तत्काल जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माग गर्दै ध्यानाकर्षणपत्र

राजविराज । नक्शा सहित भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि प्रतिवेदन बुझाई सक्दा पनि जग्गा कित्ताकाट प्रकृया सुरु गर्न ढिलाई भएको भन्दै विहीवार भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको अगुवाईमा दुबै कार्यालयका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

भू–उपयोग (पहिलो संसोशधन) नियमावली २०८० मा भू–उपयोग क्षेत्र तथा विवरण अधावधिक गर्नूृ पर्ने ब्यवस्था छ । यस्तै सोही ऐनमा सो मध्ये कुनै एक भु–उपयोग क्षेत्रको नक्शा वा विवरण अधावधिक गर्न बाँकि रहेता पनि वर्गीकरण भएको क्षेत्रमा यस नियमावलीको अधिनमा रही कित्ताकाट गर्न सकिने उल्लेख छ । तर सो अनुसारको प्रकृया अघि बढाउन नापी र भूमिसुधार तथा मालपोत कार्यालयले ढिलाई गरे पछि ध्यानाकर्षण पत्र बुझाइएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए ।

उनले गाँउपालिका भित्र रहेको स्थानीयको आवश्यक्ता, नापी विभागबाट प्राप्त विवरण तथा भु–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि मापदण्ड २०८० लाई आधार लिई गाउँकार्य पालिकाबाट समेत निर्णय गरीएको पत्र सहित तत्काल कित्ताकाट सूरु गर्न ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।

उनले गाउँपालिका क्षेत्र भित्रका कृषि, आवसिय, व्यवसायीक, औधोगिक, खानी तथा खनीज, वन, नदी, खोला, ताल, सिमसार, पुरातात्विक महत्व लगायतका क्षेत्रको परार्मशदाता कम्पनी वियोङ्ग इमाजिलेशन कन्सट्रक्सन प्रा.लि.को सहयोगमा वर्गीकरण कार्य सकिएको र सोको प्रतिवेदन समेत बुझाएको लामो समय वितिसक्दा पनि जग्गा कित्ताकाट प्रकृया सूरु न हुदा समस्या भएको बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै सम्बन्धित कार्यालयका प्रमुखहरुले भू–उपयोग नियमावलीको परिधिमा रही छिट्टै जग्गा कित्ताकाट प्रकृया सूरु गर्ने आश्वासन दिएको रुपनी गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई