ब्युटिसियन ट्यालेन्टको फाइनलमा २१ जना छानिए

काठमाडौं । ‘छैटौं एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२४’ को फाईनलका लागि २१ जना ब्युटिसियन छानिएका छन् । दुई चरणका अडिसनबाट यी प्रतियोगीहरु छानिएका हुन् ।

बिगत ६ वर्षदेखि आयोजना हुँदै आएका यो प्रतियोगिताको फाईनल आगामी २५ बैशाखमा नाचघरमा हुने भएको छ । प्रतियोगिताको लागि गत साता पहिलो अडिसनबाट १३ जना चयन भएका थिए भने बुधबारसम्पन्न दोश्रो अडिसनबाट पुन ८ जना छनिएका हुन् ।

दोश्रो अडिसनबाट पाल्पाकी लक्ष्मी पौडेल, काठमाडौंका जेस्मी श्रेष्ठ, सविना शाही, अम्बिका खत्री, हिसिला महर्जन, ललितपुरका सविना महर्जन, चिनु कुँवर बस्नेत, सञ्जु तामाङ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ सिजन ६ को लागिथ चयन भएका हुन् । प्रतियोगितामा यस अघि १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा सृजना श्रेष्ठ, निशा थापा, रितु राना (रिता), रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठरहेका थिए ।

रोज ब्युटी एकेडेमी रविभवनमा नेपाल नेशलन हस्पिटलका अध्यक्ष डा. प्रकाश पौडेलका प्रमुख आतिथ्यतामा दोश्रो अडिसन सम्पन्न भएको हो । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.को सँयुक्त रुपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा एकेडेमीकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन सोनी कारँजितले कार्यक्रममा बोल्दै व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् ।

दोश्रो अडिसनमा बोल्दै डा. प्रकाश पौडेलले ब्युटिसियन आफैंमा सौन्दर्यको चिकित्सक हुने भने । नयाँ प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनले यो प्रतियोगिताले ब्युटिसियनहरुलाई सेलिब्रेटीको रुपमा स्थापित गर्दै आएको बताए ।

छैटौं सिजनको यो दोश्रो अडिसनको निर्णायकहरुमा ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ३ की बिजेता लिना डँगोल, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजित, लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी सर्कलकी अध्यक्ष सुनकुमारी श्रेष्ठ, ब्युटिसियन सकुन्तला अवाले रहेका थिए । यो प्रतियोगिताको अफिसियल कोरियोग्राफरमा जयन सुब्बा मानन्धर रहेकी छिन् ।

यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २५ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । प्रशिक्षण भने १० बैशाखबाट सुरु हुने भएको छ । प्रतियोगिताको बिजेताले ५० हजार रुपैयाँ सहित विभिन्न उपहार र विभिन्न अबसर पनि प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?