अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

संखुवासभा । संखुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीमा बन्द भएको फेरी सञ्चालनमा आएको छ । अरुण नदीमा ४ बर्ष अघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिए पछि भोजपुरको उत्तरी क्षेत्रमा १५ दिन देखि यातायता सेवा अवरुद्ध भएको थियो । गत चैत १६ गते गाडी तार्ने फेरीको लठ्ठामा समस्या देखिए अरुण नदीमा बन्द भएको थियो ।

लठ्ठा घुमाउने पुल्लि खिएर जानुका साथै त्यसले लठ्ठाका तारमा समेत समस्या देखिए पछि अरुण नदीमा फेरी बन्द गरिएको थियो । काठमाडौंबाट आएको प्राविधिक टोलिको प्रयासपछि बैशाख ६ गतेबाट फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन चापागाईंले बताए ।

फेरी मर्मत पछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरिका सवारीसाधन आज दिउँसो देखि सञ्चालनमा आएको प्रमुख प्रशासकिय अधिकृत चापागाईंले बताए । अरुण नदीको सतिघाट अरुण नदीमा फेरी सञ्चालन भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजार भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । तत्कालका लागि ठुला तथा मालवाहक सवारी साधन ओसारपसारमा भने रोक लगाइएको छ ।

नदी किनारका बालुवा नहटाउँदा सम्म ठुला मालवाहक सवारी साधन ओसारपसारमा भने केही कठिनाइ हुने र त्यसको पनि तत्काल समाधान निकाल्न ठेकदारलाई निर्देशन भइसकेको प्रमुख प्रशासकिय अधिकृत चापागाईंले बताए । गत १६ गते यता भोजपुरको उत्तरी क्षेत्रका विकास निर्माणका काम पुर्ण रुपमा अवरुद्ध भएका छन् । फेरी सञ्चालन भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिच्छो गाउँपालिका तर्फ यातायात सेवा सुचारु भएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । उक्त फेरीले एकै पटकमा चार वटासम्म सवारी साधन तार्ने गरेको थियो । संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख रुपैया लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक १ सय वटा जति सानाठूला सवारीसाधन आवतजावत गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी