रित्तिँदै र विषाक्त हुँदै जलभण्डार

स्वच्छ जल वाष्पीकरण चक्रबाट प्राप्त हुने जल हो । यो जल मुहान, जरुवा, हिमाल, जमिनको सतहमुनि पाइन्छ । यो जलीय चक्रका आधारमा नवीकृत भई नै रहन्छ । पृथ्वीको बाहिरी सतहमा अझैसम्म स्वच्छ जलको ठूलो भण्डार रहेको छ । तथापि, २१औं शताब्दीमा कहालीलाग्दो जनसंख्या वृद्धिले यो भण्डार रित्तिने र मासिने प्रक्रिया जारी छ ।

स्वच्छ जलका लागि परिभरणको प्रक्रिया छैन । एकोहोरो दोहन मात्र जारी छ । सहरीकरण र औद्योगिकीकरणले त जलभण्डारको सातो लिन थालिसकेको छ । पहिलो त यी दुवैले अत्यधिक उपभोग गरिरहेका छन् पानीको † दोस्रो पानी अथाह र असीमित रूपमा फोहर र विशाक्त पानी पारिरहेको छ । त्यसैले, स्वच्छ पानीको माग अकासिन पुगेको छ ।

नियमिततामा बाँचेको संसार सन् १९५० पछि पानीको अभावतिर धकेलिइरहेको छ । पानीको प्रयोग र माग पहिलेको तुलनामा तेब्बर बढी छ । भनिन्छ पानीको प्रयोग ५० प्रतिशतले बढेको छ । विश्वका पानी उपभोक्ता भनेको सबै जीव तथा वनस्पति हुन् । त्यसमा पनि स्वच्छ पानीको उपभोक्ता मानिस अरू प्राणी र वनस्पतिभन्दा बढी हो ।

पानी प्रकृति प्रदत्त साझा वस्तु हो तथापि यसको उपभोगमा अनियमितता र विविधता छ । जलभण्डारको सदुपयोग वा दुरुपयोग तथा माग र आपूर्तिको लडाइँ विश्वव्यापी छ । तर, स्वच्छ जल संरक्षणका क्रियाकलाप कहीं र कतै पनि देखिँदैनन् । पानी सकिने र विषाक्त हुने प्रक्रियाले विश्वको जनसंख्या अबका दिनमा काकाकुल हुने निश्चित छ ।

मानवजातिलाई आवश्यक पर्ने स्वच्छ पानीको प्रमुख स्रोतका रूपमा नदी तथा ताल रहेका छन् । समुद्र विषाक्त बनिरहेको छ । सामुद्रिक प्राणी मरिरहेका छन् । विश्वका नदीमा बगिरहने २ हजार घनकिलोमिटर स्वच्छ पानी अबका दिनमा अपुग हुँदै छ । प्राकृतिक वातावरणको ह्रासले पानी आपूर्तिमा दीर्घकालीन असर पारिरहेको छ । औद्योगिक तथा वातावरणीय प्रदूषणले मौसमलाई असर पारिरहेको छ । वैश्विक तापमान बढिरहेको छ । हिमशृंखला पग्लेर सकिन थालेको छ ।

संयुतm राष्ट्र संघीय विकास कार्यक्रमले प्रकाशित गरेको प्रतिवेदनमा मानिसमा लाग्ने ८० प्रतिशत सामान्य रोग फोहर पानीकै कारण हुने गरेका छन् । नेपालमा पनि जलस्रोत भण्डारमा गर्व गर्ने भए तापनि खानेपानीको स्थिति दिनहँु खँस्किँदै छ । तर, अविरल बगिरहेको सेतो सुनलाई देशको आर्थिक बरदानका रूपमा परिणत गर्न आजसम्म सकिएको छैन । यस देशको संवृद्धिको खाँचोका रूपमा रहेको जलस्रोतलाई कसरी विकसित एवं परिचालित गर्ने भन्ने कुरा आज चिन्ताको विषय रहिआएको छ ।

उपत्यकामा दैनिक करिब ४३ करोड लिटर खानेपानीको माग भए तापनि दैनिक हिउँदमा १० करोड लिटर र वर्षातमा १५ करोड लिटर मात्र पानी आपूर्ति हुँदै आएको छ । यसरी उपलव्ध गरिएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन