सडक बत्ती गुणस्तरीय नभएपछि उपमहानगरपालिकाले रोक्यो भुक्तानी

धनगढी । सम्झौताअनुसार सडक बत्ती जडान नगरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले ठेकेदार कम्पनीको भुक्तानी रोकेको छ । उपमहानगरपालिकाका विभिन्न सडकमा पहिलोपटक जडान गरिएका सडक बत्तीहरू प्रयोगशाला परीक्षणमा गुणस्तरहीन पाइएपछि दोस्रो पटक सडक बत्ती जडान गर्न लगाइएको थियो ।

तर, दोस्रो पटक जडान गरिएका सडक बत्तीसमेत गुणस्तरहीन रहेको प्रयोशाला परीक्षणमा देखिएको छ । धनगढी उपमहानगरपालिका र सडक बत्ती प्रवर्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ सम्झौताअनुसारको गुणस्तरीय नभएको पाइएपछि सम्बन्धित ठेकेदार कम्पनीको भुक्तानी रोक्नु परेको उपमहानगरपालिकाले दावी गरेको छ ।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक–हुलाकी सडकमा दोस्रो पटक समेत जडान गरिएका सडक बत्ती गुणस्तरहीन भएपछि नयाँ र गुणस्तरीय चिम जडान गर्न उपमहानगरपालिका कार्यालयले ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

उपमहानगरपालिका प्रमुख गोपाल हमालले भने– अहिले पनि क्याम्पस चोकको सडक वत्ती मधुरो छन् । त्यस्तै अवस्था भन्सार क्षेत्रमा जडान गरिएका सडक वत्तीको पनि छ । दोस्रो पटक पनि गुणस्तरीय बल्ब नलगाएपछि फेर्न भनेका छौ । धनगढीमा ‘उज्यालो धनगढी’ अभियानको दोस्रो चरण लागू छ । उपमहानगरपालिकाको लगानीमा उज्यालो धनगढी अभियान अघि बढाइएको छ ।

उपमहानगरपालिकाले ठेक्कापट्टामार्फत ७६ लाख रुपैयाँको लागतमा सडक बत्ती जडान गर्न सम्झौता गरेको छ । सम्झौता अनुसार ड्राइभ इलोक्टोनिक्सले चौराह–भन्सार रोड ६ लेन र हुलाकी राजमार्गको मिडियनमा ७६ वटा सडक वत्ती जडान गरेको थियो । तर, सबै सडक वत्ती गुणस्तरहीन भएको पाइएपछि २ महिनाभित्र अर्को जडान गर्न निर्देशन दिइएको छ ।

उपमहानगरपालिकाका इलेक्ट्रोनिकल इन्जिनियर किशनकुमार शाहले सडक वत्ती जडान गर्न २ महिनाको समय थप गरिएको जानकारी दिए । उनले भने, ‘पहिले कै ठेक्का सम्झौता अन्तर्गत नै चौराहदेखि भन्सार र क्याम्पस रोडको सडकमा जडान गरिएका बत्तीहरू फेर्न भनेका छौ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित