धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा झण्डै दुई लाख आर्थिक सहयोग

धनगढी । निजी क्षेत्रको एक बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक (स्कुल ड्रेस) तथा पाठ्य सामग्री खरिदका लागि निजी क्षेत्रको हिमालय बैंक धनगढी शाखाले नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।

बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका ३८ जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न भनेर एक लाख ९९ हजार ५०० रपैयाँ सहयोग गरेको धनगढी नगर प्रमुख गोपाल हमालले बताए ।

धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको छ । सो कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ड्रप आउट रोकिने नगर प्रमुख हमालको भनाई रहेको छ ।

नगर प्रमुख हमालले धनगढी उपमहानगरले मात्र शिक्षामा लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुध्रान आफूले सक्ने जति नगर प्रमुख शैक्षिक सुधार कोषमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

यसअघि काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले धनगढीका विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारका लागि पाँच लाख सहयोग गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी