भीड नियन्त्रण र आकस्मिक घटना

कुनै विशेष कारण, अवस्था र उद्देश्यबेगर कतै पनि स्थानमा भीड जम्मा हुँदैन । सामान्य शब्दमा भीडलाई हामीले धेरै मानिसको समूह एकै ठाउँमा अव्यवस्थित रूपमा भेला भएको अवस्थाका रूपमा बुझ्छौं । भीडमा विशेष उद्देश्य लिएर मानिस जम्मा भएका हुन्छन् । भीडमा घचारो हुन्छ, घन्चमञ्च हुन्छ तथा सबै आ–आफ्नै धुनमा व्यस्त रहेका हुन्छन् ।

भीड विभिन्न प्रकारको हुन्छ । जस्तो मेला पर्वको भीड, हाटबजारको भीड, कुनै उत्सव र जात्राको भीड, विशेष प्रदर्शनीमा हुने भीड तथा व्यक्ति, समूह, संघसंस्था एवं राज्य प्रशासनप्रतिको असन्तुष्टि व्यक्त गर्न एकत्रित भीड आदि सामान्यतया सबै प्रकारको भीड प्रारम्भमा अव्यवस्थित भए पनि उत्तेजित र हिंसात्मक हुँदैन । तर, एकत्रित समूहबीच नै कुनै अप्रिय घटना भयो, कसैले भीडलाई उत्तेजित गराउने रणनीति अपनायो, व्यक्ति विशेषउपर कुनै अभद्र व्यवहार भयो तथा अन्य कुनै अप्रत्याशित घटना भयो भने जनुसुकै प्रकारको भीड पनि उत्तिखेरै उत्तेजित र आक्रामक बन्नसक्छ । क्षणभरमै अकल्पनीय घटना घट्नसक्छ । एकत्रित भीड कारणवश उत्तेजित भइहाले त्यसलाई कसरी नियन्त्रणमा लिने ? तथा भीड नियन्त्रणार्थ अपनाउनुपर्ने कारबाहीलाई व्यवस्थित ढंगले कार्यान्वयन गराई कम क्षतिमै भीडलाई नियन्त्रणमा लिन अपनाउनुपर्ने कार्यविधिलाई नै यस आलेखमा चर्चाको विषय बनाइएको छ ।

कतिपय अवस्थामा भीड नियन्त्रणार्थ अपनाउनुपर्ने विधि अपनाउँदै पनि भीड नियन्त्रित नहुने अवस्थामा पनि आइलाग्छ । सामान्य अवस्थाबाट एकाएक भीडले हिंसात्मक रूप लियो तथा त्यसलाई तत्कालै नियन्त्रणमा नलिए ठूलो धनजनको क्षति हुने सम्भावना देखिए, सिद्धान्ततः भीड नियन्त्रणार्थ सुरक्षाकर्मीले अन्तिम कारबाहीसमेत चलाउन बाध्य हुनुपर्छ । अन्तिम कारबाही भन्नाले हवाई फायर हो । हवाई फायर गरेर तर्साउँदा पनि भीड नियन्त्रणमा आएन अझै आक्रामक बन्यो र धनजनकै क्षति हुनथाल्यो भने नियन्त्रणार्थ सुरक्षाकर्मीले घुँडामुनि पर्नेगरी गोली चलाउनसक्छ । यस अवस्थामा प्रहरीले गरेको फायरबाट कसैको ज्यान गएमा वा कोही गम्भीर घाइते भएमा अत्यन्त गम्भीर परिस्थिति निम्तन्छ । प्रहरीले ताकेरै गोली हानेका कारण व्यक्तिको मृत्यु वा घाइते भएको हो भन्ने आरोप लाग्नसक्छ, जुन अस्वाभाविक पनि होइन । तर, यस अवस्थामा यस्तो परिबन्धको कारण अन्तिम शक्तिको प्रयोग स्वरूप गोली प्रहार गर्नुप¥यो भन्ने कुरा घटना प्रकृतिले पुष्टि गरेको हुनुपर्छ । तथापि, यसलाई हामीले अप्रत्याशित दुःखद घटना मान्न बाध्य हुनैपर्छ ।

भीड नियन्त्रण गर्ने क्रमको अन्तिम चरणमा गरिने गोली फायर गर्दा प्रहरीले कसरी गोली चलाउनुपर्छ ? निर्धारित मापदण्डभित्रै रहेर चलाएको गोली व्यक्तिको शरीरको कुन भागमा कस्तो प्रकारले लागेको छ वा टाउकामा कसरी लाग्छ ? त्यो कस्तो अवस्थामा ? तथा त्यसरी गोली चलाउनैपर्ने परिस्थिति त्यहाँ उत्पन्न भएको थियो या थिएन ? तथा गोली चलाउँदा प्रहरीले के कस्तो कुरामा ध्यान पु¥याउनुपर्छ ? भन्ने ’boutमा संक्षिप्त चर्चा गरौं ।

गोली चलाउनैपर्ने अवस्थाको भीड सुनियोजित पनि हुनसक्छ, अप्रत्याशित पनि । तथापि, फायर गर्नुपर्ने परिस्थितिको सिर्जना हुँदा त्यस्तो स्थानमा सामान्यतया इन्स्पेक्टरभन्दा माथिकै दर्जाको प्रहरी अधिकृत उपस्थित भएको हुन्छ । गोली फायर गर्नु अगाडिका अन्य चरणबद्ध कारबाही तल्लो दर्जाकै अधिकृतबाट हुनसक्छ । गोली चलाउन स्थलगत अन्तिम निर्देशन भने घटनास्थलमा उपस्थित मुख्य सुरक्षा कमान्डरकै हुनुपर्छ । फायर पनि मुख्य कमान्डको साथमा रहेको हतियार टोलीमध्येबाट कमान्डरकै निर्देशन मुताबिक हुनुपर्छ । गोली फायर गर्नु पहिले सो’boutमा स्पष्ट जानकारी पनि कमान्डरले नै मासलाई दिनुपर्छ ।

तर, कतिपय अवस्थामा भीडलाई गोली हानिन्छ भन्ने अग्रिम सूचना दिन नभ्याइने अवस्था पनि आउनसक्छ । त्यस्तो बेलामा भीड नियन्त्रणका लागि अपनाइएका अग्रिम चरणबद्ध प्रक्रिया प्रभावहीन भएको, हतियार प्रयोग नगरे ठूलो धनजनको क्षति हुने सम्भावना रहेको भन्ने परिस्थितिको मूल्यांकन तत्कालै कमान्डरले गरेर मात्रै गोली चलाउने आदेश दिनुपर्छ । फायर पनि कमान्डरले तोकिदिएकै हतियारधारी कर्मचारीबाट हुनुपर्छ । यस अवस्थामा पनि सर्वप्रथम हवाई फायरै गर्नुपर्छ ।

सामान्यतया कुनै पनि भीड प्रारम्भमा अव्यवस्थित भए पनि उत्तेजित र हिंसात्मक हुँदैन

हवाई फायर गर्दा पनि भीड नहटे वा अझ उत्तेजित भए तथा प्रहरीउपर आक्रमणमा उत्रिए, टुक्रुक्क बसी घुँडामुनि पर्नेगरी फायर गर्नुपर्छ । घुँडामुनि पर्नेगरी गोली हान्दा फायर गर्ने व्यक्तिले सामान्यतया कहिल्यै पनि उभिएर फायर गर्नुहुँदैन । तर, प्रहरी टोली र भीडबीचमा कुनै छेकवार वा अवरोध पु¥याउने चिजवस्तु वा स्थायी संरचना एवं आड भए उभिएरै पनि भीडको दूरी र फायर गर्ने हतियारको प्रकारका आधारमा घुँडामुनि पर्नेगरी दक्ष व्यक्तिबाट फायर गरिनुपर्छ ।

घुँडामुनि पर्नेगरी हानिएको गोली व्यक्तिको छाती र टाउकामा कसरी लाग्छ ? त्यस्तो अवस्था भने अत्यन्त संवेदनशील हुन्छ । यसर्थ, यस’boutमा चर्चा गरौं । भीड कहिल्यै पनि स्थिर हुँदैन । चञ्चल र चलायमान मात्र होइन भीड उत्तेजित आक्रोशित तथा ध्वंसात्मक हुन लागेको वा भइरहेकै अवस्थामा गोली फायर गरिने भएकाले त्यस अवस्थामा भीडका अनेकौं गतिविधि हुनसक्छन् । कतिपय ध्वंसात्मक कार्य नै भइसकेको वा भइरहेको हुन्छ । कसैको जीउज्यानउपर सांघातिक आक्रमण नै भएको वा हुन लागेको हुन्छ । यस्तै अवस्थामा गोली फायर गरेको आवाज सुन्नासाथ भीडमा रहेका व्यक्तिको गतिविधि अझै तीव्र बन्छ, भागदौड हुन्छ ।

कुनै आड लाग्नसक्ने स्थानतर्फ मानिस दौडन पुग्छ । कतिपय गोलीबाट बच्न जमिनी सतहमै लपेटिएर घोप्टो पर्न सक्छन् । कतिपय घोप्टो पर्ने क्रममै निहुरिएका वा अर्धघोप्टो परेका मात्र हुनसक्छन् । कतिपयले घुँडा टेकेर वा टुक्रुक्क बसेरै प्रहरीको गतिविधि नियाल्छन् । कतिपय भागदौडमा लड्न सक्छन् । यस्तै असामान्य अवस्थामा निहुरिएको, टुक्रुक्क बसेको, घुँडा टेकेर लुक्तै गरेको, जमिनको सतहमै लपेटिएको तथा सामान्य पारदर्शी आड लिएरै लुकेको व्यक्तिको टाउकामै गोली लाग्नसक्छ । तर र त्यस्तो अवस्थामा गोली लागेको हो÷होइन ? भन्ने कुरा गोलीको चोटले नै बनाउँछ ।

माथिको अवस्थामा कसैको छाती वा टाउकामा गोली लाग्यो भने कुन अवस्थामा, कसरी गोली लाग्यो ? भन्ने कुरा पनि मृतकको शरीरमा गोली प्रवेश गरेको र निस्केको घाउमा देखिने प्रकृतिका आधारमा विज्ञ अनुसन्धानकर्ताले पहिचान गर्नसक्छ । यस्तो अवस्थामा फायर गर्ने व्यक्ति रहेको स्थान र गोली लागेर व्यक्ति ढलेको स्थानको दूरी र गोलीको चोटको प्रकृतिलाई अनुसन्धानकर्ताले सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । व्यक्तिको शरीरमा गोली प्रवेश गरेको र निस्केको बिन्दुबराबर वा समान लेबलमा हुँदैन । केही छड्के वा तलमाथि हुनसक्छ । तर, उभिइरहेकै व्यक्तिलाई कसैले उभिएरै ताकेर गोली हान्यो भने यस अवस्थामा गोली लागेको र निस्केको घाउको चोट समान वा बराबर लेवलमा पनि पाउन सकिन्छ । भीड त्यसै पनि आक्रोशित र तनावपूर्ण हुन्छ । यति जनाको मृत्यु भइसक्यो, यति जना ढलिसके, यति घाइतेको अवस्था चिन्ताजनक भनी कतिपय भीडभित्रकै व्यक्तिले भ्रम फैल्याइ भीडलाई संगठित रूपमा अझै उत्तेजित पनि बनाउन सक्छन् । पुलिसले छात्तीमै टाँसेर गोली हान्यो भन्ने पनि हुनसक्छन् । यदि, प्रहरी कारबाहीमा कसैको ज्यान गएको छ भने यस्तो बढी चढाउ हल्लाबाट भ्रमित बन्न पुगेका सर्वसाधारणको कौतुहलतालाई पनि घटना अनुसन्धानकर्ताको अनुसन्धान परिणामले मेटाइदिनुपर्छ ।

गोली लागेर भएको मृत्युमा कति दूरीबाट हानेको गोली हो भन्ने कुरा पनि अनुसन्धानबाट खुलाउनुपर्छ । नजिककै फायर हो वा टाढाको भन्ने कुरा स्पष्ट पार्ने आधारहरू पनि छन् । जुन अनुसन्धानकर्ताले मात्र होइन, मृतकको शरीरमा लागेको गोलीको चोट देख्ने मुचुल्कामा बस्ने सर्वसाधारणले नै पहिचान गर्नसक्छन् । कसैको शरीरमा बन्दुकको नाल टाँसेरै गोली फायर भएको छ भने गोली प्रवेश गरेको अर्थात् इन्ट्री बिन्दु शरीरको खुला भागमा भए चोटको वरिपरिको छालाको भाग डढेर कालो भएको हुन्छ ।

यदि, गोली लुगा लगाएकै भागबाट शरीरमा प्रवेश गरेको भए गोली लागेकै स्थानको वरिपरिको लुगा डढेर कालो भएको हुन्छ । करिब ६ इन्चको दूरीभित्रबाटै गोली फायर भएको अवस्थामा मात्र यस्तो डढेको हुन्छ । यसलाई ‘ब्ल्याकनिङ’ भनिन्छ । तर, मृतक र बन्दुकको नालको दूरी ६ इन्चदेखि १ फिटसम्मको भए गोली प्रवेश गरेको स्थान खुला भए चोटको वरिपरिको छालामा छरिएर रहेको बारुदको कणहरू टाँसिएको हुन्छ । लुगा लगाएको हिस्साबाट गोली प्रवेश गरेको भए प्वालको वरिपरिको कपडाकै भागमा यस्तो बारुदको छरिएको कण पाइन्छ । यसलाई ‘ट्याटोइङ’ भनिन्छ ।

भाग्ने निकास नराखी घेरा हालेर एक्सन गरिए नियन्त्रण कारबाही नै प्रत्युत्पादक बन्नसक्छ

यसरी गोली प्रवेश गरेको बिन्दुमा पाइने ब्ल्याकनिङ बन्दुक जिउमै टसाएर फायर गरेको अवस्थामा गोलीसँगसँगै निस्कने आगाको ज्वालाले डढाएको कालो दाग हो । फायर केसमा ५÷६ इन्चभन्दा टाढाको फायर भए ज्वाला पुग्दैन । यसैले ब्ल्याकनिङ बेगरको गोलीको चोट बन्दुको नाल टसाएर गरेको फायर हुनसक्दैन । ५÷६ इन्चदेखि करिब एक फिटसम्मको दूरीमा मात्रै ट्याटोइङ वा बारुदको कालो छिर्का हुनुको कारण, गोलीसँगै निस्केको बारुदको तातो कणहरू टाँसिएर रहेको अवस्था हो । गोलीसँगै निस्कने बारुदको तातो कणहरू १ फिटभन्दा पर पुग्न सक्दैनन्, यसैले तार्केट र बन्दुको नालको दूरी १ फिटभन्दा माथि भए गोली मात्रै जान्छ तर बारुदका ताता कणहरू त्यतिकै हराउँछन् । फायर मृतकको शरीरमै टसाएर गरेको हो वा नजिकैबाट गरिएको हो ? भन्ने कुरा छुट्याउने मुख्य आधार यही हो । ब्ल्याकनिङ र ट्याटोइङ बेगरकै गोलीको प्रवेश भए गोली टाढाबाटै हानेको प्रमाणित हुन्छ तर के कति दूरीबाट हानिएको हो ? त्यो निश्चित रूपमा भन्न सकिँदैन । ब्ल्याकनिङ र ट्याटोइङको चिह्नहरू मृतकको शरीरबाट गोली बाहिरिएको प्वाल वरिपरि भने हुँदैन ।

गोली प्रहार गर्नुपर्दा वा सोभन्दा अगाडि भीड नियन्त्रणमा लिनुपर्दा स्थलगत खटिने कमान्डरले ध्यान दिनुपर्ने कुराहरू धेरै छन् । यसमध्ये हतियार बोक्ने टोलीमा सहभागी हुने जवानहरू हतियार चलाउन निपूर्ण छन् या छैनन ? उनीहरूको आदत र धैर्यधारण गर्ने क्षमता, नहडबडाउने र नआतिने बानी, सुझबुझ र संयमित रहने क्षमता तथा कमान्डरप्रतिको बफादारिताका ’boutमा उसको विगतकै कार्यशैली र व्यवहारबाट मूल्यांकन गरी उपयुक्त र योग्य व्यक्तिलाई मात्रै हतियार टोलीमा राख्नुपर्छ । हतियार प्रयोग गर्नुपहिले आफूभन्दा माथिको जिम्मेवार अधिकृतलाई जानकारी गराउनुपर्छ । तर, आफ्नो साथमा भएको हतियारै लुटिन लाग्यो, सांघातिक आक्रमणमै आफूउपर भीड उत्रियो भने माथिल्लो कमान्डरलाई जानकारी गराउनलाग्दा अप्रिय घटना हुने सम्भावना देखिए आफ्नो जीउज्यान र हतियारको रक्षाका लागि आक्रमणकारीउपर घुँडामुनि पर्नेगरी गोली प्रहार गर्नुपर्छ । यो आदेश सुरक्षाकर्मीलाई कानुनले नै दिएको छ, अरू कसैले दिइरहनु पर्दैन । तर, परिस्थितिजन्य प्रमाणले त्यहाँ त्यस्तो नाजुक अवस्था सिर्जित भएको थियो भन्ने कुरा पुष्टि हुनुपर्छ ।

यस अतिरिक्त घटनामा एकत्रित भीड सुनियोजित भए त्यसको कारण, पृष्ठभूमि, उद्देश्य, कार्ययोजना, नेतृत्वकर्ता, भीडको अनुमानित संख्या, हातहतियार एवं लाठी औजार, भीडमा हुनसक्ने घुसपैठ, स्थानीय बासिन्दाको साथ सहयोग र त्यहाँको वातावरणका ’boutमा नियन्त्रणार्थ खटिने सुरक्षा कमान्डरले अग्रिम जानकारी लिएको हुनुपर्छ । यसो गरिए नियन्त्रण कार्यलाई सहज बनाउन सकिन्छ । तथापि, यस्ता कुराहरू भीडमा सहभागी समूहको व्यवहार र गतिविधिनुसारै फरक हुने भएकाले सबै भीडलाई समान दृष्टिले हेर्नुहुँदैन । नियन्त्रणमा लिने क्रममा सम्झाउने बुझाउने, नेतृत्वकर्तासँग डिल गर्नेदेखि अवस्थानुसार लाठी चार्ज गर्ने, पानीको फोहरा हान्ने, अश्रुग्याँस प्रहार गर्ने, रबरबुलेट हान्ने, हवाई फायर गर्नेसम्मका कार्यविधि प्रभावहीन भए मात्रै घुँडामुनि गोली चलाउनुपर्छ । भीड नियन्त्रणका लागि उपरोक्त कार्यविधि अपनाउँदा सुरक्षा टोली सुरक्षित रहने र भीडलाई भाग्ने बाटो दिएर मात्र एक्सनमा उत्रनुपर्छ । भाग्ने निकास नराखी घेरा हालेर एक्सन गरिए नियन्त्रण कारबाही नै प्रत्युत्पादक बन्न सक्नेतर्फ कमान्डर सचेत रहनुपर्छ । यसका लागि भीड जम्मा हुने स्थान र आसपासको भौगोलिक अवस्थाका ’boutमा सुरक्षा कमान्डर उत्तिकै जानकार हुन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै