जेबी दर्लामीले ल्याए उपन्यास मारीखोलाको ढुङ्गो

काठमाडौं । आख्यानकार जेबी दर्लामीले आफ्नो नयाँ उपन्यास ‘मारीखोलाको ढुंगो’ पाठकमाझ ल्याएका छन् । यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक प्रकाशित छन् ।

लेखक दर्लामीले सशस्त्र द्वन्द्वकालमा जन्मिएकी इभा काफ्लेलाई आफ्नो उपन्यास मारीखोलाको ढुंगो हस्तान्तरण गर्दै पुस्तक लोकार्पण गरेका छन् ।

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्व’bout आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति विमोचन कार्यक्रममा सुनाईन् ।

काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभा काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे–हुर्केको पुस्ताहरूको हो भन्ने कथन दर्लामीको रहेको छ । आफ्नो उपन्यास’bout नयाँ पुस्ताबाट मन्तव्य सुन्न पाउँदा दर्शकदीर्घामा बसेका लेखक दर्लामी आँसु पुछिरहेका थिए ।

‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकाल’bout कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन,’ पठन अनुभव सुनाउँदै ईभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने ? हामी कहाँबाट आयौँ ? अहिले कहाँ छौँ ? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ ।’

आमाबुवाको पढाइको सिलसिलामा बाल्यकाल देशबाहिर बिताएकी र स्वदेश फर्केपछि नेपाली बोल्दा शिक्षालयहरूमा कारबाही भोग्नुपर्ने समयमा हुर्केकी ईभाले विमोचन कार्यक्रममा भनिन्, ‘नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्यो, तर मलाई यो उपन्यासको मीठो भाषाले बोलायो, हात समातेर सँगसँगै डोर्यायो, हाम्रो देशको वास्तविक धड्कन सुनायो ।’

दुई दिन पहिले मात्र आफ्नो पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौँ आइपुगेका लेखक जेबी दर्लामीले पब्लिकेशन नेपालयको आरशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव सुनाए, ‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ ।’

अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले ‘मारीखोलाको ढुङ्गो’ उपन्यास लेख्दाको अनुभव बाँडे । ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ,’ लेखक जेबी दर्लामीले भने, ‘मैले केही भोगेको, केही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ ।’

१ सय ३४ पृष्ठको ‘मारीखोलाको ढुङ्गो’ पुस्तकको मूल्य ३ सय ४५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसलमा उपलब्ध छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी