बर्डफ्लुसँग लड्ने क्षमता मानिसमा छैन

स्तनधारी जनावरमा बर्ड फ्लुको प्रकोप फैलँदै गएको छ । यस विषयमा खाद्य तथा कृषि संगठन, विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले गहिरो अध्ययन गरिरहेका छन् । बर्डफ्लुको दबाबपूर्ण फैलावटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूको चिन्ता बढ्दै गएको पनि छ । बर्डफ्लु स्तनपायीहरू जैविक रूपमा चराभन्दा मानिससँग नजिक भएकाले यो भाइरसले मानव जगतलाई सजिलै संक्रमित बनाउनसक्छ ।

टेक्सासका एक व्यक्तिमा गाईको दूधबाट ‘एच फाइफ एन वान’ भाइरसको संक्रमण भेटिएपछि मानव स्वास्थ्यमा बर्डफ्लु गम्भीर चिन्ताको विषय बनेको छ । यी गाईहरू आफैं पनि यस भाइरसबाट संक्रमित भएको विश्वास गरिएको छ । बेलायतको पत्रिका डेली मेलको रिपोर्टका अनुसार विज्ञहरूले ‘एच फाइफ एन वान’ बर्डफ्लु कोरोना महामारीभन्दा सयगुणा बढी खतरनाक हुनसक्ने कुरामा सचेत बनाएका छन् ।

उनीहरूका अनुसार यसले ठूलै महामारीको रूप लिन सक्नेछ । ‘एच फाइफ एन वान’ फ्लु, ‘एच फाइफ एन वान’ बर्डफ्लुलाई एभियन इन्फ्लुएन्जा वा बर्ड फ्लु भनिन्छ । यो इन्फ्लुएन्जा ए भाइरसको उपप्रकार हो । यसले मुख्यतया चराहरूलाई संक्रमित गर्छ । यद्यपि, यो सामान्यतया कुखुरा र अन्य चराहरूमा फैलिन्छ । ‘एच फाइफ एन वान’ले मानिस र अन्य स्तनधारी जनावरहरूलाई पनि संक्रमित गर्नसक्छ । यसले जनस्वास्थ्यमा खतरा पैदा गर्छ । भाइरस संक्रमित चराहरू वा तिनीहरूको मुखबाट चुहिएको ¥यालका थोपाको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ । यो दूषित सतहमा वातावरणमार्फत् पनि फैलिन्छ ।

सन् २०२२ देखि १० भन्दा बढी मुलुकहरूले जमिन र समुद्री स्तनधारी दुवैमा एभियन फ्लुको प्रकोप’bout अध्ययन र रिपोर्ट गरिरहेका छन् । यस अध्ययनमा स्पेनमा खेती गरिएको मिंक, संयुक्त राज्य अमेरिकामा सिलहरू र पेरु र चिलीमा समुद्री सिंहहरू समावेश छन् । फ्लुको प्रकोप २६ प्रजातिका सामुद्रिक जीवमा निरन्तर देखिन र पाइन थालिसकेको छ । पोल्यान्डमा बिरालोमा पनि ‘एच फाइफ एन वान’ फ्लुको संक्रमण भेटिएको रिपोर्टमा उल्लेख छ । यसरी संक्रमित स्तनपायीले इन्फ्लुएन्जा भाइरसहरूको संयुक्त बाहकका रूपमा काम गरिरहेका त छैनन् भन्ने आशंकालाई यसले पुष्टि गर्न थालिसकेको छ ।

यसबाट भेरिएसन हुँदै सम्भावित रूपमा नयाँ र थप हानिकारक भाइरसहरूको उदय हुनसक्छ । यस्ता उत्परिवर्तनले जनावर र मानव दुवैलाई असर गर्न सक्छन् । यद्यपि, डब्लूएचओले संक्रमित चराहरूसँग नजिकको सम्पर्कमा रहेका मानिसहरूमा संक्रमण भएको केही घटनाको मात्र रिपोर्ट प्राप्त गरेको छ । यसको अर्थ हो, अध्ययन र खोजी सीमिततामा मात्र गरिएको छ ।

भाइरस विज्ञहरूले ‘एच फाइफ एन वान’ बर्डफ्लु महामारीको खतराको चेतावनी दिँदै यसले संक्रमण फैलाउने क्षमतालाई नजरअन्दाज नगर्न चेतावनी पनि दिइसकेका छन् । विश्व स्वास्थ्य संगठनसँग यस प्रकारका ८ सय ८७ वटा मामलाहरू तथ्यांकमा छन् । यी रेकर्ड उच्च मृत्युदरका साथ सप्रमाण पेस गरिएको छ । युरोपेली खाद्य सुरक्षा प्राधिकरणले घरपालुवा जनावरहरूबाट यो फ्लु फैलिएको ’bout चिन्ता व्यक्त गरिसकेका छन् । साथै, मानव समुदायसँग आफूलाई बचाउन सावधानी अपनाउन अपिल पनि गरिसकेका छन् । रिपोर्टमा भनिएको पनि छ, ‘हामी महामारी निम्त्याउने यस भाइरसको खतरनाक रूपमा नजिक पुगेका छौं, मानवलगायत धेरै प्रकारका स्तनधारी जीवलाई संक्रमण गर्ने क्षमता भएका कारण ‘एच फाइफ एन वान’ फ्लुले महामारीको रूप लिनसक्छ ।’

युरोपेली खाद्य सुरक्षा प्राधिकरणले चेतावनी दिएको छ कि, यदि यो भाइरस मानिसमा फैलिन थाल्यो भने यसले ठूलो मात्रामा बर्डफ्लु ‘एच फाइफ एन वान’ बर्ड फ्लु महामारी निम्त्याउन सक्छ, ’cause मानिसमा यो भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता छैन ।

युरोपेली खाद्य सुरक्षा प्राधिकरणका अनुसार जंगली स्तनधारी जनावरहरूले जंगली चराहरू, घरपालुवा जनावरहरू र मानिसहरूमा यो रोग फैलाउन महत्वपूर्ण भूमिका खेल्नसक्छन् । घरपालुवा जनावरहरू, जस्तै घर बाहिर जाने बिरालोहरूले पनि फ्लु फैलाउन सक्छन् । मानिसको आँखा, नाक वा मुखमा पर्याप्त मात्रामा भाइरस प्रवेश गरेमा वा श्वासप्रश्वास गर्दा बर्डफ्लु भाइरसबाट मानिसमा संक्रमण हुनसक्छ । बर्डफ्लु कोभिडजस्तै मानिसमा पनि फैलिनसक्छ । त्यसैगरी, यस भाइरसको उपस्थिति मानिसमा पनि हुनसक्छ ।

भाइरस हावामा वा सम्भवतः धुलोमा भएका थोपाहरूमार्फत व्यक्तिको श्वासप्रश्वासमा प्रवेश गर्नसक्छ । यदि संक्रमित कुनै चिजलाई छोइयो र आँखा, नाक वा मुखमा हात लाग्यो भने यो सर्नसक्छ । यस्ताखाले बर्डफ्लुबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको जोखिमको स्रोतबाट टाढा रहनु हो । विशेषगरी, पोल्ट्री उद्योगमा आबद्ध व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ ।
(डा. केदार कार्कीको ‘बर्डफ्लु रोग कोरोनाभन्दा सयगुणा खतरनाक’बाट)

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी