काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।
जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ घट्दै गएको र त्यसले समग्र पर्यापर्यटनमा ठूलो क्षति पुग्दै गएतर्फ सम्बन्धित निकाय गम्भीर हुन उनले सुझावसमेत दिएका छन् ।
साहित्यिक पत्रकार संघले बिहीबार बस्नेतलाई हिमडमरुको उपाधिसहित सम्मान गरेको थियो ।
हिमाली क्षेत्रमा लामो समयदेखि पदयात्रा गर्दै हिमाल, पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असर’bout पत्रकारिता क्षेत्रबाट विभिन्न अध्ययन गरेको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो ।
बस्नेतलाई हिमाली क्षेत्रको कठिन पदयात्रा गर्दै अध्ययन गरेको, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर’bout हिंडेरै तयार पारेको वृत्तचित्रसमेत निर्माण गरेको साथै हिमाल जोगाउन २५ वर्षदेखि योगदान गरेको भन्दै सम्मान गरिएको हो । उनलाई सम्मानपत्रमा हिमडमरुको उपाधि दिइएको छ ।
वरिष्ठ साहित्यकार रोचक घिमिरे, वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सगरमाथा आरोही तेम्बाछिरी शेर्पासहितले अध्यक्ष बस्नेतलाई दोसल्ला, माला र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
त्यसक्रममा अध्यक्ष बस्नेतले जलवायु, पर्यटन र पर्यावरण जोगाउने कुरा पृथ्वी बचाउने कुरा भएको भन्दै पृथ्वी बच्यो भने मात्रै हिमाल बाँच्ने र हामी बाच्ने उल्लेख गरे । उनले भने, ‘हिमाल बाँचे मात्रै, जल रहन्छ, पर्यापर्यटन क्षेत्र रहन्छ हिमाल हेर्न विदेशी आउँछन्, त्यसैले हामी हिमाल बचाउनतिर लागौं ।’
बस्नेतले समृद्धि सडक बनाउनु र भवन बनाउनु मात्रै होइन भन्दै देशको सम्पदा, भाषा, संस्कृति, रहनसहन, भेषभूषाको संरक्षण गर्नु पनि समृद्धि भएको उल्लेख गरे । ‘विश्वभरका मान्छे, नेपाल हेर्न, ताल हेर्न, जंगल र हिमाल हेर्न आएका छन् । तर, हामी विमानस्थलबाट ओर्लिने बित्तिकै माग्न थाल्छौं । हामीले हामीलाई चिन्न सकेका छैनौं भन्ने तथ्य हो यो, यस्तो प्रवृत्ति रोकिनुपर्ने र पत्रकारिता जगत्ले पनि यो कुरालाई गम्भीर ढंगले लिनुपर्छ,’ उनले भने ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै साहित्यकार रोचक घिमिरेले अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रमार्फत लामोसमयदेखि समृद्धिको पक्षमा काम गरेकोमा प्रशंसा गरे ।
संघका अध्यक्ष राधेश्याम लेकालीले भाषा, साहित्य, सम्पदा, संस्कृति जोगिए मात्र राष्ट्र समुन्नति हुने भएकाले पत्रकारिताको ध्यान त्यसतर्फ जानुपर्ने बताए ।
सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले हिमाली क्षेत्रमा बस्नेतको अध्ययन, रुचि’bout आफूले २४ वर्षदेखि सँगै रहेर काम गरेको अनुभव सुनाए । १४ वर्षको उमेरमा शेर्पाले पहिलोपटक सगरमाथा आरोहण यात्रा थाल्दा व्यवस्थापनको टोलीसहित पत्रकार बस्नेत आफैं सगरमाथा आधार शिविरतर्फ पुगेको त्यसक्रममा शेर्पाले सुनाएका थिए ।
अध्यक्ष बस्नेतले पत्रकारिताकै क्रममा सगरमाथा आधार शिविर क्षेत्र, अन्नपूर्ण, लांगटांगसहित पटकपटक स्थलगत पुगेको, जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेको असर’bout निरन्तर खोजी गरेको विषय अनुकरणीय भएको आरोही शेर्पाले सुनाएका थिए ।