झुमा र सनुपको स्वरमा मनसराको बियोगान्त गीत

काठमाडौं । २१ बैशाखबाट रिलिज हुने नेपाली चलचित्र ’मनसरा’को पहिलो गीत झ्यालको….को भिडियो सोमबार सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज नजिकिँदै गर्दा यो गीतको भिडियो निर्माण पक्षले सार्वजनिक गरेको हो ।

यो बियोगान्त गीतको दृष्यमा मनसराको सँक्षिप्त कथासार पनि समेटिएको छ । गायिका झुमा लिम्बुले यो गीतलाई संगीत गरेकी हुन् । अघिल्लो चलचित्र जारीमा झुमाको गीत दर्शकले रुचाएपछि निर्देशक उपेन्द्र सुब्बाले मनसरामा पनि झुमासँग यो गीतमा काम गरेका हुन् । यो गीतलाई हर्क साउदले लेखेका हुन् । जसमा गायक सनुप पौडेल र गायिका झुमा लिम्बुको स्वर रहेको छ ।

गीत फरक शैलीको छ । गीतमा चलचित्रका पात्रहरुको वेदनाको दृष्यहरु प्रस्तुत गरिएको छ । अभिनेता दयाहाङ हराएकी पत्नी खोज्दै शहरमा भौतारिएको, अर्का अभिनेता प्रविण खतिवडा आफ्नी पत्नी र प्रेमिकासँगको दुईतर्फ प्रेमका कारण तड्पिएको र उनको प्रेमले ल्याएको वियोगमा मिरुना मगर र मेनुका प्रधानको वियोगलाई यो गीतको भिडियोमा समेटिएको छ ।

यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई, विप्लव प्रतिकलगायतको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको यो चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले निर्माण गरेका हुन् ।

मनसरामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता रहेका छन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको यो चलचित्रको छायाँकार शैलेन्द्र डी कार्की हुन् । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ