५१ दिनमा सकियो चलचित्र मेयर

काठमाडौं । चलचित्र मेयरको छायांकन ५१ दिनमा सम्पन्न भएको छ । दीपेन्द्र के खनालले यो चलचित्रको निर्देशन गरेका हुन् । काठमाडौंको मल्ल होटेलबाट सुरु भएको यो चलचित्रको बाँकी छायांकन सर्लाही र सिन्धुलीमा पनि भएको थियो । चलचित्रको अधिकांश सिन सर्लाहीमा गरिएको निर्देशक खनालले बताए ।

सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरत थापाको जीवनकथामा यो चलचित्र आधारित रहेको पनि निर्देशक खनालले बताएका छन्, ‘जब मैले मेयरसाहेवको जीवनकथा सुनें, मलाई एउटा सुन्दर चलचित्र हेरेको जस्तो लाग्यो ।’ सोही कारण आफूले भरत थापाको जीवनीमा चलचित्र मेयर निर्माण गरेको पनि उनले बताए ।

यो चलचित्रका लागि अपेक्षा गरेभन्दा पनि ठूलो क्राउड अर्थात् ११ हजारभन्दा धेरै स्थानीयलाई भेला गरेर यो चलचित्र छायांकन गर्दा निकै फरक अनुभव भएको पनि निर्देशक खनालले बताए, ‘मेरो जीवनकै सबैभन्दा ठूलो क्राउडमा यो सिनेमा खिचेको छु,’ उनीले भने, ‘मेरो मात्रै होइन, सम्भवतः यो नेपाली सिनेमाकै इतिहासमा ठूलो क्राउडमा यो सिनेमा खिचिएको हुनुपर्छ ।’

यो चलचित्रलाई राजनीतिक सिनेमा भनेर सम्बोधन गर्न थालिएको छ । राजनीतिकसँगै यो सामाजिक चलचित्र भएको पनि निर्देशक खनालले बताए । पर्दामा चलचित्र मेयर कति भव्य देखिन्छ भन्ने दर्शकको कौतुहलता रहेको निर्देशकले बताए, ‘मैले बनाएको भनेर म दाबी गरिरहेको छैन । तर, यो नेपाली राजनीतिक सिनेमाको इतिहासमा चलचित्र मेयरले ट्रनिङ पोइन्ट ल्याउनेछ ।’ यो चलचित्रलाई दर्शकले नेपाली सिनेमामा पहिलोपटक राजनीतिक सिनेमाका रूपमा फिल गर्न पाउने पनि निर्देशक खनालले बताए ।

यो चलचित्रको कार्यकारी निर्माता दिपेन्द्र स्वयं हुन् भने निर्मातामा शर्मिला पाण्डे र श्रृष्टिमा खनाल हुन् । मेयरको पटकथा महेश दवाडीले लेखेका छन् । यो चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रविीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सन्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी, अर्विशा थापालगायतको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म