नेपालसँगै अमेरिका र अष्ट्रेलियामा डिग्री माईला

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र नेपालसँगै विदेशमा पनि सिनेमा हलमा एकैदिन रिलिद गर्ने क्रम बढेको छ । यसै क्रममा चलचित्र ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि ३० चैतमा रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिकामा रिलिज हुने हलहरु पनि सार्वजनिक गरेको छ । यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रका निर्माता निर्देशक रामबाबु गुरुङका अनुसार अमेरिका, अष्ट्रेलियालगायत विभिन्न देशमा सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । गुरुङका अनुसार यो चलचित्र ३० चैतमा अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ । यसैगरी यो अमेरिकाका ४० भन्दा बढी शहरमा रिलिज हुने भएको छ । चलचित्र डिग्री माइला त्यहाँ करिब ४ सय शोहरु हुने पनि गुरुङले जानकारी गराएका छन् ।

यो चलचित्रमा दयाहाङको जोडीको रुपमा आँचल शर्मा रहेकी छिन् । यो चलचित्रमा उनीहरुको अन्तरजातिय प्रेम सम्बन्ध र त्यसले परिवारमा ल्याएको समस्यालाई प्रस्तुत गरिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले मास्टर डिग्री पास गरेको एक शैक्षिक बेरोजगार युवाको समस्यालाई कथानक रुपमा प्रस्तुत गर्ने पनि निर्देशक गुरुङले बताएका छन् ।

यो चलचित्रको निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार, सुष्मा गुरुङ, कार्यकारी निर्माता क्रिश लामा हुन् । यसमा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत शिवराम श्रेष्ठ र राइली एस शिनको छायाँकन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर