हेमराजको प्रहरीमा उजुरीपछि दीपकराजले दिए चुनौती

काठमाडौं । निर्देशक विसीले चलचित्र छक्का पञ्जा ४ को निर्माण कम्पनी आमा सरस्वती मुभिज (दीपकराज गिरी समूहको ब्यानर)विरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका छन् । यतिबेला अमेरिकामा रहेको विसीले इमेल मार्फत उजुरी दर्ता गराएका हुन् ।

चलचित्र रिलिज भएको १४ महिनापछि निर्देशक हेमराजले इमेल मार्फत प्रहरीमा यतिबेला उजुरी हालेका हुन् । सो उजुरी पछि प्रहरीले छक्का पञ्जा ४ टिमलाई बोलाएर सोधपुछ गरेको छ ।

विसीले उजुरीमा आफुले चलचित्र छक्का पञ्जा ४ निर्देशनबापत पाउनुपर्ने २५ प्रतिशत सेयर नपाएको दाबी गरेका छन् । सेयरबापतको रकम प्राप्त गरीपाउँ भनेर इमेलमार्फत् प्रहरीसँग उजुरीमा अपिल गरेका हुन् ।

हेमराजको कुरा मान्न चलचित्र छक्का पञ्जा ४ का निर्माता दीपकराज गिरी तयार छैनन् । उनले हेमराजको शेयर सो चलचित्रमा करिब १२ प्रतिशत मात्र हुन आउने बताएका छन् । दीपकराजको भनाईमा हेमराजले छक्का पञ्जा ४ बाट ६५ लाख रुपैयाँ लिईसकेका छन् । त्यो पैसा हेमराजले फिल्मबाट पाउने शेयर भन्दा बढी भएको दीपकराजको भनाई छ ।

निर्माता दीपकराजले यो विषयमा वार्ता गर्न हेमराजलाई नेपाल नै आउन चुनौती दिएका छन् । साथै २५ प्रतिसत शेयर दिने सम्झौता भएको पत्र देखाउन पनि दीपकरजाले चुनौती दिएका छन् ।

आफ्नो चलचित्र निर्माणको क्रममा हेमराजले विगारेको र पछि आफुहरुले पुन छायाँकन गरेर फिल्म राम्रो बनाएको पनि दीपकराजको दाबी छ,‘हामीले यो ’boutमा सोमबार नै प्रहरीलाई प्रष्ट पारिसकेका छौं । नेपाली फिल्मको इतिहाँसमै हामीले निर्देशकलाई सबैभन्दा बढी अर्थात ६५ लाख रुपैयाँ पारिश्रमिक दिँदा पनि उहाँले हामी बिरुद्ध प्रहरीमा उजुरी गर्नु भनेकै हामीलाई नियोजित रुपमा बदनाम गर्न खोज्नु हो ।’ २५ प्रतिसत शेयर दिने भनेर हेमराजसँग कहिल्यै कुरा नभएको पनि उनले बताए ।

चलचित्र छक्का पञ्जा ४ माथि लागेको आरोप यसका अर्का निर्माता निर्मल शर्माले प्रहरीलाई प्रष्ट पारिसकेका छन् । निर्देशक हेमराजसँग कुनै लिखित सम्झौता नभएको र मौखिक रुपमै भएको सहमती भन्दा पनि बढी पैसा दिईसकेको पनि दीपकराज गिरीले राजधानीलाई बताए । हेमराजको निर्देशनमा अर्को चलचित्र बनाउने भनिए पनि अब उनीसँग काम नगर्ने पनि दीपकराजले बताए ।

निर्देशक हेमराज ‘छक्का पञ्जा ४’ रिलिजको केही समयपछि अमेरिका गएका हुन् । उनी अमेरिकामा भएकाले यो विषयमा कुरागर्न उनीसँग सम्पर्क हुन सकेन ।

तपाइको प्रतिक्रिया
(Visited 662 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी