खोटाङका दुई जना क्रियाशिल पत्रकार पुरस्कृत

खोटाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले दुई क्रियासिल पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघले सातौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभाको अवसर पारेर शनिबार गोरखापत्र दैनिकका पत्रकार राजकुमार भट्टराई (सरगम) र रुपाकोट साप्ताहिकका पत्रकार सविना अछामेलाई जनही पाँच हजार राशीको विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा पत्रकार भट्टराई र अछामेलाई प्रमुख अतिथिका रुपमा प्रदेशसभा सांसद भुपेन्द्र राईले पुरस्कार हस्तान्तरण गरेका थिए । तत्कालिन जिल्ला विकास समितिले उपलव्ध गराएको एक लाख राशीको पत्रकार पुरस्कार अक्षयकोषबाट पत्रकार भट्टराई र अछामेलाई पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।

जिल्लामा बसेर पत्रकारिताको माध्यमबाट नागरिकलाई सुसूचित गर्दै समाज रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार भट्टराई र अछामेलाई पुरस्कृत गरिएको हो । प्रेस स्वतन्त्रता सेनानी पत्रकार कृष्ण आचार्य संयोजकत्वको तीन सदस्यीय पुरस्कार छनौट समितिको सिफारिसमा महासंघले पत्रकारद्धयलाई पुरस्कार प्रदान गरेको हो । महासंघले हरेक अधिबेसनको अवसरमा क्रियासिल पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा