सहायता सामग्रीका लागि स्क्रिनिङग शिविर सञ्चालन

धनगढी । धनगढी उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिको पहिचान गरी सहायता सामग्री वितरण गर्न नगरका विभिन्न स्थानमा स्क्रिनिङग शिविर सञ्चालन गरिरहेको छ ।

गत वर्ष पनि यो उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरुको पहिचान गरी सहायता सामग्री उपलब्ध गराएको थियो । यो वर्ष हालसम्म गरिएको स्क्रिनिङग शिविरमा ७० जनाको नापजाँच गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

हालसम्म धनगढीको वडा नम्बर ९, १० र १२ का अपांगता भएका ७० जना व्यक्तिको कान, आँखा र शारीरिक अवस्थाको जाँच गरिएकोमा ४५ जनाले सहयोगी सामग्री आवश्यक रहेको पहिचान गरिएको धनगढी नगर प्रमुखको सचिवालयले जनाएको छ ।

यसअघि फूलबारीमा ७५ जना तथा ऊर्मा सहरी स्वास्थ्य केन्द्रमा भएको नापजाँचमा ७० जना अपांगता भएका व्यक्तिको नापजाँच गरिएको थियो । धनगढी उपमहानगरपालिकाको आयोजनामा सर्वाङ्गीण अपांगता विकास समाज नेपाल धनगढी, कैलालीद्वारा धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच स्थानमा अपांगता नापजाँच शिविर हुनेछ ।

धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा इम्प्याक्ट नेपाल, गेटा आँखा अस्पताल र सेती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा अपांगता भएका व्यक्तिको खोजी र नापजाँच भइरहेको छ । नापजाँचपछि सम्पूर्ण अपांगता भएका व्यक्तिलाई निशुल्करुपमा सहायता सामग्री प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक