मानव स्वास्थ्यका लागि फिजियोथेरापी र रेडियोग्राफी

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ । नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवं स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरसमेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोप्याथिक चिकित्सा क्षेत्र, फिजियोथेरापी, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । १५औं योजनामा गुणस्तरीय स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु¥याउन राज्यको नेतृत्वदायी र निजी तथा सरकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।

१५औं योजनाको सफल कार्यान्वयनपछि, स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रति हजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् ।

स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहँुच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चारपटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।

कतिपय रोग औषधी नखाई व्यायाम वा अन्य विधिबाट निको पार्न सकिन्छ

नेपालको संविधानले व्यवस्था गरेको संघीयस्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधी आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । यसै सिलसिलामा यस लेखमा फिजियोथेरापी’bout संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

सबै रोग औषधी खाएर मात्र राम्रोसँग ठिक नहुन सक्छ । कतिपय रोग औषधी नखाई व्यायाम वा अन्य विधिबाट आराम गराउन सकिन्छ । औषधीको प्रयोगबिना व्यायाम वा विद्युतीय उपकरणका माध्यमबाट गरिने उपचार विधि नै फिजियोथेरापी हो । विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या, कुँजोपनले मानवलाई क्रियाशीलको दक्षता र प्रयासबाट विमुख गर्न सक्छ त्यसकारण शरीरको शारीरिक गतिशिलतालाई कायम राखी गुणस्तरीय स्वास्थ राख्न फिजियोथेरापीको आवश्यकता हुन्छ । फिजियोथेरापिस्टहरूले व्यायामका माध्यमबाट शरीरका मांसपेशीलाई सही अनुपातमा क्रियाशील गराई रोग तथा असरलाई निको पार्न मद्दत गर्छन् ।

सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगले रोयल इन्सटिच्युट अफ जिम्न्यास्ट खोलेर फिजियोथेरापीको सुरुवात गरेको पाइन्छ । सो संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पिडा रोक्न मसाज÷मालिस, सुधारात्मक व्यायाम अनि कसरतको सुरुवात गरेको पाइन्छ । सन् १९९४ मा बेलायतमा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भने फिजियोथेरापीको पहिलो कलेज अमेरिकाको वासिंटनमा वाल्टर रिड आर्मी अस्पतालमा भएको थियो । प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको थियो ।

नेपालमा फिजियोथेरापीको इतिहास हेर्दा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडि मात्र थोरै निजी अस्पतालले औपचारिक सुरुवात गरेको पाइन्छ । विस्तारै हाल फिजियोथेरापीका सेवाग्राही र प्रदायकहरू तीव्र रूपमा बढिरहेका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत फिजियोथेरापी गरिएको पाइन्छ । सन् १९८३ मा आईओएमले फिजियोथेरापीलाई एसएलसीपछिको ३० महिने कोर्सका रूपमा मान्यता दिएको थियो ।

सन् २००२ पछि धुलिखेल मेडिकल इन्टिच्युटले फिजियोथेरापीलाई औपचारिक सुरुवात गरेको पाइन्छ । सशस्त्र द्वन्द्वपश्चात् २०६३ सालपछि अंगभंग र घाइतेको पूर्ववास र पुर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरेको पाइन्छ । हाल विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पस, सीटीईभीटीअन्तर्गतका तालिम केन्द्रहरूमा फिजियोथेरापी विषयको अध्यापन सञ्चालन भई आवश्यक जनशक्तिको उत्पादन भई सेवा प्रदान भइरहेको पाइन्छ ।

स्थानीय सरकारले स्वास्थ्य सेवा सञ्चालन गरी जनतालाई गुणस्तरीय स्वास्थ्य दिन सक्नुपर्छ

वास्तविक रूपमा औषधीको प्रयोग गरी रोगको निधान गर्दा साइड इफेक्ट गर्ने हुन्छ । जसले गर्दा गुणस्तर स्वास्थ्यमा असर पर्दछ । फिजियोथेरापीमा औषधी प्रयोग हुँदैन साथै शरीरका अंगहरू मजबुत बनाउने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । फिजियोथेरापी हरेक उमेर समूहका मानिसलाई प्रभावकारी बनेको छ । फिजियोथेरापीबाट विभिन्न प्रकारका बिरामी जस्तै प्यारालाइसिस, बाथ, ढाड दुख्ने, मर्किने, सड्किने, घुँडा दुख्ने, हड्डी खिइएका, स्वासप्रश्वासका समस्या, मांसपेशीको समस्या, आङ खस्ने, जन्मजात देखिएका समस्या, अपांगतासम्बन्धी बिरामीलाई उपचार गराउँदा प्रभावकारी हुने गरेको पाइन्छ । फिजियोथेरापीबाट मानसिक तथा शारीरिक रूपमा स्वस्थ हुने गर्दछ । शारीरिक कसरत गर्दा मानसिक स्वास्थ्यमा समेत सुधार भई आत्मबल बढी दैनिक रूपमा फूर्तिलो भई गुणस्तरीय जीवनयापन गर्न मद्दत मिल्छ ।

कुनै पनि व्यक्तिले आफ्नो शरीर स्वस्थ राख्न नियमित व्यायाम गर्न आवश्यक छ । व्यायामपछि स्वस्थ भोजन गर्नुपर्नेहुन्छ । अनावश्यक चिल्लो, पिरो, अमिलो तथा आफ्नो शरीरलाई अहित हुने खानेकुरा खानुहुँदैन ।

त्यस्तै, मानव स्वास्थ्यका लागि रेडियोग्राफीको पनि महत्वपूर्ण भूमिका हुन्छ । वैज्ञानिक विलहेल्म रोइन्टनले सन् १८९५ मा रेडियोग्राफीको आविष्कार गरेको पाइन्छ । मानव स्वास्थ्य गुणस्तरीय राख्न स्वास्थ्य सेवामा यसको महत्वपूर्ण भूमिका छ । रेडियोग्राफीलाई नेपाली जनजिब्रोमा एक्स–रे भनिन्छ । स्वास्थ्य सेवामा रोग पत्ता लाउन रेडियोग्राफी (एक्स–रे, एमआरआई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी, एनजियोग्राफी आदि) प्रयोग गरिन्छ । स्वास्थ्य संस्थामा बिरामीको रोग पत्ता लाउन प्रयोग गरिने वैज्ञानिक विधिमध्ये यो एक हो । यसले मानव स्वास्थ्यमा रोग पत्ता लगाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

निष्कर्षमा मानवलाई स्वस्थ राख्नलाई फिजियोथेरापी तथा रेडियोग्राफीको पनि महत्वपूर्ण भूमिका रहन्छ । हाल विशेषगरी सहरी क्षेत्रमा जथाभावी रूपमा फिजियोथेरापी तथा रेडियोग्राफी केन्द्रहरू स्थापना गरी सोसम्बन्धी विज्ञबाहेक अन्य व्यक्तिले पनि सो कार्य गराएको जनगुनासो छ । यसो गर्दा बिरामीको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । सोको आवश्यक व्यवस्थाका लागि स्थानीय सरकार तथा सम्बन्धित निकायले अनुगमन तथा निरीक्षण गरी मान्यता प्राप्त प्रशिक्षण केन्द्र तथा शिक्षण संस्थाबाट प्रशिक्षित विज्ञद्वारा मात्र सो कार्य गर्ने व्यवस्था मिलाई मानव स्वास्थ्यलाई गुणस्तर राख्नु आजको आवश्यकता हो । स्थानीय सरकारले पनि स्थानीय निकायअन्तर्गतका स्वास्थ्य संस्थामा पनि यी सेवा सञ्चालन गरी जनतालाई गुणस्तरीय स्वास्थ्य राख्न मद्दत गर्न आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्डलाई रवि : ‘निल्नु न ओकल्नु’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता