‘अत्यावश्यक वस्तु र खाद्यान्न आपूर्तिमा समस्या छैन’

काठमाडौं । लकडाउनले अत्यावश्यक खाद्यान्न आपूर्तिमा कुनै समस्या नहुने उद्योग, वाणिज्य तथा आपूर्ति लेखराज भट्टले बताएका छन् । मन्त्री भट्टले सरकारी तथा निजी क्षेत्रसँग चार महिना धान्न सक्ने पर्याप्त मौज्दात भएको बताएका हुन् । भट्टले चार महिनासम्मका लागि पर्याप्त खाद्यान्न मौज्दात भएकाले अभाव हुन्छ कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे । मन्त्री भट्टले सरकारी तथा निजी क्षेत्रसँग १ लाख २५ हजार २ सय ९० मेट्रिक टन चामल मौज्दात रहेको जानकारी दिए ।

मन्त्री भट्टले भने, ‘यो मौज्दात चामलले चार महिनासम्म सहजै धान्छ भने आयात पनि नियमित हुने व्यवस्था मिलाइएको छ ,। यसैले खाद्यान्नका लागि उपभोक्ताले आत्तिनुपर्दैन ।’ उनले भने, ‘नुन १ लाख ५८ हजार ९ सय ९० मेट्रिक टन मौज्दात छ । यो करिब १० महिनालाई नै धान्नेछ ।

त्यस्तै, १६ हजार ८१ मेट्रिक टन गेडागुडी र दाल छ भने १६ हजार ८ सय ६८ मेट्रिक टन तेल मौज्दात छ । चिनी ७ हजार २ सय ९४ मेट्रिक टन रहेको छ । मन्त्री भट्टले भने, ‘दलहन तीन महिना र तेलहन तीन महिनासम्मको माग धान्ने सक्ने मौज्दात छ ।’ उनले विभिन्न औद्योगिक कोरिडोरमा रहेका खाद्यान्न उद्योग ४१ प्रतिशत, तेलहन उद्योग ६३ प्रतिशत, खानेपानी उद्योग ९ प्रतिशत, दुग्ध उद्योग ५० प्रतिशत, पशुपन्छीको दाना उद्योग ३३ प्रतिशत, औषधि उद्योग ७३ प्रतिशत र इँटा उद्योग ४८ प्रतिशत क्षमतामा सञ्चालनमा रहेको जानकारी पनि दिए ।

लकडाउन सुरु भएपछिको १७ दिनमा ३७ हजार ३ सय ३४ मेट्रिक टन खाद्यान्न र १४ हजार ५४ मेट्रिक टन गेडागुडी तथा दलहन २१ हजार ६ सय २६ मेट्रिक टन आयात भएको छ । यसैगरी, तरकारी ५ हजार ९ सय ६२ मेट्रिक टन फलपूmल ८० मेट्रिक टन, दुग्धजन्य पदार्थ १० करोड ८५ लाख ७ हजार रुपैयाँबराबरको आएको छ । औषधिको कच्चा पदार्थ ५६ करोड ९७ लाख २७ हजार रुपैयाँबराबर आएको छ ।

मन्त्री भट्टले उद्योग, व्यवसायी खुद्रा तथा साना व्यापारी, ढुवानीकर्ता, आपूर्तिकर्ता, तिनका व्यावसायिक संघ संगठनसँग नियमित छलफल गरी आपूर्ति व्यवस्थालाई सहज बनाएको जानकारी दिए । उनले पर्याप्त स्वास्थ्य सुरक्षा प्रबन्ध गरी अत्यावश्यक खाद्यवस्तु आपूर्ति सहज बनाउन बिक्रीवितरण गर्ने पसल खुला राख्ने व्यवस्था मिलाइएको समेत जानकारी गराए । यसैगरी, उनले साल्ट टे«डिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका विभिन्न स्थानमा खाद्य बिक्री केन्द्र डिलर, सहकारी एव मोबाइल भ्यानमार्फत टोलटोलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीको बिक्रीवितरण गरिरहेको जानकारी दिए ।

खाद्य कम्पनीले ठूला डिपार्टमेन्ट स्टोरले अनलाइन अर्डरको आधारमा उपभोक्ताको घरघरमै डेलिभरी दिन थालेको मन्त्री भट्टले जानकारी गराएका छन् । उनले खाद्यपदार्थको दैनिक मौज्दात नियमित रूपमा अद्यावधिक गरी कुनै स्थानमा अभाव देखिए सञ्चिति भएको अर्काे स्थानबाट तुरुन्त ढुवानी गर्ने व्यवस्था गरेको बताए ।

मन्त्री भट्टले सबै जिल्ला प्रशासन कार्यालयबाट प्रत्येक जिल्लाको खाद्यान्न आवश्यकता, सञ्चितिको अवस्था र सम्भावित अभावको तथ्यांक संकलन गर्ने कार्य भइरहेको जानकारी दिए । जिल्लागत उत्पादन, सञ्चिति, स्थानीय तहको वडास्तरसम्मको जनसंख्यासमेतको आधारमा खाद्यान्नको बढी समस्या हुने सम्भावना भएका स्थानमा आवश्यकताअनुसार खाद्यान्न आपूर्ति गर्ने तयारीसमेत गरिएको उनको भनाइ छ । मास्क, स्यानिटाइजर, व्यक्तिगत सुरक्षा कवच (पीपीई)जस्ता स्वास्थ्य सामग्री सम्भव भएसम्म मुलुकभित्रै उत्पादन गर्ने र मुलुकबाहिरबाट सकेसम्म छोटो प्रक्रियाबाट आयात गर्ने व्यवस्था मिलाइएकोमा उनले जोड दिए ।

यसैगरी, नेपाल र चीन सीमाको तातोपानी नाका सञ्चालनमा आएको छ । भारत सरकारले २४ चैतदेखि लागू हुनेगरी २४ वटा औषधिजन्य पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हाल १ हजार १ सय १३ मेट्रिक टन खाद्यान्न स्थानीय तहलाई उपलब्ध गराएको छ । दैनिक ज्यालादारी, अरूको आश्रयम जीवन गुजारा गर्ने श्रमिक, असहाय, अति विपन्न, विद्यार्थी, सुकुमबासीलगायतका लागि लकडाउनको अवधिभर आवश्यक पर्ने खाद्य सामग्रीको प्याकेज बनाई स्थानीय तहमार्फत वितरण गर्ने ।

आवश्यक पर्ने खाद्यान्न स्थानीय तहको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कम्पनीले उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्री भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते