बदला लिन होइन, बदलिन सिकौं

विश्वजगत्मा कुनै पनि समाज सामाजिक समस्यारहित हुँदैन । समाजको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक, सांस्कृतिकलगायतका समस्याहरूको चरित्र भने फरकफरक हुने गर्छन् । हाम्रो मुलुकको सन्दर्भमा आर्थिक अवस्थाबाट सिर्जित घटनाहरू व्याप्त छन् । लेनदेनकै कारण शत्रुता बढ्ने र अकालमा ज्यानसमेत गुमाएका समाचारहरू आउने गरेका छन् । आर्थिक मामिलाकै कारण आत्महत्याजस्ता घटनाहरू पनि हुने गरेका छन् । मिटर ब्याज, सहकारी ठगी, वित्तीय संस्थाहरूबाट सिर्जित समस्याहरू आर्थिक विषयसँग जोडिएका छन् । सम्पत्तिकै लागि दाजुभाइहरू बीचमा बेमेल, मुद्दा मामिलालगायतका घटनाहरू बढिरहेको तथ्यांकहरूले देखाउँछन् । वास्तवमा उल्लिखित समस्याहरू व्यक्तिको नियत, बेइमानी, स्वार्थ, लोभ, लालच, लोकलाजको कमीजस्ता मानवीय कमजोरीहरूका कारण घटिरहेका छन् । रिस, द्वेष, आवेग, उत्तेजना, बदलाको भावनाजस्ता दुर्गुणहरूले घटनाहरू भइरहेका छन् । त्यसैले, विवेकशील मानिसले बदला लिने होइन, आपूm बद्लिनुपर्छ ।

त्यसो त समाजमा असल आचरण भएका क्षमाशील मानिसहरूका पनि छन् । तथापि एक घर मुल्याहाले सय घर पिर्छ भनेझंै अहिले केही ठगी, तस्करी, हत्या, हिंसामा संलग्न मानिसहरूको संख्यामा वृद्घि भइरहेको तथ्यांकहरूले पुष्टि गर्छन् । समाजमा धन आर्जनका लागि अनैतिक काम गर्ने, कालोबजारी, तस्करी, ठगी, चोरी, भ्रष्टाचार गरी सम्पत्ति कमाउनेहरू बढ्दै गएको अवस्था छ ।

समाजमा नैतिक आचरण खस्कँदो छ । मानिसमा मपाइत्वको भावना बढेको पाइन्छ । परिवार होस् कि आफन्तजन, राजनीति होस कि अन्य क्षेत्र बदलाको भावनाले काम गरेको देखिन्छ । समाजमा तँ भन्दा म के कमको आडम्बर चुलिँदो छ । बदला लिने भावनाका कारण हत्या, हिंसा, झैझगडा, असमझदारी बढ्ने गरेको हो । नैतिकता, इमानदारिता, सद्विचार, सद्भाव वा सदाचारजस्ता मानवीय गुणहरू कमजोर हुँदा समाजमा अनेक प्रकारका समस्याहरू घट्ने गर्छन् ।

कुनै पद, पेसा वा स्थानमा रहेका व्यक्ति व्यक्तित्व बदनाम र विद्रुप हुनबाट डराउनुपर्छ

मुलुकमा सामाजिक समस्याहरू व्याप्त छन् । वालश्रम, बेरोजगारी, मानव तस्करी, छुवाछूत, लैंगिक विभेदलगायतका समस्याहरू यत्रतत्र छन् । यी र यस्ता समस्याहरूको सर्जक समाज हो । समाजका व्यक्ति तथा व्यक्तित्वहरू हुन् । अन्तरजातीय विवाह गर्दा ज्यान गुमाउनुपरेको पश्चिम रुकुमको घटना धेरै पुरानो भएको छैन । मुलुकमा लोकतन्त्र आयो । मुलुकको मूल कानुन, नीति र नियमहरूमा लिखित रूपमा उल्लिखित समस्याहरू छैनन् । तथापि, व्यवहारमा नेपाली समाज बदलिएको छैन । जबसम्म समाजका हरेक व्यक्तिमा नैतिक तथा सामाजिक चेतनाको स्तर अब्बल हुँदैन, त्यसबेलासम्म सामाजिक समस्याहरूले डेरा जमाएर बस्छन् । यस अर्थमा समाजको चिन्तन बदलिन जरुरी छ ।

अनुशासित, सभ्य, सक्षम, असल तथा कर्मशील नागरिकहरू उत्पादन गर्ने काम शिक्षाको हो । कस्तो शिक्षा प्रदान गरी कस्ता नागरिक तयार गर्ने भन्ने कुरा राज्यले तय गर्ने शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक र यसमा समावेश गरिएका विषयवस्तुहरूको सिकाइले निर्धारण गर्छ । शिक्षा जीवनोपयोगी व्यावहारिक तथा समयसापेक्ष हुन नसकेको विज्ञहरूको कथन छ, सामाजिक बुझाइ छ । वर्तमान शिक्षा प्रणालीबाट शिक्षित नागरिकहरूमा राष्ट्रभावभन्दा बढी, विदेश पलायनको चिन्तन, आपसी मेलमिलापभन्दा ज्यादा आत्मकेन्द्रित साेंच, स्वरोजगारी सीपभन्दा बढी परनिर्भरता र बहुजन हितायभन्दा बढी आफ्नो स्वार्थसिद्ध गर्ने आचरणको विकास भएको पाइन्छ ।

जबसम्म समाजमा अनुशासित, सभ्य, कर्मशील, राष्ट्रप्रेमी, उद्यमशील तथा इमानदार मानिसहरूको कमी रहन्छ, तबसम्म अनेक प्रकारका समस्या सिर्जना भइरहन्छन् । सभ्य, कर्मशील तथा इमानदार समाज निर्माणका लागि नागरिक शिक्षाको प्रशिक्षण आवश्यक हुन्छ । नागरिक शिक्षाले व्यक्ति वा समाजलाई आफ्नो अधिकार प्रयोग र कर्तव्यको बोध गर्न सिकाउँछ । समाजमा एकआपसमा मिलेर काम गर्न, आफ्ना विचारहरू अरूलाई सिकाउन र अरूका कुराहरू धैर्यपूर्वक सुन्नसक्ने क्षमताको विकास गर्न मद्दत गर्छ । यसका साथै नागरिक शिक्षाले प्रजातान्त्रिक आचरण तथा लोककल्याणकारी भावनाको विकास गराइदिन्छ । यस अर्थमा राज्यले विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा नागरिक शिक्षाको विषयवस्तुलाई समावेश गर्न आवश्यक ठानिन्छ ।

मुलुकको राजनीति विकास तथा सुशासनमैत्री हुन नसक्दा समाजमा विभिन्न प्रकारका समस्या उत्पन्न भएका छन् । राजनीतिक दलमा आपसी असमझदारी, वैमनस्य, बदलाको भावना, आलोचना, गालीगलोजको संस्कृति बढिरहेको देखिन्छ । राजनीति मुलुक र जनताका लागि उपयोग गर्नुको सट्टा पद, पैसा, आपसी खिचातानीमा उपयोग गरेकाले यसको प्रभाव समाजका अन्य क्षेत्रमा पनि परेको छ । जनतामा निराशा चुलिएको छ । युवापुस्ता बिदेसिएको छ । शैक्षिक, सामाजिक, आर्थिकलगायतका समस्या बढ्दै गएका छन् । राजनीतिक दृष्किोणबाट हेर्दा दलहरूको आत्मकेन्द्रित चिन्तन भत्कन जरुरी छ । कार्यशैली बिदलिन अनिवार्य छ ।

नेपाली समाजमा सांस्कृतिक रूपान्तरण समस्याका रूपमा रहेको देखिन्छ । परम्परागत चालचलन र अन्धविश्वासलाई समाजले बोकिरहेको छ । समाजमा विद्यमान कतिपय अन्धविश्वासका अभ्यासले जरा गाडेका छन् । समाजमा शैक्षिक चेतनाको वृद्घि हुँदै गए तापनि सांस्कृतिक रूपमा चलिआएका चलचलनहरूमा सुधार हुनसकेको छैन । छाउपडी प्रथा, घुम्टो प्रथा, देवकी प्रथा, झुमा प्रथा, धामी, झाँक्री, बोक्सी, दाइजोलगायतका चालचलनहरूले जरा जाडेर बस्नुको पछाडि समाजमा सांस्कृतिक रूपान्तरण हुन नसक्नु हो । समाज बदलिन नसक्नु हो । यसरी हेर्दा समाजको मानसिकता बदलिन आवश्यक ठानिन्छ ।

व्यक्तिमा बदलाभाव होइन, सदाचार, समझदारी, मानवता, लोकहित, सहनशिलताजस्ता सद्गुण हुनुपर्छ

समाजमा भौतिक विकासका आधारमा उत्पन्न समस्याहरू पनि व्याप्त छन् । भौतिक विकासअन्तर्गत विकासका पूर्वाधारहरूको विषय प्रमुख हुन आउँछ । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सञ्चारजस्ता विकासका पूर्वाधारहरूको अभावमा सिर्जित समस्याहरू दूरदराजका ग्रामीण बस्तीहरूमा व्यापक छ । काठमाडौंमा स्काई पुलहरू बनाइरहँदा कर्णालीलगायतका दुर्गम जिल्लाका बालबालिकाहरू विद्यालय जाँदा कम्मरमा झोला बाँधेर खोलामा पौडी खेलेर जानुपर्ने अवस्था समाचार बन्ने गरेको छ । यसरी हेर्दा आवश्यकताका आधारमा विकासका पूर्वाधार निर्माणका लागि राज्यले विकासका मोडल बदल्नुपर्छ ।

नेपाली समाजमा अनेक प्रकारका घटनाहरू घटिरहेका छन् । चोरी, डकैती, छल, कपट, हत्या, हिंसाहरू बढिरहेको प्रहरीको तथ्यांकले देखाउँछ । परिवारिक विखण्डन, सम्बन्धविच्छेदलगायतका घटनाहरू बढिरहेका छन् । यस वर्षको होली पर्वमा ललितपुरमा दुई जना युवाहरूको बदलाको भावनाका कारण ज्यान गयो । हत्याराहरू जेल पुगे । यी र यस्ता प्रकारका घटनाहरू बदलाको भावनाले घट्ने घटनाहरू बढेर गएका छन् । यसरी हेर्दा हरेक व्यक्तिमा सदाचार, आपसी समझदारी, मानवता, मानवीय व्यवहार, लोकहित, सहनशिलताजस्ता सत्गुणहरू अभ्यासमा देखिनुपर्छ ।

कुनै पनि पद, पेसा वा स्थानमा रहेका व्यक्ति एवं व्यक्तित्वहरू बदनामबाट डराउनुपर्छ । गौतम बुद्घले तिमी जे सोच्छौ, त्यही बन्छौ भनेका छन् । माहुरी भएर उड्न सकियो भने पूmलमा गएर बस्न सकिन्छ, सुगन्धित रसपान गर्न सकिन्छ, जम्मा गरेको पूmलको रसबाट मह बनाउन सकिन्छ । झिंगा भएर उडियो भने उसको गन्तन्व्य फोहोर हो । ऊ फोहोरमा गएर बस्छ । त्यो फोहोर आपूmले मात्र उपयोग गर्दैन, अरूलाई समेत रोग सार्छ । एउटा भिंmगाबाट सरेको रोगले समाजमा महामारी फैलिन सक्छ । त्यसैले, हामीले अरूको कुभलो होइन, भलो हुने काम गरांै ।

अन्त्यमा बदलाको भावनाले व्यक्ति, संघ, संस्था वा सिंगो मुलुकमा अशान्ति र बैमनस्यता बढाउँछ । बैमनस्यले हामीलाई फुटाउँछ, जुधाउँछ । सामाजिक जीवन द्वन्द्व, कलह, अशान्तिमा परिणत हुन्छ । आपसी मेलमिलाप खल्बलिन्छ । सामाजिक एकता भत्कन्छ । भाइ फुटे गवार लुटे भन्ने लोकोक्ति चरितार्थ हुन्छ । त्यसैले, हरेक व्यक्ति तथा व्यक्रित्वहरूले बदलाको भावना होइन, आपूm बदलिन सिकौं । सँगै बस्न, काम गर्न, अरूका भावनाको कदर गर्न र आपसी समझदारी बढाऔं । अपराध कार्यदेखि टाढा होआंै । वसुधैव कुटुम्बकम्को सिद्घान्त व्यवहारमा लागू गरांै ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन महानगरमा कांग्रेस उम्मेदवार