पुरानोकोट–गाउँशहर–बेसीशहर क्षेत्रमा हाइकिङ र साईक्लिङ

लमजुङ । ग्रामीण पर्यटनको हव बनिरहेको लमजुङमा पर्यटनको थप प्रवद्र्धनका लागि पुरानोकोट– गाउँशहर– बेसीशहर क्षेत्रमा हाइकिङ र साईक्लिङ गरिएको छ । आठौं लमजुङ महोत्सव, चैतेदशैं मेला एवम् धार्मिक उत्सवका अवसरमा हाइकिङ (पदयात्रा), साईक्लिङ र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ऐतिहासिक महत्वको लमजुङ दरबारदेखि पुरानोकोट गढी स्तुपासम्म हाइकिङ, साईक्लिङ र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

चैतेदशैं मेला एवं धार्मिक उत्सव समारोह समिति अन्तर्गत पर्यटन प्रवद्र्धन उपसमितिको आयोजना, लायन्स क्लव अफ लमजुङ बेसीशहर र लायन्स क्लव अफ लमजुङ दरबारको सहकार्यमा सो कार्यक्रम गरिएको हो । सो अवसरमा स्थानीय बासिन्दा, लायन्स क्लवमा आवद्ध पदाधिकारी, सदस्य र अन्य पर्यटकहरू दरबार परिसरमा सहभागी भएर हाइकिङ गरिएको पर्यटन प्रवद्र्धन उपसिमितिका संयोजक देवबहादुर गुरुङले बताए । उनका अनुसार करिब डेढ घण्टाको सो यात्रामा स्वेच्छिक पदयात्रीको समेत सहभागिता थियो ।

उनले भने, ‘ऐतिहासिक गढी क्षेत्र र स्तुपा पुगेर पदयात्री विच शुभकामना आदानप्रदान गर्नुका साथै राजारानी दरबारका भग्नावशेष, स्तुपा, चण्डीथान, जलदेवीथान अवलोकन, लालीगुराँसको जंगल घुमफिर र वरीपरीका मनोरम् दृश्यावलोकन गरिएको लायन्स क्लव अफ लमजुङ बेसीशहरका संस्थापक अध्यक्ष सुरेशकुमार प्रधानले बताए । उनका अनुसार गाउँशहर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो । साथै लमजुङ महोत्सवको समेत यस अवसरमा उपयोग गरिएको उनले जानकारी दिए ।

सो अवसरमा लमजुङ साईक्लिङ संघले पुरानोकोट गढी स्तुपाबाट बेसीशहरसम्म सामुहिक साईक्लिङ गरिएको छ । आठौं लमजुङ महोत्सवका अवसरमा जिल्लाको पर्यटन प्रवर्द्धन गर्नुका साथै साईक्लिङ संभावना उजागर गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको साईक्लिङ संघका संयोजक ध्रुवराम प्रधानले बताए । उनका अनुसार ऐतिहासिक गढीक्षेत्र, स्तुपा घुमफिर सँगै साईक्लिङ गरेर काउलेपानी होमस्टे, मन्दिर, लमजुङ दरबार, चण्डीथान, दनाई गाउँ, बाहुनबेसी हुँदै बेसीशहरको सहजी खेलमैदानमा सञ्चालित लमजुङ महोत्सव स्थलसम्म साईक्लिङ गरिएको थियो । महोत्सव स्थलमा उनीहरूलाई महोत्सव स्थलमा लमजुङ उद्योग बाणिज्य संघका पदाधिकारीले स्वागत गरेका थिए । काउलेपानी स्थित होमस्टे तथा पर्यटन समिति र लायन्स क्लवका पदाधिकारीले स्वागत गरेका थिए ।

साईकल यात्रीहरूमा ११ बर्षे दक्ष गुरुङ देखि ५८ वर्षसम्मका २४ जना यात्रीले साईक्लिङ गरेको मूल आयोजक समितिका संयोजक अर्जुन श्रेष्ठले बताए । उनका अनुसार साईक्लिङ गरिएको रुटको दुरी ७.५ किमि रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल