नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी

इलाम । इलाम क्षेत्र नम्बर २ को सम्पन्न मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ ५८३० मतअन्तरले विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका छन् ।

यता पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुको अहिलेसम्ममा ५ हजार ५० मत आएको छ ।

लारुम्बामा सबैभन्दा बढी मत मुढाको
किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका छन् । प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले सय मत नकटाउँदा थेगिमको मुढा चिह्नमा सबैभन्दा बढी मत आएको हो । थेगिम पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार हुन् ।

थेगिमले यस वडामा १ हजार ३२ मत ल्याए । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ६९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले यस वडामा ३ मत ल्याएका छन् । २ हजार ७ मतदाता रहेको यस वडामा १ हजार १ सय ९२ मत खसेको थियो । उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेदेखि एमाले, कांग्रेसलगायत दलका नेतासमेतले निर्वाचन मुखमा गुरुसँग दर्शन भेट गर्नुले ‘राजनीतिक अपेक्षा’को चर्चा चलेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानदेखि धनगढीसम्म स्वतन्त्र