भोले गणेश सेक्युरिटिजको शेयर बजारसम्बन्धी कार्यक्रम

बारा । शेयर बजार सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । भोले गणेश सेक्युरिटिजको लिमिटेडले बारामा शेयर बजार सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।

महागढीमाई नगरपालिका, रामराजा क्याम्पस, ग्यालेक्सी बिजनेस कलेज, सिमरा कलेज लगायतमा शेयर बजार सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको भोले गणेश सेक्युरिटिजको लिमिटेडका व्यवसाय विकास प्रबन्धक अमित गुप्ताले जानकारी गराएका छन् ।

स्थानीय तहका कर्मचारी, शिक्षक, विधार्थी लगायतलाई शेयर बजार सम्बन्धी सुसुचित गरिएको व्यवसाय विकास प्रबन्धक गुप्ताले बताए । बढ्दो जनसङ्ख्यासंगै शेयर कारोबारमा बृद्धि भएको उनले बताए ।

प्रतिस्पर्धात्मक युगमा भोले गणेश सेक्युरिटिजले शेयर कारोबारीको विश्वास जित्दै गएको उनले बताए । शेयरको कारोबार गर्नेहरूको सहजताको लागि शेयर किनबेच गर्नको निम्ति भोले गणेश सेक्युरिटिजले काम गर्दै आएको गुप्ताले बताए । छिटो छरितो भुक्तानी गर्न भोले गणेश सेक्युरिटिजले काम गर्दै आएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित