगै स्थानीय १२ जनालाई अन्वेषणले रोजगारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता