वातावरण र विकासको सम्बन्ध

पृथ्वीको कुनै पनि भागमा औसत मौसममा हुने महत्वपूर्ण परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । जुन, समयको अन्तरालमा पृथ्वीको वायुमण्डलको तापक्रम हावाको बहाव र वर्षातमा हुने घटबढका कारणबाट हुनेगर्छ । पृथ्वीको वायुमण्डल नाइट्रोजन अक्सिजन कार्बनडाइअक्साइडजस्ता ग्यास मिलेर बनेको हुन्छ । वायुमण्डमा यी सबै ग्यास निश्चित मात्रामा रहेका हुन्छन् । यीमध्ये कुनै ग्यासमा बढी तापक्रम सञ्चित गरेर राख्न सक्ने क्षमता हुन्छ भने कुनैको कम हुन्छ । यसकै कारण ती ग्यासको मात्रामा परिवर्तन आएमा वायुमण्डलमा रहेको ग्यासमा पनि परिवर्तन हुन्छ । वैज्ञानिक अध्ययनले वायुमण्डलमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने नाइट्रोजन मिथेन कार्बनमनोअक्साइडजस्ता ग्यासको मात्रा बढ्दै गएको देखाएको छ । जसले गर्दा पृथ्वीबाट अन्तरिक्षमा फिर्ता हुने विकिरणलाई अवरुद्ध गर्दछ, जुन अत्यन्तै हानिकारकसमेत हुन्छ ।

जलवायु परिर्तनको समस्या विशेषगरी विपन्न र विकासशील देशको प्रमुख समस्या भए पनि यो समस्या विश्वकै साझा समस्या बनेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले गर्दा पृथ्वीको धु्रवीय क्षेत्रको हिउ पग्लनेक्रम बढेको छ भने हिमालको हिउ पग्लने क्रमसमेत बढेको छ । जसका कारण तटीय क्षेत्रका मानिसलाई बाढी तथा डुबानको समस्या थपिएको छ । यसकै कारण पानीको सन्तुलन बिग्रन गई सबै प्राणीको जीवनमा नकारात्मक असर पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण तापक्रम ज्यादा भएको स्थानमा मात्र हुने झिगा लामखुट्टेजस्ता संक्रमण गर्ने किराहरू बाँच्न थालेका छन् । त्यसैगरी, हिमाली भेगमा पाइने जडिबुटी तथा वन्यजन्तु लोप हुने अवस्थाम पुगेका छन् ।

जलवायु परिवर्तनकै कारण समयभन्दा अगावै फूलहरू फुल्नु समयभन्दा अगाडि नै चराले चल्ला कोरल्नु जस्ता असर पनि देखिएका छन् । पृथ्वीमा बर्सेनि शून्य दशमलव ६ डिग्रीका दरले तापक्रममा वृद्धि भइरहेको तथ्यांकले देखाएको छ भने जलवायु परिवर्तनकै कारण नयाँनयाँ समस्या र रोग देखापरिरहेका छन् । समयमा वर्षा नहुने वर्षा ढिलो सुरु भएर चाँडै नै अन्त्य हुने समस्या बडेर गएको छ । यसैगरी, खडेरी पर्ने खण्डवृष्टि अनावृष्टि जस्ता समस्या पनि बढेको छ । यसले गर्दा उत्पादनमा नकारात्मक असर परेको छ । तटीय क्षेत्रमा रहेका आवासीय वा खेतीयोग्य जमिन कटान तथा बस्तीको डुबानले गर्दा तटीय क्षेत्रमा रहेका मानिसलाई त्रासपूर्ण वातावरण सिर्जना गराएको छ ।

हालको अवस्था आउनुका कारण नै मानवको अविवेकी व्यवहार र क्रियाकलाप हो । त्यसैले, यसको निराकरणको पहल पनि हामीबाटै हुनुपर्छ । पहिलो कलम त पेट्रोलियम पदार्थको प्रयोग कम गर्ने जसका कारण तापक्रम वृद्धि कम गर्न सकियोस्, यसका लागि विद्युतीय सवारीलाई जोड दिनुपर्छ जसका लागि सरकारले विशेष योजना निर्माण गरी विद्युतीय सवारी साधनको प्रयोग बढाउन सक्नुपर्छ । यसैगरी, कोइला उत्पादन कम गरी तापक्रम बढ्ने क्रमलाई रोक्न सकिन्छ । ऊर्जाको वैकल्पिक उपायको खोजी गरी वातावरणमैत्री बनाउने कार्यमा प्रभावकारी पहल गर्नुपर्छ । बोटबिरुवाले प्रकास सश्लेषण प्रक्रियाबाट वायुमण्डलमा भएको कार्बनडाइअक्साइड सानेसेर ठोस कार्बनमा रूपान्तरण गर्ने भएकाले संरक्षण गर्ने र नांगो जमिनमा वृक्षरोपण गरी वायुमण्डलमा कार्बनडाइअक्साइड ग्यासको मात्रा कम गराउनतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।

जलवायु परिवर्तनकै कारण समयभन्दा अगावै फूल फुल्ने र समयअगावै चराले चल्ला कोरल्न थालेका छन्

जलवायु परिवर्तन प्रत्यक्ष रूपले वातावरणसँग जोडिएको विषय भएकाले हामीले वातावरण स्वच्छ बनाउनेतर्फ विशेष ध्यान दिनु जरुरी देखिन्छ । आज हामी सिंगो जगत् नै विकासका नाममा विनाश गर्दै छौं । खासगरी औद्योगिक क्रान्तिपश्चात् विश्वबजार फराकिलो बन्यो । यसपछि नै विभिन्न उच्च प्रविधिको विकास र प्रयोग बढ्न थाल्यो । जनसंख्याको चापलाई समायोजन गर्नुपर्ने अवस्था आयो । जनसंख्याको वृद्धिले गर्दा अव्यवस्थित बसोबासको सुरु भयो । यस अवस्थामा प्राकृतिक स्रोत तथा साधनमा अत्यधिक शोषण हुन पुग्यो । नयाँनयाँ वैज्ञानिक आविष्कारले गर्दा प्रकृतिमाथि धावा बोल्न सक्ने साधन बन्यो । अणुपरमाणुको विकासले युद्ध र विनाशहरू भए ।

मानव जीवन असुरक्षित बन्न पुग्यो । रेडियो विकिरण र ओजोन तहको समस्या देखिन थाल्यो । औद्योगिकीकरणबाट सहरीकरण र सहरी व्यवस्थापनमा ठूला समस्याहरू आए । यसले फोहर दुर्गन्ध भयावह रोग सामाजिक अस्तव्यस्तता सिर्जना भए । यो क्रम वर्तमानमा झन् व्यापक बनिरहेको छ । यस अवस्थामा प्राकृतिक स्रोत र साधनको उपयोगमा जति मानव समाजलाई फाइदा पुगेको छ त्यसभन्दा बढी त्यसबाट भत्किएका आर्थिक संरचना र सामाजिक संरचनाको सुदृढीकरणमा पुनः ठूलो लगानी गर्नुपरेको छ । औद्योगिक समाज र त्यसअनुरूपको उत्पादन प्रणालीमा वातावरण विनाशको उच्च सम्भावना रहन्छ । यसै सन्दर्भमा विगत ५० वर्षदेखि वातावरण विनाशका कार्यहरू औद्योगिक देशमा प्राकृतिक स्रोतको अधिकतम शोषणबाट भए भने गरिब देशमा गरिबी काम कारण प्रकृतिमाथि परेको निर्भरताले गर्दा प्रायः धेरथोर मात्रामा विश्वका सबै देशमा वातावरण विनाशका लागि कार्यहरू भए ।

कुनै पनि देशको समग्र विकासका लागि प्राकृतिक स्रोत र साधनको उपलब्धता र तिनको सही रूपले उपयोग ज्यादा महत्वपूर्ण विषय हुन जान्छ । वातावरण विनाश भएमा युगांैदेखि मानवले तयार पारेको आर्थिक र सामाजिक संरचना नष्ट हुन सक्छन् । वातावरण विनाशले मानवीय जीवन बढी अस्वस्थ असुरक्षित र अभावमा गुज्रनुपर्ने हुन्छ । वर्तमान समाजको असावधानीले भावी पुस्ताको जीवनमा समेत प्रतिकूल प्रभाव पार्ने भएकाले वर्तमानमा विकास कार्य गर्दा त्यसबाट उत्पन्न हुने वातावरणीय प्रभावलाई गहिरो विश्लेषण गर्नुपर्छ । कतिपय स्रोतको पुनः उपयोग गर्न सकिँदैन । यसतर्फ सन्तुलित प्रयोगको नीति अवलम्बन गर्नुपर्छ । विकासकै लागि भनेर गरिएका विभिन्न क्रियाकलापले समाजिक प्रतिकूलता उत्पन्न भएमा त्यसबाट विनाश हुन सक्छ । थोरै असावधानी र हेलचेत्र्mयाइबाट गरिएका विकास कार्यको नकारात्मक प्रभाव रोक्न ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

त्यसकारण स्रोत र साधनको समुचित प्रयोगले मात्र विकास वा दिगो र मानव केन्द्रित विकास गर्न सकिन्छ । दिगो विकासको अवधारणा सन् २०८० को दशकदेखि सुरु भए पनि नेपालमा भने सन् २०९० देखि मात्र थालनी भएको हो । दिगो विकासको मान्यता भनेको वातावरण नबिगारी विकास कार्य गर्नु रहेको छ । विकासका नाममा स्थापित उद्योग, उत्पादन बढाउन प्रयोग गरिएका साधनलगायतका प्रत्येक कार्यको वातावरणीय प्रभाव परीक्षण गर्नुपर्छ । विकास र वातावरणका सन्दर्भमा चर्चा गर्दा विविध पर्यावरणीय सरचनालाई राम्रोसँग उपयोग गर्न सक्ने हो भने उत्पादनमा व्यापक मात्रामा वृद्धि गर्न सकिन्छ । पर्यावरणीय अथवा वातावरणीय विविधतालाई सम्भावनाका आधारमा उत्पादन कार्य गर्दा माटोको गुणस्तर घट्दैन । साथै, आवश्यक वनजन्य एवं फसलजन्य सबै सामग्री प्राप्त गर्न सकिन्छ । यसबाट कालान्तरमा गरिबी घटी गरिबीका कारण उत्पन्न वातावरणीय विनाशको स्थितिलाई रोक्न सकिन्छ ।

विकास निर्र्माण कार्य सञ्चालन गर्दा सम्बन्धित स्थानको भौगोलिक, सामाजिक र सांस्कृतिक अवस्थिति’bout पूर्णजानकारी लिनुपर्छ

जैविक विविधताको संरक्षण गरी वातावरणमा अनुकूल स्थिति सिर्जना गर्न सकिन्छ । यस्तै सामाजिक सांस्कृतिक विविधतालाई पनि विकास कार्यमा सम्बन्धित गराएर हेर्न सके थोरै स्रोत र साधनबाट बढी विकास गर्न सकिन्छ । वर्तमानमा सञ्चालन गरिएका विकास निर्माण कार्यले दिने उपलब्धिभन्दा त्यसले बढी नोक्सानी भयो भने यसले विकास होइन विनाश गर्छ । सही विकास कार्य हुन नसके तिनमा जनसम्लग्नता रहन सक्दैन । जनसहभागिता नभएको विकास आफंैमा अविकासको सिर्जना हो । ठुलै लगानी गरिए पनि कालान्तरमा त्यसको प्रतिफल न्यून हुन्छ ।

विकास कार्यलाई बहुपक्षीय विश्लेषणबाट मात्र सञ्चालन गर्नुपर्छ । विकास निर्र्माण कार्य सञ्चालन गर्दा सम्बन्धित स्थानको भौगोलिक, सामाजिक र सांस्कृतिक अवस्थिति’bout पूर्णजानकारी लिनुपर्छ । प्रकृति र मानव, मानव विकासबीच सम्बन्धलाई प्रस्ट बनाउन नागरिकस्तर र राष्ट्रिय स्तरसम्म विविध कार्यक्रम सञ्चालन गर्नुपर्छ । जलवायु परिवर्तनका सन्दर्भमा सन् २०२३ को अन्त्यतिर कोप–२८ नामक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । जसमा नेपालका प्रधानमन्त्री प्रचण्डको सहभागिता रहेको थियो । सो सम्मेलनमा विश्वका ठूला र औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन ज्यादा मात्रामा गर्ने भएकाले विपन्न राष्ट्रलाई सम्पन्न राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने विषय गम्भीरताका साथ उठाइएको थियो । जसमा सबै सहभागी देशहरू सहमत पनि भएका छन् जुन ज्यादै सकारात्मक पक्ष पनि हो । विकसित देशको क्रियाकलापले अल्पविकसित देशमा परेको असर कम गर्न पनि विभिन्न उपायहरू सुझाइएको थियो ।

जलवायु परिवर्तनको असर’bout विश्वको ध्यान आकृष्ट गर्न २०६७ सालमा तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक राखेको थियो । जलवायुलाई साविकको अवस्थामा ल्याउन वा यसको असर कम यसका लागि लामो समय लाग्छ । एक देशको प्रयासले मात्र सम्भव नहुने भएकाले सिंगो विश्व नै प्रतिवद्धताका साथ प्रभावकारी रूपले अगाडि बढ्नुपर्छ । वायुमण्डल प्राणीका लागि सहज नबनेसम्म जलवायु परिवर्तनले स्थायी रूपमा जनजीवनमा पार्ने नकारात्मक असर न्यून गर्ने उपायहरू पनि साथै लैजानुपर्छ ।

हामीले जलवायु परिवर्तनको असर कम गर्न पेट्रोलियम पदार्थको प्रयोगमा कमी ल्याउँदै जानुपर्छ भने वनजंगल संरक्षण गरी वातावरण स्वच्छ बनाउने कार्यमा विशेष पहल गर्नुपर्छ । विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिने र सौर्य ऊर्जा तथा वायु ऊर्जामा पनि प्रभावकारी ढंगले कार्य सम्पादनका लागि अगाडि बढ्नुपर्ने खाँचो रहेको देखिन्छ । यसका लागि स्थानीयस्तरमा नै परिस्थितिअनुसार अल्पकालीन र दीर्घकालीन रणनीति तथा योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । तब मात्र जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित