नगर सुरक्षा बलियो बनाउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर सुरक्षा बलियो बनाउन आवश्यक कार्य अघि बढाएको छ । उपमहानगरपालिकाले नगरवासीको सुरक्षा र विपदका समयमा गर्नुपर्ने उद्दार लगायत विषयमा नगर प्रहरीलाई आधुनिक तालिम प्रदान गर्नुका साथै आवश्यक स्रोतसामग्री पनि उपलब्ध गरिरहेको छ ।

अहिले नगर सुरक्षाकर्मीहरूलाई भत्केका विपदका समयमा भत्किएका भौतिक संरचनामा मान्छेको खोज तथा उद्दार सम्बन्धी तालिम दिइरहेको छ । त्यस्तै, विपदका वेला हुने भौतिक क्षतिको लेखाजोखासम्बन्धी तालिम समेत प्रदान गरिरहेको छ ।

उपमहानगरपालिकाले नगर प्रहरीलाई सर्प समात्ने तालिम दिइसकेको छ । तालिमप्राप्त नगर प्रहरीले हालसम्म घरभित्र पसेका करिब चार सय सर्प समातिसकेको उपमहानगरपालिकाले जनाएको छ । नगर प्रहरीहरूलाई आगलागी र उद्दारसम्बन्धी तालिम समेत प्रदान गरिएको छ ।

तालिम र उपकरणसँगै नगर प्रहरीले अवैध भौतिक संरचना खाली गर्नेदेखि सडकमा अलपत्र फेला परेका व्यक्तिको उद्दारमा समेत भूमिका निर्वाह गरिरहेका छन् । उपमहानगरपालिकाले सम्भाव्य दैवी प्रकोपको समयमा नगर प्रहरीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको छ ।

उपमहानगरपालिकाले यसअघि फायर बाइक सेवापनि सञ्चालन गरिसकेको छ । उपमहानगरका सबै १९ वडामा विपदको समयमा तत्काल उद्दार गर्न सकियोस् भन्ने उद्देश्यले फायर बाइक सेवा सञ्चालन गरिएको बताइएको छ । फायर वाइक सेवाका कारण आगलागीको वेला दमकल छिर्न नसक्ने साँघुरो सडकमा उद्दार कार्य केही सहज भएको नगर प्रहरीहरू बताउँछन् ।

हाल उपमहानगरपालिकामा दुईवटा फायर बाइक रहेका छन् । उपमहानगरपालिकाले युएनडीपीको ५० प्रतिशत लगानीमा फायर वाइक सेवा सञ्चालन गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित