Sunday, May 9, 2021
Home बिचार कोरोनाको त्रासदी : विद्यमान मानवीय मूल्यको विखण्डन

कोरोनाको त्रासदी : विद्यमान मानवीय मूल्यको विखण्डन

,

दोस्रो विश्वयुद्धपछि मानवीय जीवनमा आएको सबैभन्दा ठूलो विपद् कोभिड–१९, अर्थात् कोरोना भाइरसको विश्वव्यापी प्रकोप नै हो । दोस्रो विश्वयुद्धपश्चात् पनि विश्वमा विभिन्न विपद्जन्य घटनाले लाखांै मानिसको मृत्यु भएको थियो तर यस भाइरसको हालसम्म औषधि पत्ता लाग्न नसक्नुका कारण यो महामारी अझ जोखिमपूर्ण रह्यो । साथै यो एक व्यक्तिबाट अर्काे व्यक्तिमा यति चाँडै सर्छ कि त्यसको कुनै अनुमान नै लगाउन सकिँदैन । अहिले विश्वको प्रत्येक कुनामा प्रवाह भइरहेको यो माहामारीको चरित्रलाई हेर्दा यसको आदि, मध्य वा अन्त्य के हो ? कुन अवस्थामा यो फैलिरहेको छ र यसको अन्त्य कसरी हुन्छ भनेर अहिले नै अनुमान गर्न सकिने अवस्था देखिँदैन । यो रोगले लाख, १० लाख वा करोड कतिको मृत्यु हुन सक्छ ? भन्न सकिने अवस्था पनि अहिले छैन, त्यसैले यो विश्वव्यापी चिन्ताको विषय बन्न पुगेको छ । परिणामस्वरूप यो २१औं शताब्दीको मानवीय जीवनमा आएको सबैभन्दा महŒवपूर्ण चुनौतीका रूपमा स्थापित हुन पुग्यो ।

कुनै विद्वान्ले भनेका थिए रे, ‘यो दुनियाँमा भगवान छ भनेर कसरी भनौं, किनकि आजसम्म कसैले भगवानलाई देखेको छैन, भगवान छैन भनेर कसरी भनौं किनकि संसारका प्रत्येक मान्छेले कुनै न कुनै रूपमा भगवानको अस्तित्व स्वीकार गर्छन् ।’ त्यसैले हामी लेखकद्वय भगवान र धर्मको विषयमा यस लेखमा विवेचना गर्ने धृष्टता गर्दैनौं किनकि यो मानवीय विश्वास तथा मूल्यको सर्वाेच्च रूप हो । तर, विद्यमान कोरोना भाइरसका कारण मानव जीवनमा जुन किसिमको त्रासदी निर्माण भएको छ, यसले विद्यमान मानवीय विश्वास र मूल्यको विखण्डन गराउन भने सक्नेछ । सामाजिक प्राणी हुनुका नाताले मानवद्धारा निर्माण गरेका विश्वास र ती विश्वासका शृंखलामा जीवनयापन गर्दै अस्तित्व निर्माण प्रक्रियाको समग्रता नै मानवीय मूल्य हो । विद्यमान संसारमा स्थापित मानवीय मूल्य पनि भौतिकवादी र आध्यात्मवादी विश्वदृष्टिकोणको सैद्धान्तिक धारमा निर्माण भएका छन् । भौतिकवादी दृष्टिकोणको पक्षपोषण गर्नेहरूलाई नास्तिक र आध्यात्मवादको पक्षपोषण गर्नेलाई आस्तिक भन्ने गरिन्छ । आस्तिकवादीको विचार मूल्यले ईश्वरको अस्तित्व र तार्किक ईश्वरीय हस्तक्षेपसँग तादात्मय राख्दछ । अर्काेतर्फ, नास्तिकवादीको विचार मूल्यले मनोवैज्ञानिक एवं तार्किक रूपमा ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन । कोरोना भाइरसका कारण समाजमा जुन किसिमको सामाजिक विभेद, तनाव, असन्तुष्टि, अभाव, असन्तुलन तथा त्रासको निर्माण भइरहेको छ, त्यसको कारण सम्भवतः आस्तिकहरू नास्तिक र नास्तिकहरू आस्तिक बन्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

धर्म, पूजा, पर्व, जात्रा, संघ-संगठन, अनुष्ठान र मानवका अनेक संस्कार पनि जीवन सामान्य हुँदा मात्र चल्नेरहेछन् भन्ने कुराको बोध भएको छ

सन् २०१९ को उत्तरार्धमा चीनको बुहानबाट सुरु भएको कोरोनाको महामारी बिजुलीको गतिमा विश्वव्यापी बन्दै गर्दा हरेक मानवलाई लाग्न थालेको छ कि कतै यो प्राणघातक अदृश्य वाँणको अबको लक्ष्य म नै त होइन ? यही त्रासदीको मर्ममा टेकेर विश्वभर सीमा प्रतिबन्ध, लकडाउन, सामाजिक दूरी, आइसोलेसन र क्वारेन्टाइनजस्ता नीति अंगिकार गर्न आजको राज्यव्यवस्था विवश बन्न पुग्यो । कोरोनाको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि आत्मसात गरिएका यी नीतिको नाम सुन्दा लाग्छ, मानव जस्तो सामाजिक प्राणीको सामाजिक धरातल माथि नै आक्रमण भएको छ । तर, आजको विश्वव्यवस्थासँग यो घडीमा अर्काे कुनै बिकल्प देखिँदैन । परिणामस्वरूप मान्छे आज बन्द कोठामा एक्लो, असहाय र निराशाको मडारिएको बादलभित्र त्रासैत्रासमा बाँचिरहेको छ । बिरामी भएर अस्पतालमा बसेको मान्छे मृत्युको छांया अघि र पछि नाचिरहेको देख्छ । आफ्ना नजिकका आफन्त पनि परपर भाग्दै हिँड्ने अवस्थामा छन् भने उपचारका लागि आएका डाक्टर तथा नर्सका आँखामा देखिने डरका भावहरूले उसमा वैराग्यको संवेदना उद्वेलित हुन्छ । यसैले कोरोना भाइरसले आजको दिनसम्म आइपुग्दा हाम्रा धर्म, संस्कृति तथा विज्ञानले निर्माण गरेका हजारौं विश्वासलाई कमजोर साबित बनाइदिएको छ । मान्छेबाट मान्छे टाडिँदै गएको छ । धर्म, रीति, थिति तथा सांस्कृतिक मूल्यभन्दा मानवीय जीवन महान् रहेछ भन्ने विश्वासले स्थान बनाइरहेको छ । वैयक्तिक स्वतन्त्रताभन्दा मानवीय मूल्यको अस्तित्व विशाल हुन्छ भन्ने कुरालाई स्थापित गरेको छ । जसले गर्दा आजसम्म अवलम्बन हुँदै आएका मानवीय मूल्यहरू धर्मराएका छन् । मानवीय संस्कृतिले निर्माण गरेका सन्तुलन खल्बलिएको छ । दिशाहीन विज्ञान र आस्थाहीन विश्वासहरूका बीचमा मानव जीवन त्रासदीमा बाँचिरहेको छ । मानवताउपर निर्मम प्रहार गरिरहेको कोरोना भाइरसको हठात् विश्वव्यापीकरणबाट प्रादुर्भाव भएको नवमानव प्रवृत्तिलाई आजसम्म निर्माण भएका मानवीय विश्वास र त्यसको जगमा स्थापित मान्यताको वैज्ञानिकतामा विवेचना गर्ने समय आएको छ ।

कोरोनाको त्रासदी एवं प्रकोपको आख्यानमाथि विज्ञानले निर्माण गरेका कतिपय मूल्य र धर्म, संस्कृतिले निर्माण गरेका कतिपय विश्वासमाथि प्रश्नचिह्न उठ्न सक्ने अवस्था सिर्जना हुँदै गइरहेको छ । धर्मराएका मूल्य तथा विश्वासका जगमा नवीन मूल्य तथा विश्वास निर्माण हुँदै छन् । विद्यमान मानवीय मूल्यको सैद्धान्तिक आधारका रूपमा रहेका आस्तिक र नास्तिक दर्शन र यसको विखण्डनका आधारको विश्लेषण गर्दै गर्दा सर्जकको स्मृतिमा एक प्रसिद्ध अणुकथा नाचिरहेछ ः

भारतवर्षको सफा आकासमुनि आधुनिक विकास र सभ्यताले नगाँजेको एउटा गाउँ हुन्छ, जहाँ धर्मको चिन्तन नै हरेक जीवनको प्राण बनेको हुन्छ । समयको प्रवाहसँगै अघि बढ्दै जाँदा उक्त गाउँमा दुई महान् चिन्तकको उदय हुन्छ । उनीहरूको जीवन उपस्थितिले सिंगो गाउँलाई नै अनौठो ज्ञान तरंगले उद्वेलित तुल्याउँछ । सैद्धान्तिक हिसाबबाट यी दुई दार्शनिक आस्तिक एवं नास्तिक विचारधाराको प्रतिनिधित्व गर्छन । शास्त्रार्थबाट आनन्द र ज्ञानको अनुभूति गर्ने पूर्वीय प्राचीन सभ्यताको अभ्यासबाट अभिप्रेरित भई गाउँलेहरूले पनि ती दुई दार्शनिकहरूका बीचमा एउटा गहिरो शास्त्रार्थ गराउने चाँजोपाँजो मिलाउँछन् । उक्त गाउँको केन्द्रमा रहेको शिव मन्दिरअगाडिको खुला मैदानमा शास्त्रार्थका लागि एउटा सुनौलो मञ्च तयार हुन्छ । भोलिपल्ट ब्रह्ममूहुर्तमा नै ती दुई धुरन्धर विद्धान्का बीचमा एक अलग गहिराइबाट शास्त्रार्थ सुरु हुन्छ । आस्तिक विचारले नास्तिक विचारधारा उपर निर्मम आलोचना एवं सम्पूर्ण विचारको समूल उच्छेद गर्ने उद्वोधन गर्छन् । अर्काेतर्फ नास्तिक सज्जनले पनि आस्तिक भक्तिप्रति कठोर तार्किक प्रहार गर्छन् । यो ऐतिहासिक विचारयुगका साक्षी गाउँलेहरू, कल्याणी धर्ती र स्वच्छ आकास निःशब्द हुन्छन्, यो विचार संघर्षको शक्तिद्धारा । ब्रह्ममुर्हुतमा सुरु भएको यो विचार द्वन्द्व रात छिप्पिदासम्म चलिरहेको हुन्छ । अर्काेदिन नास्तिक चिन्तक उषाको पहिलो प्रहरमा कसैको दृष्टि नपर्ने गरी मन्दिरमा जान्छन् र श्रद्धाको फूल चढाएर ईश्वरीय अस्तित्वको आचमन गर्छन्, भने आस्तिक चिन्तकले आफ्नो विश्वासका धरोहरहरू उपर सन्देहको पहाड खिचेर धार्मिक पुस्तकको ज्वालामा स्नान गर्दछन् ।

जसरी प्रस्तुत कथामा गाउँलेले आस्तिक र नास्तिक विचारकको शास्त्रार्थका लागि एउटा मञ्च दिए, त्यसरी नै आजको समयमा कोरोनाको त्रासदीले पनि एक प्रकारको वैचारिक मन्थन र द्वन्द्वात्मक सम्बन्धलाई फुल्न, फक्रिन र फैलिनका हेतु एक अदृश्य सेतुको भूमिका खेलेको देख्न सकिन्छ । कोरोनाको विश्वव्यापी विस्तारसँगै मानवका धार्मिक व्यवहारमा प्रस्ट विचलन आएको अनुभूत गर्न सकिन्छ । ईश्वरीय शक्तिप्रतिको अनुराग र ईश्वरको अस्तित्वलाई सकारात्मक संकल्प शक्ति मान्ने आस्तिक हठात्को यो कोरोना प्रकोपले ल्याएको अस्वाभाविक रूपमा जीवनको अन्त्यले ईश्वरप्रतिको भक्तिउपर विचलन आई नास्तिक हुन सक्ने झिनो सम्भावनालाई नकार्न सकिँदैन भने नास्तिक भौतिकवादी मानवहरू कोरोनाको महामारीसामु विज्ञानले घुँडा टेकेको देखेर अदृश्य शक्तिसँग भयभित देखिन्छन् । विज्ञानको यो अद्भूत विकासका बाबजुद पनि कोरोना महामारीलाई समयमा नै नियन्त्रण गर्न नसक्दा विज्ञानउपर नास्तिकले सन्देहको दृष्टिले समीक्षा गर्ने र ईश्वरीय अस्तित्वको खोजमा आफूलाई हराउन सक्छन् । जब प्रश्न जीवन र मरणको आउँछ तब समाजका सतही मूल्य आफंै बढारिने र कतिपय मानवीय मूल्य र विश्वासका धरोहरको जगसमेत हल्लिएको देखिन्छ । इतिहासको यो मोडमा पनि आस्तिक एवं नास्तिक मनोवृत्तिलाई विश्लेषण गरेर मानवीय मूल्य र विश्वासमा आएको परिवर्तनलाई विवेचना गर्न सकिन्छ ।

आत्मिक पक्षलाई दरिलो र सक्षम राख्नका लागि आध्यात्मको सहारा लिने तथा विज्ञानपरक खोजका निष्कर्षलाई इमानदारपूर्वक विश्वासका साथ लागू गर्नाले यो त्रासदी र माहामारीमा दरिलो बन्न सहयोग पुग्छ

कोरोनाको त्रास बढेसँगै मानिसको सामाजिक शक्ति प्यारालाइज्ड भएको छ । मठ मन्दिर, गुम्बा, मस्जिद र गिर्जाघरमा समेत मुर्दा शान्ति छाएको छ । एकातिर राजनीतिक एवं प्रशासनिक नीतिको कदर गर्दै एवं अर्काेतिर आफ्नै जीवन जिउँने मोहमा हरेक मानवले चाहे आस्तिक हुन वा नास्तिक, अज्ञेयवादी हुन वा शून्यवादी, जसले सामाजिक सम्बन्धलाई नजरअन्दाज गर्ने विवशतामा थुनिएको महसुस गर्र्दै छ । धर्म, पूजा, पर्व, जात्रा, संघ÷संगठन, अनुष्ठान र मानवका अनेक संस्कार पनि जीवन सामान्य हुँदा मात्र चल्नेरहेछन् भन्ने कुराको बोध भएको छ । आजको अवस्थामा कोरोनाको महामारीले मृत्यु हुँदा मृत्युपश्चात्को संस्कारमा निर्मम प्रहार भएको छ । महाभारतमा भीष्मले यृद्ध नीतिका सन्दर्भमा चर्चा गर्दै भनेको थिए, ‘कुनै विषय गम्भीर हुँदैन, परिस्थिति गम्भीर हुन्छ ।’ सोहीअनुसार अहिलेको अवस्थामा धर्म, संस्कृति, मानवीय मूल्य र विश्वासको विषयभन्दा कोरोनाले निम्त्याएको परिस्थिति गम्भीर हुन आएको छ ।

साथै, आस्तिक एवं नास्तिक दुवै कित्ताबाट उदासिन अज्ञेयवादी एवं शून्यवादीले क्रमशः सहारा नपाउँदा एवं उघ्र अस्तित्ववादी मानवीय चिन्तनमा आघात पुग्दा आफंैले आफैंलाई यातना दिने र आत्महत्यासमेत गर्न सक्ने भयानक त्रासदी सम्भावित खतराका रूपमा देखिएका छन् । आस्तिकको संस्कारको धरातलमा भएको यो अकल्पनीय आक्रमणले अबको धार्मिक संकथन कसरी अगाडि बढ्छ भन्ने प्रश्न विचारणीय छ । इतिहासमा पनि जतिबेला धर्मको सामाजिक आयाम कमजोर हुन्थ्यो, त्यति बेला व्यक्तिको भक्ति, आत्मचिन्तन र आध्यात्मिक खोज झनै पेचिलो बनेर जाने गर्दथ्यो । आजको यो विषम घडीमा पनि मानवको आस्थाको धरोहर नटुटोस्, जीवनको क्षति नहोस्, आध्यात्मिक उन्नयन नरोकियोस् र सामाजिक सुसम्बन्धमा खलल नपुगोस् । यो संसार फेरि पनि विद्यमान मानवीय मूल्य र आस्थासहितको संस्कृति र सभ्यताको ज्योतिले भरिपूर्ण होस् भन्ने लेखकद्वयको शुभेच्छा छ । यस युगको सबैभन्दा भयानक र त्रासदीपूर्ण माहामारीबाट हतास र त्रासपूर्ण मनस्थितिमा बाँचेका जीवनले आस्थाको पुञ्जहरू खोज्नुजस्तो देखिन्छ । यसका लागि शंखनाद हुनुपर्ने, घण्टी बज्नुपर्ने, प्रार्थना गाइनुपर्ने, नमाज पाठ गर्नुपर्ने, बाइबलहरू पढनुपर्ने, बेदका ऋचाहरू उच्चारित हुनुपर्ने एवं जप, तप र ध्यान गर्दै मानसिक सन्तुलन कायम गर्नका लागि युगीन आवश्यकताले निर्माण गरेको यो यथार्थ स्विकार्नुपर्ने देखिन्छ ।

मानव इतिहासमा नै चुनौती खडा गरेर उभिएको कोरोना भाइरसबाट सिर्जित त्रासदीलाई सामाजिक विभेद, मानसिक विक्षिप्तताको आडमा व्यंग्यको खोल ओढाएर उपहास गर्नु आधुनिक सभ्य र सुसंस्कृत समाजको परिचय हुन सक्दैन । मृत्यु एउटा अटल सत्य हो, यो अवश्यम्भावी पनि छ । तथापि, यो विश्वव्यापी महामारीबाट सम्पूर्ण मानव सभ्यताको रक्षा गर्न विज्ञानपरक खोजहरू अनिवार्य छन् । ती खोजहरूले मात्र वास्तविक जीवन रक्षा गर्न सक्छन् । आत्मिक पक्षलाई दरिलो र सक्षम राख्नका लागि आध्यात्मको सहारा लिने र विज्ञानपरक खोजका निष्कर्षलाई इमानदारपूर्वक लागू गर्दै जाने र विश्वास गर्नाले यो त्रासदी र माहामारीमा दरिलो बन्न सहयोग पुग्छ । त्यसैले हरेक मानिसले स्वास्थ्य प्रोटोकलको वैज्ञानिक अनुसरण गर्दै स्वान्त सुखायको मार्ग प्रशस्त गर्नुपर्छ ।

(Visited 684 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

साताका लोकप्रिय समाचार

नौ महिनामा वाणिज्य बैंकको नाफा ५१ अर्ब

काठमाडौं । २७ वटा वाणिज्य बैंकले गत साउनदेखि चैतसम्मको अवधिमा ५० अर्ब ७४ करोड नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ९...

बेलायतबाट नेपाली चलचित्र

काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु...

दाजुको कुटाइबाट भाइको ज्यान गयो

उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

सेती प्रादेशिक अस्पतालमा थप छको कोरोनाबाट मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७...

ट्रेन्डिङ

जिम्मेवारी बाँडफाँडदेखि संगठन निर्माणसम्म जसपामा सकस

काठमाडौं । पार्टी एकीकरण भएको तीन महिना बित्दासमेत जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण गर्न सकेको छैन । शीर्षनेतालाई कमिटीमा रहने नेता छनोट...

सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सर्लाही । सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक किशोरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बलरा नगरपालिका वडा नं....

१३ इण्डोनेसीयन नागरिक गोप्य स्थानमा

ललितपुर । लकडाउनका बेला रातारात सप्तरीबाट प्रहरी स्कटिङ गरी ललितपुर ल्याइएका १३ जना इन्डोनेसियन नागरिकलाई ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकामा विरोध गरिएपछि गोप्य स्थानमा...

सरकारले सिनेमा हलको पक्षमा ल्याएन बजेट

काठमाडौं । नेपाल सरकारले बिहिबार ल्याएको आर्थिक वर्ष २०७७-०७८ को वाषिक बजेटले सिनेमा हललाई अहिलेको अबस्थामा बचाउन नसक्ने हल सञ्चालकहरुको टिप्पणी रहेको छ ।...

अनु काफ्लेको कस्तो लाग्यो तिमीलाई

काठमाडौं । तिनपाते शिर्षकको म्युजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल बले अभिनित कस्तो लाग्यो तिमीलाईु शिर्षकको म्युजिक भिडियो...

आजदेखि मौसम सफाः काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम...

पार्टीभित्रको विवाद छलफलबाटै हल हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राजनीतिक दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पु¥याउने काम सम्बन्धित पार्टी र नेताहरूको भएको बताएका छन्...

तरकारी बोकेको गाडीमा लुकेर घर जान खोज्नेहरु क्वारेन्टाइनमा

सप्तरी, राजविराज । तरकारी बोक्ने गाडीमा यात्रुलाई ओसारेपछि सप्तरी प्रहरीले उक्त गाडी नियन्त्रणमा लिदै त्यसमा सवार १४ भारतिय सहित २५ जनालाई क्वारेन्टाईनमा पठाएको छ...

सामाजिक दुरी कायम गर्दै पौडेलले दिए प्रशिक्षण

काठमाडाैं ।  नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सामाजिक दुरि कायम गरी प्रशिक्षण दिएका छन् । तनहुँको व्यास नगरपालिका– ६ सिसाघाटमा नेपाली कांग्रेसले आयोजना...

सप्तरीमा दुई दिनमा २७ संक्रमित थपिए

सप्तरी, राजविराज । जिल्लामा संक्रमण दर दिनहुँ बढ्दो छ । अघिल्लो दिन १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परेको जिल्लामा शुक्रबार ४९...

३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लाे २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)