अन्तरप्रदेश खेलकुद महिला फुटबलको उपाधि कोशीलाई

चितवन । अन्तरप्रदेश खेलकुद अन्तर्गत महिला फुटबलको उपाधि कोशी प्रदेशले उचाल्न सफल भएको छ। कोशीले सुदुरपश्चिमलाई २-० गोल अन्तरले हराउदै उपाधि चुम्न सफल भएको हो । शनिबार प्रदेश खेलकुद बिकास परिषद् ,बागमती प्रदेशको आयोजनामा भरतपुर-१९ बखान मिनी रंगशाला शारदानगर फुटबल मौदानमा भएको हो ।

खेलको १२ औं मिनेटमा कोशि प्रदेशका लागि जेनिफर राना मगरले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल रहिन् । आफ्नो टिमलाई जित पक्का गर्न खेलको ३८ औं मिनेटमा कोशी प्रदेशकै समिक्षा राना मगरले गोल गर्न सफल भइन्। खेलभर उत्कृष्ट प्रर्दशन गरेकी कोशी प्रदेशकी सिम्रन राई प्लेयर अफ दि म्यात्च चुनिन सफल रहिन्।

प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन संगै व्यक्तिगत ४ गोल समेत गरेकी कोशी प्रदेशकै खेलाडी सर्वोत्कृष्ट खेलाडी साथै सर्वो गोलकर्ता बिधागत पुरस्कारबाट सम्मानित भईन्।

बिधागत पुरस्कार तर्फ उत्कृष्ट डिफेण्डर कोशी प्रदेशकी कुश्मा राइ,उत्कृष्ट गोलरक्षक कोशी प्रदेशकै सुशिला केसि,उत्कृष्ट प्रशिक्षक कोशी प्रदेशका सुरेन्द्र तमाङ चुनिन सफल रहदा उत्कृष्ट मिड फिल्डर भने सुदुरपस्चिम प्रदेशकी बिर्सना चौधरी चुनिन सफल रहिन्।

प्रतियोगिताको उपाधी जित्न सफल कोशी प्रदेश,उपबिजेता सुदुरपश्चिम प्रदेशले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रहदा बिधागत तर्फका खेलाडिहरुले ट्रफी प्राप्त गर्न सफल रहे।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै