खोटाङमा निःशुल्क स्वास्थ्य शिबिरबाट ६ हजार ६३८ लाभान्वित

खोटाङ । खोटाङ सेवा समाज बेलायतले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ६ हजार भन्दा बढी नागरिकले सेवा लिएका छन् ।

खोटाङका १० वटै स्थानीय तहमा गत चैत १६ गतेदेखि चैत २३ गतेसम्म सञ्चालन गरिएको स्वास्थ्य शिबिरमा ६ हजार ६३८ सर्वसाधारणले सेवा पाएका हुन् । पहिलो चरणको स्वास्थ्य शिबिरबाट २ हजार ९१५ जना र दोश्रो चरणको शिबिरबाट ३ हजार ७२३ जना नागरिक लाभान्वित भएको खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए ।

बृहत स्वास्थ्य शिबिरबाट खोटेहाङ गाउँपालिकाका ७०३ जना, साकेला गाउँपालिकाका ५११ जना, रावाबेँसी गाउँपालिकाका ५६० जना, जन्तेढुंगा गाउँपालिकाका ४८३ जना र ऐसेलुखर्क गाउँपालिकाका ६५८ जनाले सेवा लिएका छन् ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिबिरबाट ७९१ जना, हलेसी तुवाचुङ नगरपालिकाका ५३१ जना, बराहपोखरी गाउँपालिकाका ३७४ जना र केपिलासगढी गाउँपालिकाका ६८६ जनाले सेवा पाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्मलीडाँडामा सञ्चालन गरिएको स्वास्थ्य शिबिरबाट ५०१ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुईपामा सञ्चालन गरिएको शिबिरबाट ८४० जना लाभान्वित भएको डा. कोयीले जानकारी दिए ।

सामान्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थासम्म जान नसकेका नागरिकलाई लक्षित गर्दै हरेक पालिकामा दुई–दुई दिन शिबिर सञ्चालन गरिएको थियो । जन्मभूमीको सेवाका लागि खोटाङ सेवा समाज बेलायतको टोली स्वास्थ्यकर्मी र औषधि सहित शिबिर स्थल पुगेका थिए । शिबिरका लागि ११४ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको समाजले जनाएको छ ।

सहयोग उठाएर सञ्चालन गरिएको शिबिरमार्फत गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायतका चेकजाँचका साथै आवश्यक औषधि वितरण गरिएको डा. कोयीले बताए ।

‘आफ्नो गाउँ ठाउँलाई आफ्नो दक्षता अनुसारको सेवा गर्नुपर्छ । सबैले सकेको सहयोग गरे आफ्नो गाउँ ठाउँ बन्छ । यो हाम्रो कर्तव्य पनि हो,’ डा. कोयीले भने, ‘यस संस्थाको नेतृत्व लिएपछि खोटाङ्गे नागरिकलाई के सेवा गर्न सक्छु ? खोटाङलाई के दिन सक्छु भन्ने थियो । स्वास्थ्य शिबिर लगियो भने केही न केही सेवा दिन सकिन्छ भनेर यो कार्यक्रम गरिएको हो ।’ खोटाङ सेवा समाज बेलायतले शनिबार शुभम फाउण्डेसनमा कार्यक्रम गर्दै स्वास्थ्य शिबिर समापन गरेको छ ।

प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य शिबिरको प्रगतीका ’boutमा जानकारी दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी