कञ्चनपुरको पश्चिमी नाका ३ दिनका लागि बन्द

महेन्द्रनगर । कञ्चनपुरका पश्चिमी सीमा नाकाहरू गड्डाचौकी र ब्रह्मदेव तीन दिन बन्द रहने छ । बैशाख ०४ गते बेलुकी ५ः१५ बजेदेखि बैशाख ०७ गते मतदान समाप्ति हुँदासम्म कञ्चनपुरका पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । छिमेकी राष्ट्र भारतमा लोकसभा निर्वाचनका लागि सीमा बन्द गरिएको हो । जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान यही बैशाख ०७ गते अर्थात् १९ अप्रिलका दिन हुँदैछ ।

नेपाल–भारत सीमा नाकाहरू अत्यावश्यक स्वास्थ्य सेवा (मेडिकल इमरजेन्सी) बाहेक पूर्ण रूपमा बन्द रहने भनी जिल्ला मजिष्ट्रेट, चम्पावत, भारतको पत्र मार्फत जानकारी प्राप्त भएको हुँदा उल्लेखित अवधिभर चम्पावत जिल्लासँग जोडिएका ती दुवै नाकाहरू बन्द रहने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज