सप्तरीमा आगलागिले टोलै खरानी

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका ५ परेमारामा आइतवार दिउँसो भएको आगलगिमा सिंगो टोलखरानी भएको छ । परेमारा स्थित लालमोहन सरदारको गाई गोठमा वालिएको चुल्होबाट दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १२ परिवारको २४ भन्दा बढी घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको छ ।

यो सँगै यो वस्तीमा छैठो पटक आगलगीको घटना भएको हो । यसअघि २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत यो बस्तीमा आगलगीको घटना भएको स्थानीयहरुले बताएका छन् । आगोले लालमोहन सरदार, आशा सरदार, लालबहादुर सरदार, विजली सरदार, त्रिभुवन सरदार, सुधिर सरदार, बिर बहादुर सरदार, रामबहादुर सरदार, श्यामबहादुर सरदार, समुन्द्री सरदार, करण चौधरी लगायत १२ परिवारलाई बेघर बनाएको छ ।

आगलगीमा उनीहरुका २४ भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्योपानेले जानकारी दिए । आगलगीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घरहरु छन् ।

आगलगी पिडितहरु अहिले बाँसको पाल लगाएर बसेको भएपनि दिउँसैदेखि चलेको हावाहुरीले कतिपयको पाल उडाएपछि उनीहरुको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पहल थालेको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बताए ।

आगो २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुण यन्त्रका साथै प्रहरी र स्थानीयवासी सक्रिय थिए ।

आगलगीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएका छन् । आगलगीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताए ।

आगलगीको खबर पाए लगतै पुगेका कञ्चनरुप नगरपालिकाका मेयर गुप्ता, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक गज्जुसिद्धि बज्राचार्य लगायतले अग्नि पिडितहरुसँग भेटी उनीहरुको व्यवस्थापनका लागि पहल थालेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता