नेकपाका ७४ वर्ष र समाजवादी क्रान्ति

मुलुकमा जहानियाँ सामन्ती राणा शासनको दबदबा भएको बेला सामन्ती शासनको अन्त्य गरेर गणतन्त्रात्मक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ पुष्पलालको अगुवाइमा २२ अप्रिल , लेनिन जयन्तीको अवसर पारेर ९ वैशाख, २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियोे । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि सुरुवात भएको कम्युनिस्ट आन्दोलनले ७४ वर्ष व्यतीत गरेको छ ।

यो कालखण्डमा नेपाली समाजमा विकास भएको चेतनाको जगमा द्वन्द्वात्मक भौतिकवादी एवं माक्र्सवादी विचारले समाजका बहुसंख्यक मानिसलाई समेट्दै लगेको छ । कुल मतदातामध्ये झन्डै ६० प्रतिशत जनता कम्युनिस्ट पार्टीका नीति, विचार, कार्यक्रमबाट आकर्षित भएर निर्वाचनमा वामपन्थी उम्मेदवारलाई मत दिएका छन्, अर्थात् झन्डै ६० प्रतिशत जनमत बामपन्थीको पक्षमा रहेको निर्वाचनको परिणामले देखाएको छ । सुरुवातमा ५ जनाबाट स्थापना भएको कम्युनिस्ट पार्टी आज विभिन्न समूहमा विभाजित भएको छ, यसरी हेर्दा आज लाखौंलाख मानिस कम्युनिस्ट पार्टीमा आबद्ध छन् । यसका साथै कम्युनिस्ट पार्टी वरिपरि युवा, महिला, किसान, मजदुर, श्रमिक, बुद्धिजीवीलगायतका पेसागत संगठन र ट्रेड युनियनमा पनि लाखौंलाख मानिस संगठित छन् ।

कम्युनिस्ट पार्टीभित्र नेतृत्वमा पहिलो महाधिवेशनदेखि नै दक्षिणपन्थी रुझान देखापरेको थियो । दोस्रो महाधिवेशनमा राजापरस्त केशरजंग रायमाझी नेतृत्व नै हत्याउन सफल भए । त्यसपछि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी एवं आत्मसमर्पणवादी चिन्तन तथा प्रवृत्ति बढ्दै गए । यस्ता प्रवृत्तिलाई परास्त गर्दै २०३० सालको दशकमा कम्युनिस्ट आन्दोलन गठन पुनर्गठनको प्रक्रियाबाट अगाडि बढ्यो ।

२०४० सालको दशकमा नेपालको कम्युनिस्ट आन्दोलनले पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । २०४७ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना लगत्तै भएको आमनिर्वाचनमा वामपन्थीको संसदमा सशक्त प्रतिपक्षीका रूपमा उपस्थिति भयो । २०५१ सालमा त पहिलोपटक वामपन्थीको एकल नेतृत्वमा सरकार गठन भयो ।

वर्तमान नेपाली समाजमा विकसित चेतनालाई माक्सवादी विचारले समेट्दै र अगुवाइ गर्दै लगिरहेको छ

२०५० सालको दशक देखिन कम्युनिस्ट आन्दोलनमा माओवादी पार्टीको नेतृत्वमा सुरुवात भएको सशस्त्र द्वन्द्वमा १७ हजार मानिस मारिए । अर्बांैअरब रकमबराबरको विकासका पूर्वाधारको क्षति भयो । एक दशक लामो सशस्त्र द्वन्द पछाडि फेरि शान्तिपूर्ण तवरबाट सामन्ती राजतन्त्रविरुद्ध बामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर संयुक्त जनआन्दोलनको सुरुवात भयो । यो जनआन्दोलनले विद्रोहको रूप लिएर जनक्रान्तिका रूपमा विकास भयो । परिणामस्वरूप ११ वैशाख, २०६३ मा पुग्दा सामन्ती राजतन्त्रले घँुडा टेक्यो र मुलुकमा गणतन्त्रको स्थापना भयो । गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न वामपन्थी र आन्दोलनकारी शक्तिको सहभागितामा २०७२ सालमा संविधान जारी भयो । संविधान जारी भए पछिको अवस्थाले नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको निष्कर्षमा नेपालका वामपन्थी सहमतिमा रहेका छन् । त्यस अर्थमा पनि यो संविधान महत्वपूर्ण दस्तावेज हो ।

नेपालका वामपन्थीसामु हजारौं जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई सुदृढ गर्ने र संविधानको प्रभावकारी कार्यान्वयन गरेर परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्ति अगाडि बढाउने अभिभारा छ । यसका लागि वामआन्दोलनभित्र क्रान्तिकारी ध्रुवीकरण गरेर दक्षिणपन्थी अवसरवाद र विसर्जनवादविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गर्दै आन्दोलनलाई विचार, संगठन र कार्यशैलीका क्षेत्रमा व्यापक पुनर्गठन गरी नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्नु जरुरी छ । साथसाथै अब नेपाली क्रान्तिलाई अगाडि बढाउन समाजवादी क्रान्तिका सही कार्यक्रम र कार्यदिशा तय गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।

यस्तै, नेपाली अर्थराजनीतिमा हावी हुँदै गएको दलाल पुँजीवादलाई नियन्त्रण गरेर राष्ट्रिय पुँजीको निर्माण गरी उत्पादन र रोजगारी वृद्धि हुने क्षेत्रमा व्यापक लगानी, औद्योगिकीकरणको थालनीसँगै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउनुपर्ने ऐतिहासिक दायित्व वामपन्थीसामु आएको छ ।

तर, नेपालका कम्युनिस्ट पार्टीहरू यतिबेला राष्ट्र र जनताको अभिभारा पूरा गर्ने काममा अझै एकताबद्व हुन सकेका छैनन् । पहिलो विषय त कम्युनिस्ट पार्टीहरू सुस्पष्ट सैद्धान्तिक, वैचारिक एवं कार्यक्रमिक हिसाबले ऐक्यबद्ध छैनन् । अब समाजवादी क्रान्ति गरेर नै समाजवाद स्थापना गर्नुपर्ने कार्यक्रम अझैसम्म तय गर्न सकेका छैनन् । एमालेले त्यहीं पुँजीवादी क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादलाई नै सिद्धान्त र कार्यक्रमका रूपमा हिडिरहेको छ । माओवादी केन्द्रले २१आंै शताब्दीको जनवादी कार्यक्रमलाई अझैसम्म त्याग्न सकेको छैन । एकीकृत समाजवादी पार्टीले समाजवादी क्रान्तिको कार्यक्रमको बहसलाई अगाडि सारेको छ । यस्तै, अन्य बामपन्थी पार्टीले पनि ठोस ढंगबाट समाजवादी कार्यक्रम तय गर्न सकेका छैनन् । यसले गर्दा कम्युनिस्ट पार्टीहरू ठूला हुन् वा साना आआफ्नो चुल्हो चौका बालेर बसेका छन् । तसर्थ, नेपाली मोडेलको समाजवादी क्रान्तिको कार्यक्रममा कम्युनिस्ट पार्टीहरू सहमत हुन सके भने कम्युनिस्ट आन्दोलनको एकताको आधार निर्माण हुनेछ ।

पुष्पलालले स्थापना गरेको एउटा मात्र कम्युनिस्ट पार्टीको सपनालाई साकार रूप दिन आज कम्युनिस्ट पार्टीबीच व्यापक एकता र सहकार्यको खाँचो रहेको छ । तर, यो एकतामाथि उल्लेख गरिए झंै समाजवादी क्रान्तिको कार्यक्रममा सिद्धान्तनिष्ठ, नीतिनिष्ठ एकता हुनु आवश्यक छ ।

नयाँ नीति, चेतना र दृष्टिकोणको जगमा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण नै समाजवादी क्रान्तिको अगुवाइ गर्नु हो

यस्तै, कम्युनिस्ट पार्टीलाई व्यक्तिवादबाट मुक्त गर्न पार्टीभित्र लोकतान्त्रिक पद्धतिको जीवन्त अभ्यास, अनुशासन र स्वतन्त्रताको दृढता, सामूहिक निर्णय, संवाद र जवाफदेहितामा आधारित जनवादी केन्द्रीयताको अभ्यास जरुरी छ । यसो भए मात्रै पार्टी, समाज र राष्ट्र लोकतन्त्रीकरणको दिशातिर बढ्छ । कम्युनिस्टभित्र हुर्किएको विकृति, विसंगति र दक्षिणपन्थी सोंचचिन्तन–प्रवृत्तिविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गरेर यो आन्दोलनलाई माक्सवादीकरण र क्रान्तिकरण गर्ने अनि पार्टीभित्र सर्वहाराकृत वर्ग दृष्टिकोण, कार्यशैली र जीवनशैलीको विकास गर्नुपर्ने खाँचो पनि उत्तिकै छ । आन्दोलनभित्र नेतृत्व निर्माण, विकास र हस्तान्तरण पनि उत्तिकै महत्वपूर्ण बनेको छ । र कम्युनिस्ट पार्टीहरूबीच विभाजन वा एकता नेतृत्वमा पनि टकराब हुने गरेको छ । नेतृत्वबीच समस्यालाई पनि नयाँ ढंगबाट व्यवस्थापन गर्न सकिन्छ । यसका लागि खासगरी नयाँ पुस्तालाई पार्टीभित्र उन्नत वैचारिक स्तरका साथ भर्ती गर्ने, उनीहरूलाई माक्सवादी चेतना र विचारले ओतप्रोत गराउन र नेतृत्व विकासका लागि संरचनागत व्यवस्था गर्दै नेतृत्व हस्तान्तरणलाई सहज बनाउन आवश्यक छ । यसैगरी अनुभवी पहिलो पुस्ताको अनुभव र योगदानलाई पार्टीले सम्पत्तिका रूपमा ग्रहण गरेर नै पार्टी झन् गतिशील हुनेछ । यसका लागि पहिलो पुस्ताको नेतृत्वलाई पार्टीभित्र निर्देशक कमिटी वा स्टेरिङ कमिटीमा रहेर पार्टी कमिटीभित्रै नेतृत्व गर्ने तथा दोस्रो पुस्ताको नेतृत्वले दैनिक सांगठनिक र कार्यकारी कामको नेतृत्व गर्ने गरी दुईवटा पुस्ताको सन्तुुलित विन्यास गरेर मात्रै कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाउने आधार निर्माण हुनेछ । यस्तै, अब पार्टीका नेता र कार्यकर्ताको कार्यशैली र जीवनशैलीलाई जनताको जीवनसँग जोडिनेगरी सर्वहारावादी जीवनशैली अवलम्बन गर्ने नयाँ नीति र पद्धतिका साथ पार्टी सञ्चालन गर्ने नीतिको आवश्यकता छ । यसो भयो भने निश्चित रूपमा नयाँ पार्टी निर्माण र सञ्चालनको आधार तयार हुनेछ ।

यस्तै, अब कम्युनिस्ट पार्टीले राज्य सञ्चालन गर्दा जनताको जीवनस्तर माथि उठाउनेगरी समाजवादी आर्थिक सामाजिक नीति तय गरेर लागू गर्नुपर्ने खाँचो छ । सरकारमा गएर यती, ओम्नी, एनसेल, एमसीसीलगायत राष्ट्रिय हित र सुरक्षामा आँच पुग्ने सन्धिसम्झौताविरुद्ध सही दृष्टिकोण अगाडि सारेर दलाल पुँजीवादलाई परास्त गर्ने नीतिसँगै राष्ट्रिय पुँजी निर्माण गरेर स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सुस्पष्ट नीति तथा कार्यक्रमको खाँचो छ । जनतालाई शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायातका क्षेत्रमा भइरहेको व्यापारीकरण र निजीकरणको अन्त्य गरेर निःशुल्क र सर्वसुलभ सेवा प्रदान गर्ने नीति र कार्यक्रमलाई व्यवहारमै लागू गरेर जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्नुपर्नेछ । यस्तै, वैदेशिक रोजगारीमा जान विवश ५०औं लाख बेरोजगार जनतालाई औद्योगीकरण र स्वरोजगारीका माध्यमबाट देशभित्रै रोजगारी प्रदान गर्ने पार्टीको नीति, कार्यक्रमसहित जनतामा आन्दोलन, परिवर्तन र समाजवादी क्रान्तिप्रति विश्वास जागृत गर्नुपर्छ ।

अब कम्युनिस्ट पार्टीको कामलाई सहरमुखी, राजधानीमुखी मात्रै होइन, दूरदराज ग्रामीण भेगका जनताको घरदैलोसम्म पुगेर पार्टीका नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्ने, जनतालाई जागृत गरी श्रमजीवी जनतालाई कम्युनिस्ट पार्टीको झन्डामुनि गोलबन्द गर्ने, टोलटोल, बस्तीबस्तीसम्म पार्टी र जनसंगठन निर्माण र विस्तार गर्न आवश्यक छ । लाखौंलाख मानिसलाई समाजवादी क्रान्तिको चेतना फैलाउन र समाजवादी अभियानमा लामबद्व गर्न केन्द्रीय तहबाट नै अभियन्ता निश्चित अवधिसम्म परिचालन गरेर मात्रै समाजवादी क्रान्तिको अगुवाइ गर्ने पार्टी निर्माणको आधार हुनेछ र पार्टीलाई माक्सवादी लेनिनवादी सिद्धान्तबाट निर्देशित भएर सञ्चालन गर्न सक्दा मात्रै आन्दोलनमा हुर्किएको दक्षिणपन्थी अवसरवाद तथा व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्न सकिन्छ । साथै नयाँ नीति, नयाँ चेतना र दृष्टिकोणको जगमा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणसँगै समाजवादी क्रान्तिको अगुवाइ गर्ने सक्षम पार्टी निर्माण गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराको भागेश्वरमा फेरी पनि काँग्रेस नै विजयी